मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

ओलीविरुद्ध माधव र झलनाथ : भारत, चीन, युके, अमेरिका र यु एन रुस्ट

Screen Shot 2015-11-20 at 9.53.10 PM
 ओलीको हठ बाट  विद्या भण्डारी राष्ट्रपति चयनपछि एमालेभित्रको आन्तरिक समीकरण बिग्रको छ । पार्टीका एउटै समूहका नेता प्रधानमन्त्री र राष्ट्रपति भएपछि कुनैपनि कुरामा दुबैले आफुहरुसँग उचित्त परामर्श नलिएको भन्दै बरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाल र बामदेव गौतम असन्तुष्ट बनेको एमाले स्रोत बताउँछ । नवौँ महाधिवेशनमा अध्यक्षका लागि केपी ओली र माधव कुमार नेपाल मैदानमा उत्रेपछि झलनाथ खनाल र वामदेव गौतमको सहयोगमा ओली  निर्वाचित भएका थिए।एमाले स्रोतका अनुसार महाधिवेशनमा ओलीले भावी सत्ता समीकरणमा एमालेको कोटामा राष्ट्रपति आए झलनाथलाई अगाडि बढाउने आधारमा अध्यक्ष बन्न सम्भव भएको। तर पार्टीको भागमा राष्ट्रपति आउँदा विधा लाई अगाडि सारी पद हड्पे पछि  प्रचण्ड लाई बोकेर ओली विधा गुट हिडेकोमा खनालको तिव्र असन्तुष्टि रहेको स्रोत बताउँछ । तेस्तै सहमति अनुसार उता प्रधानमन्त्रीमा चयन भएपछि पार्टीको नेतृत्व माधव नेपाललाई दिने बचन पनि ओलीले नकार्दिये । खनालजस्तै उपाध्यक्ष वामदेव गौतमले पनि अध्यक्ष केपी ओलीबाट आफूलाई कार्यवाहक अध्यक्ष दिनेगरी ओलीले भद्र–सहमति गरेको गौतम पक्षका नेताको दावी रहँदै आएको छ ।

मधेशी मोर्चासँग वार्ता, नाकाबन्दी खोल्ने र संविधान लागु गर्ने जस्ता महत्ववूर्ण कार्यभारसहित गठन भएको ओली नेतृत्वको सरकारलाई मधेशी मोर्चासँगको वार्तामा होस् वा नाकाबन्दीका विषयमा वा भारतसँगको सम्बन्धका विषयमा नेपाल र खनालले असहयोग गर्ने नीति बनाएको ओलीपक्ष मानिने नेताहरुको बुझाई छ ।ओलीको पछिल्लो रास्ट्रको नामको सम्बोधनमा तीन नेता संग सहमति नलिई प्रचण्ड- ज्ञानेन्द्र गुटको खराब र बदनियत पूर्ण सल्लाहमा परि प्रधानमन्त्रिको रुपमा भारतको कटु आलोचना बाट भारत रुस्ट बनेको र चिन पनि झास्केकाले पार्टी लाई घरको न घाटको बनाएकोले ओली संग बिस्तारै टाडा हुने मनास्तिथिमा सबै  पुगेको बुजिएको छ ।

Screen Shot 2015-11-20 at 9.54.17 PM

हालै भारतीय गृहमन्त्री र बरिस्ठ नेता राजनाथको चीन भ्रमणको क्रममा दुवै देशले नेपालको हालको गतिबिधिले उग्रपन्थ जनमाउने खतरा भएको बिस्लेसन गरेको बुजिएको छ । भारत लाई बिरोधगर्दा भारत बेखुस हुनु स्वाभाविक भएपनि रोटि बेटीको लामो घनिष्टमित्र भारत लाई तेस्तो गर्ने सक्नेले चिनलाई सानो स्वार्थ नपुग्दा नेपाललेजे पनि गर्नसक्छ भनि अविस्स्वास पैदा गराएको देखिन्छ।  हुनपनि नेपाल को हालको उग्र माले-मसाले र मण्डले मोर्चा अफगानिस्तानमा जस्तै उग्रराष्ट्रबादको नाममा उग्र र असहिसुस्न आतंककारीको जमात जनमाउन उदत पायीञ्छ । जसको नतिजा नेपाल त पूर्ण रुपमा असफल हुनेछ तर भारत र चाइनाको लागि ठुलो टाउको दुखाईहुने निश्चित छ । येही लाईनमा गत हफ्ता मात्रै मोदी को युके भ्रमणमा युके सरकारले भारत संगै स्वोरमा स्वोर मिलाएर मदेश समस्या सुल्जौन नेपाललाई सल्लाह दिएको थियो । जसमा भित्रि रुपमा अमेरिका र यु एनको सहमतिको झल्को पाईन्थ्यो ।

RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE

YOU MAY ALSO LIKE