मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

अघोषित भारतीय नाकाबन्धिको बिरुद्धमा नेपालीहरुको टोरोन्टोमा बिचार गोष्ठी तथा बिरोध प्रदर्शन गरिने

Capture

आदरणीय नेपाली जनसमुदाय तथा नेपाललाई माया गर्ने ब्यक्तिहरु;

नेपालको छिमेकि राष्ट्र भारतले बिगत् तीन महिना देखि लगाएको अघोषित पर्यबहन नाकाबन्धिले नेपालको आर्थिक, सामाजिक, र राजनैतिक छेत्रमा ठुलो छ्यति पुगेको सर्बबिधितै छ l संसार भरि फैलिएर रहेका नेपाली मूलका नेपालीहरु र नेपाललाई माया गर्ने सबैको लागि यो संकट धरै नै पीडादायक बनेको छ l तसर्थ, हामि क्यानाडामा बस्ने नेपालीहरुको काँधमा पनि यो नाकाबन्धिको बिरुद्धमा बुलन्द आबाज उठाउने जिम्बेबारी आएको छ l यसै सन्धर्बमा, सरोकार-नेपाल, क्यानाडा (Concern-Nepal, Canada), ले यहि डिसेम्बेर १३, २०१५ आइतबारको दिन मिसिसागा, टोरोन्टोमा बिचार गोष्ठी तथा बिरोध प्रदर्शन (Talk Program & Demonstration) गर्ने निर्णय गरेको छ ।

कार्यक्रमहरु निम्न बमोजिम छन्:

१: विचार गोष्ठी (मानब आधिकार तथा नेपालको आन्तरिक बिषयमा भारतीय घिर्णित चासो): उक्त विचार गोष्ठीमा नेपाल, पाकिस्तान,
भारत, बंगलादेश, श्रीलंका समुदायका अगुवाहरुले सम्बोधन गर्ने कार्यक्रम छ ।
समय: दिनको १:३० बजे
स्थान: पुस्तकालय भबन (301 Burnhamthorpe Road West, Mississauga, Ontario, L5B 3Y3) (स्मरण रहोस् : करिब ६०-६५ जना मात्रै छ्यमता भएको हल भयकोले कृपया पहिला आउने सहभागीलाई प्राथमिकता दिनु पर्ने हुन्छ)

२: बिरोध प्रदर्शन: सेलिब्रेसन स्क्यायर (Celebration Square) मिसिसागामा बढी भन्दा बढी संख्यामा नेपालको झण्डा, ब्यानर,प्लेकार्ड, पोस्टरको साथ् उपस्थित हुन हार्दिक अनुरोध छ ।
समय: दिनको ५ बजे

सम्पूर्ण आयोजकहरुको तर्फबाट:
सुबास दुतराज
कार्यक्रम संयोजक
सरोकार, नेपाल, क्यानाडा
Concern-Nepal, Canada

Source:

3412

 

WRITE COMMENTS FOR THIS ARTICLE

YOU MAY ALSO LIKE