मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

पशुपति शर्माको ‘हामीके को स्वाभिमानी’ सार्बजनिक (भिडियो सहित)

चर्चित लोक गायक पशुपति शर्माको नयाँ गीत ‘हामी नेपाली के को स्वाभिमानी’ को म्यूजिक भिडियो सार्वजनिक भएको छ । गीतमा  पशुपति शर्माको स्वर रहेको छ भने उनलाई  घनश्याम रिजाल र राजन कार्किले साथ दिएका छन् ।

भिडियोमा अहिले नेपालमा भैरहेको भारतीय नाकाबन्दी पछि उब्जेको राष्ट्रिय स्वाभिमान बहसलाई बिषयबस्तु बनाइएको छ । गीतमा उनले हामी नेपालीको स्वाभिमानमा  ब्यङ्ग गरेका छन्  । “एक रुपियाँ तेलमा बढे ढुंगा हान्न हिड्नी, अहिले भने खुस्स खुस्स पाँच सयमा किन्नी,थुइक्क हाम्रो बानि, ढुंगा हान्न जानी इँटा हान्न जानी, चाहिया बेला केहि नबोल्ने केको स्वाभिमानी… हामी नेपाली हैनम स्वाभिमानी ” ।

“शहिद हुँदा पनि नत सुख पाईयो, यत्रा नेता यत्रा मन्त्री यत्रो खान चाईयो, थुईक्क हाम्रो बानी, दाई मार्न जानी आफ्नै भाई मार्न जानी, छिमेकी संग थुरथुर काम्नी के को स्वाभिमानी, हामी नेपाली हैनम स्वाभिमानी । हेर्नुस पुरा भिडियो ।

WRITE COMMENTS FOR THIS ARTICLE

YOU MAY ALSO LIKE