मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

प्रधानमन्त्री ओलीको बोलीले नेपाली जनताले अकारण दुःख पाउने देखियो।

0

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले  प्रधानमन्त्री केपी शर्मा ओलीलाई बोली सुधार गर्न सुझाव दिएका छन् । साथै उनले टीकापुर घटनामा पक्राउ परेका नेताहरु नछुटेसम्म सरकारसँग वार्ता हुन नसक्ने बताएका छन् ।  मन्त्रिपरिषदको सोमबारको मधेस आन्दोलनलाई सम्बोधन गर्ने निर्णयबारे प्रतिक्रिया दिँदै  यादवले विद्यार्थी नेताजस्तो नहुन ओलीलाई आग्रह गरे । ‘यो सरकारको न बोलीको ठेगान छ, न चरित्रको। हास्यव्यंग्यले देश चल्दैन । ‘वार्ताको वातावरण बनाउन प्रधानमन्त्रीले बोली सुधार्नुपर्छ । प्रधानमन्त्री भइसकेपछि पनि विद्यार्थी नेता जस्तो बनेर हुँदैन ।

उता चीनबाट ग्यास ल्याउने सम्भावना अध्ययनले चीनबाट ग्यास ल्याउने सम्भावना नदेखेपछि बंगलादेश रोजिएकोमा बंगलादेश भारतको सहमति बिना ईछुक देखिएन । बंगलादेश ग्यास दिन तयार हुदा पनि नेपालसम्म ल्याउन भारतीय बाटो प्रयोग नगरी सुख छैन ।जुन भारतको सहमति बिना सम्भब प्राय छैन।

यसै बिच भारत लाई चिडौने नियेत बोकेका उपप्रधान मन्त्री चित्रबहादुर केसीले ग्यास र पेट्रोलियम पदार्थसँग राष्ट्रियता नसाट्ने उग्र भाषण ठोकेका छन् । ग्यास र पेट्रोल ठप्प पारेको भारतले कुहिकाए आलु चाहीँ पठाइरहेको भन्दै उनले कुनै पनि सर्तमा सरकारले राष्ट्रियता बिक्री नगर्ने बताए । अर्को तर्फ़ सामान्य कुटनीतिक मर्यादापनि बिर्सदै प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले खुट्टा नकमाउने र शिर पनि नझुकाउने बेतुकका गैरजिम्बेबार अहमता ओकलेका छन् ।उनका अनुसार नेपाल सगरमाथाको देश हो । यो सरकारले खुट्टा कमाउँदैन र शिर पनि झुकाउँदैन ।’ तर ‘जनतालाई एक दुई दिनभित्रै समान्य अवस्थामा फर्काउँछ । नाम बताउन नचाहेका एक एमाले शिर्स नेताले येसै बारे हामीसंग भने “प्रधानमन्त्री ओलीको ढंग र बोलीले नेपाली जनताले अकारण अरु बडी दुःख पाउने देखियो”।

WRITE COMMENTS FOR THIS ARTICLE

YOU MAY ALSO LIKE