मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

नेपाल-चीनबीच २० बुँदे सहमति – ७ नाका पुन: सञ्चालनमा

surya Sedai

नेपाल–चीन तीन दिने उच्चस्तरीय बैठकमा रसुवागढी र तातोपानी नाकालाई पूर्णक्षमतामा सञ्चालनमा ल्याउने सहमति भएको छ । ती नाकाहरुमा दुवै देशले आवश्यक पूर्वाधार निर्माण थाल्ने बुँदामा उल्लेख छ । ताप्लेजुङको ओलाङचुङ गोला, संखुवासभाको किमाथांका, दोलखाको लामाबगर, गोरखाको लार्केपास, मुस्ताङको कोरल्ला तथा मुगु र हुम्लाको यारी नाका खुलाई व्यापार बढाउने सहमति गर्दै त्यसलाई अहिले व्यावसायिक नाका बनाउने र पछि सडक सञ्जाल राम्रो भएपछि अन्तर्राष्ट्रिय नाकाको रूपमा लैजाने उल्लेख छ ।चीनले सहयोगमा दिएको इन्धन अहिले रसुवागढी नाकाबाट भित्रिएको छ ।

 

1

2

 

WRITE COMMENTS FOR THIS ARTICLE