मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

नरेन्द्र मोदीकोकै चुनाव क्षेत्र बनारसमा मोदीको लज्जाष्पद पराजय

Screen Shot 2015-09-28 at 7.12.40 PMबिहारमा चुनावी जीतको दावी गर्दै सभाहरुमा सहभागी भइरहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टीले मोदीकै चुनाव क्षेत्रमा भने लज्जाष्पद पराजय भोग्नु परेको छ ।

नरेन्द्र मोदीको संसदीय क्षेत्र बनारसमा भएको स्थायी पञ्चायत चुनावमा भारतीय जनता पार्टीलाई यस्तो पराजय देख्नुपरेको हो । बनारस जिल्ला पञ्चायतका ४८ सीटहरुमा भएको चुनावमध्ये भाजपाका जम्मा ८ उम्मेदवारले मात्रै जीत हासिल पारेका छन् ।

यति मात्रै नभएर हालैमात्र नमुना गाउँ बनाउने भनेर नरेन्द मोदीले जिम्मा लिएको जयापुर गाउँ पञ्चायतमा समेत भारतीय उम्मेदवार हारेका छन् ।

बनारसको चुनावको प्रभाव बिहारको चुनावमा पर्ने या नपर्ने आँकलन यतिखेर चलिरहेको छ । बिहारमा समेत मोदीले लज्जाष्पद पराजय भोग्नुपर्ने जनता दल गठबन्धनले बारम्बार बताउँदै आएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

YOU MAY ALSO LIKE