मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

नालायक ओली सरकारले नेपालको हात तल पर्ने गरी काम गर्यॊ

सोमबार झिसमिसेमै सरकारले बल प्रयोग गरेर नाकामा धर्ना बसेका पाँच जना आन्दोलनकारीलाई पक्राउ गर्यो। अरू केही भागेको जानकारी पनि दियो। नाका खुलेपछि वीरगन्जमा अड्किएका करिब दुई सय भारतीय गाडी सीमापारि गए। भारतबाट भने कुनै गाडी नेपाल छिरेनन्। एकाबिहानैको बल प्रयोगले एक भारतीय नागरिकको मृत्युपछि वीरगन्जमा कफ्र्यु लगाउनुपर्ने अवस्था सिर्जना भयो । अर्कातिर राजधानीमा जारी वार्ता पनि भाँडियो। मधेसी मोर्चाले वीरगन्जको घटनापछि एकाएक ‘वार्ताको औचित्य सकिएको’ भन्दै अब ‘सरकारसँग वार्तामा नबस्ने’ प्रतिक्रिया दियो। यो कदमले आन्तरिक परिस्थतिलाई जटिल बनाएको छ र भारतलाई नेपाल माथि औंला उठाउने मौका दिएको छ।
यसैबीच, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री केपी ओलीलाई फोन गरेर वीरगन्ज घटनाप्रति चिन्ता र चासो व्यक्त गर्दै भारतीय नागरिक मारिएकोमा भत्र्सना गरेका छन्। उनले ती युवक कसरी मारिएका हुन् भन्ने विस्तृत विवरण माग गरेको प्रधानमन्त्री मोदीको सरकारी ट्विटमा उल्लेख छ।
 modi twit
भारतले यही घटनालाई बहाना बनाएर नाकाबन्दी थप कडा पार्ने स्पष्ट संकेत गरिसकेको छ। भारतीय विदेश मन्त्रालयले सोमबार साँझै राजधानी नयाँदिल्लीमा वक्तव्य जारी गर्दै ‘असुरक्षाका कारण आफ्ना मालवाहक सवारी सञ्चालकलाई नेपाल जाने खतरा नमोल्न’ सुझाएको छ। यसले अब नेपाल–भारत सीमाका अन्य नाकामा पनि आवतजावत ठप्प भयो । सोमबार बिहान ११ बजेपछि भैरहवा र नेपालगन्ज नाकामा भारतबाट भने कुनै गाडी नेपाल छिरेनन्।
सोमबारै गृह मन्त्रालयद्वारा जारी वक्तव्यमा नाकाको धर्नाबाट पक्राउ परेकामध्ये दुई जना भारतीय रहेको र प्रहरीसँगको ‘भीडन्त’ मा मारिएका २४ वर्षीय युवा पनि भारतीय रहेको विषयलाई महत्वका साथ उल्लेख गरिएको छ।नेपाल सरकारले भने सीमाको धर्ना र वीरगन्जमा भएको आन्दोलनमा भारतीय नागरिक संलग्न भएको कुरालाई महत्वका साथ प्रचार गरेको छ।
सत्य के भने, मधेस आन्दोलित छ। मधेसी जनता आन्दोलित छन्। मधेसका केही जायज र केही नाजायज माग छन्, जसका लागि उनीहरू वार्ताबाट हल खोज्न तयार छन्। मधेसीलाई वार्ता र सहमतिमा ल्याउनुपर्छ भन्नेमा भारतको दबाब रहिआएको छ। मधेसवादी दलहरूलाई बल पुगोस् भनेरै भारतले पेट्रोलियम निर्यातमा अघोषित नाकाबन्दीसमेत लगाएको छ।
सुरक्षा स्रोतले बताएअनुसार प्रहरीले ‘ राजनीतिक र गृह प्रशासनको’ आदेशमा एकाबिहानै कारबाही गरेको हो। राजनीतिक र गृह प्रशासनको यो भारतको नियत नंग्याउनलाई चालिएको कदम थियो । भारतले नेपाली सीमातर्फ अवरोधका कारण आवश्यक इन्धन ढुवानी गर्न नसकेको तर्क सार्वजनिक रूपमा गर्दै आएको थियो। यतापट्टिको अवरोध हटाएर भारतीय गाडी पास गरिदिएपछि कि त भारत पनि उता रोकिएका गाडी नेपाल पठाउन बाध्य हुन्छ कि नांगिन्छ भन्ने तर्कका आधारमा यो कदम उठाइएको थियो । यो सरकारको ठूलो बचकाना कदम थियो ।
 Madeshi Statements
सार्वजनिक रूपमा भारतले भन्ने त्यही हो जे भन्दै आएको छ। तर, औपचारिक छलफलमा त मधेसको समस्या समाधान नभई आपूर्ति सहज हुन्न भनिरहेकै छ। परराष्ट्रमन्त्री कमल थापा भारत जाँदा पनि उसले त्यही कुरा दोहर्याएर पठाएको थियो। यो अवस्थामा सरकारसामु दुईवटा मात्र विकल्प थिए र छन्। कि त सरकारले तेस्रो मुलुकबाट इन्धन ल्याएर आपूर्ति सहज बनाउन सक्नुपर्यो, जसले भारतको तेल अस्त्र स्वतः असफल हुनेछ। होइन भने, मधेसी दलसँग वार्ता गरेर भारतलाई पनि सहमत गराउँदै समस्याको हल खोज्नुपर्यो। यी दुवै बाटोमा दह्रो पाइला चाल्न नसकेको सरकारले आफ्नो हात तल पर्ने गरी आलोकाँचो कदम चालेको छ, वीरगन्जमा। जसले अब सरकारको निम्ति थेग्न गाह्रो हुने गरी चुनौती थपिएको छ।

WRITE COMMENTS FOR THIS ARTICLE

YOU MAY ALSO LIKE