प्रधानमन्त्री निर्वाचनले आकाश खसेको छैन: वर्तमान सरकारको आयू धेरै नभएको


बुधबार बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा अधिकांशले ‘मधेस आन्दोलन र राजनीतिक तहमा देखिएको समस्यालाई तोड्दै पार्टीको छुट्टै दृष्टिकोण बनाउने बिषयमा अधिकांश सदस्यहरुले जोड दिए ।
संविधान स्वीकार नहुने चेतावनी
कांग्रेसका मधेसकेन्द्रित नेताहरु विमलेन्द्र निधि, पद्मनारायण चौधरी, फरमुल्लाह मन्सुर, अजय चौरसियालगायतले तत्काल मधेसको माग सम्बोधन नभए संविधान स्वीकार नहुने चेतावनी दिएका थिए । उनीहरुले आउँदो २२ गतेदेखि सुरु हुने संसद बैठकमा संविधान संशोधन विधेयक पारित गराउन पार्टीले पहल गर्नुपर्नेमा जोड दिएका थिए । कांग्रेसको अग्रसरतामा प्रस्तुत भएको दुई बुँदाको संशोधन विधेयक पारित गर्ने र सीमांकनका विषयमा छलफल गरेर टुंग्याउनुपर्नेमा उनीहरुको जोड थियो ।
अर्का केन्द्रीय सदस्य प्रदीप गिरीले मधेसलाई हेर्नुपर्ने दृष्टिकोणमा परिवर्तन नआए अहिलेको संविधान पाँच वर्ष पनि टिक्न नसक्ने ठोकुवा गरे । ‘नेपालमा मधेसी, जनजाति र बाहुन–क्षेत्रीको जनसंख्या बराबरी छ । अरूको समस्या बुझ्ने तर मधेसीको नबुझ्ने हो भने समस्या आउँछ,’ गिरीले बैठकमा भने यसको छिटो समाधान निकाल्नुपर्छ ।’
सरकारको आयुको चर्चा
कांग्रेसको बैठकमा केपी ओली नेतृत्वको वर्तमान सरकारको आयूको समेत चर्चा भयो । प्रधानमन्त्री निर्वाचनमा कांग्रेसले व्यहोरेको हारले पाठ सिक्दै अघि बढ्नुपर्ने धारणा नेताहरुले राखेका थिए ।केन्द्रीय सदस्य प्रदीप गिरीले भने, ‘प्रधानमन्त्री निर्वाचनले आकाश खसेको छैन, कांग्रेस लड्नुपर्दथ्यो । लड्यो । यो सरकार लामो समय टिक्दैन । कोही हताश हुनुपर्दैन ।’
WRITE COMMENTS FOR THIS ARTICLE