मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

नेपालको राजनीतिको केन्द्रबिन्दुबाट ओली र प्रचण्ड चाडैनै अस्ताउने

भारतका बरिस्ठ राजनीतिज्ञ राजनाथको येशहप्ताको चिन भ्रमणमा नेपालको संदर्व खासै तेती महत्वोमा परेको पाइएन। तर पनि अनौपचारिक रुपमा वर्तमान नेपालको ओली सरकारको इंडिया लाई बिनाप्रमाण “पाखा” र चाइना लाई अन्तरास्ट्रिय मामिलामानै आफत्यारो पर्ने गरि “काखा” लिने गरि आएको सम्बोधन दुवै चिन र भारत लाई हानिकारक भएको निर्कोल गरिएको बुजिएको छ। येस्ता गतिबिधि लाई प्रश्रय दिदा येसले नेपालमा उग्राबाद जन्मौने खतरा बढेको र नेपालको उग्राबाद  दुवै छिमेकी भारत र चाइना लाई खतरनाक हुने बुजायी दुबैपछमा देखियो। यो बुजाई सम्वबत नेपालको राजनीतिको केन्द्र बिन्दु बाट ओली र प्रचण्ड चाडैनै अस्ताउन कारक हुने बुजिएको छ।  र एमालेकै नरम बादी धार र नेपाली काँग्रेस को भूमिकाले मात्र नेपाल को समस्या समाधान मा मुख्ये रोल खेल्न सक्ने निश्चित गराएको छ ।

यसै बीच नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीको भारत र मधेसी मोर्चाको भन्दा प्रधानमन्त्री केपी ओलीको नाकाबन्दी खतरनाक रहेको टिप्पणी बाहिर आएको छ। निधीको नेपाली कांग्रेस नेतृत्वको सरकारले संसदमा दर्ता गराएको संविधान संशोधन प्रस्तावसं अगाडि नबढाएर प्रधानमन्त्री ओलीले संसद नाकाबन्दी गरेको आरोप  छ । उता उपेन्द्र यादवलेपनि कांग्रेसले मात्र अहिलेको संकट समाधान गर्नसक्ने भनि बोलेका छन्  ।

निधीले संविधान संशोधनकालागि कांग्रेसले सडक देखि संसद अबरुद्ध गरी दबाव दिने तयारी गरेको जानकारी दिँदै त्यसका लागि पार्टीका जिल्ला कमिटी, क्षेत्रीय र गाउँ कमिटीहरुलाई निर्देशन दिइसकेको जानकारी गराए ।

शुक्रबार बिहान कांग्रेस प्रवक्ता दिलेन्द्रप्रसाद बडुले कांग्रेस पदाधिकारी तथा केही केन्द्रीय सदस्यसहितको बैठकले वार्ता र सम्वादद्धारा समस्याको समाधान निकाल्न पार्टीले संसदभित्र र बाहिर विशेष सक्रियता देखाउने निर्णय गरेको बताए।मधेसवादी दलले उठाएका माग सम्बोधनका उपाय खोज्न भोलि बिहान ११ बजे मधेसका जिल्लाबाट निर्वाचित आफ्नै दलका सभासदहरुसँग छलफल र परामर्श गर्ने निर्णय पनि कांग्रेसले गरेको छ। त्यस अतिरिक्त सत्तापक्ष, प्रतिपक्ष दलबाट निर्वाचित मधेसी सभासदहरुसँग पनि पार्टीले राय सुझाव लिने बडुले बताए। एमाओवादी अध्यक्ष प्रचण्ड स्वयम् सरकार संचालनको लागि गठित संयन्त्रको संयोजक भएकोले कांग्रेसले सरकारी वार्ता टोलीको नेतृत्व भन्दा पनि आफ्नै पार्टी नेतृत्वको पहलमा सत्तापक्ष र असन्तुष्ट पक्षसँग वार्ता र सम्वादद्धारा सहमति खोज्ने प्रयास गर्ने बडुले बताए।

WRITE COMMENTS FOR THIS ARTICLE

YOU MAY ALSO LIKE