मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

नेपाललाई हिन्दुराष्ट्र बनाउन प्रधानमन्त्री ओलीलाई भारतको दबाब

SSR

भारतीय विदेश मन्त्री सुष्मा स्वराजले बिद्यमान नेपालको संकट समाधानका लागि हिन्दु राष्ट्रको सर्त राखेको खुलासा भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग टेलिफोनमा र उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापासँग हिन्दुराष्ट्रको सर्त राखेको राप्रपा नेपाल स्रोतले बताएको छ ।

‘तत्काल हिन्दुराष्ट्रका पक्षमा नगएपनि तीन महिनापछि प्रक्रियामा जाने प्रस्ताव भारतबाट आएको छ’ सत्तारुढ दल राप्रपा नेपालका एक नेताले भने ‘प्रस्तावमा दलहरुबीच सहमति जुट्न भने सकेको छैन ।’

ss4
भारतले राखेका सर्त मध्ये हिन्दुराष्ट्र पहिलो भएको परराष्ट्रमन्त्री कमल थापाले आफ्नै पार्टीका मुख्य नेताहरुलाई बताएका छन् । ‘भारतले हिन्दुराष्ट्रको बटम लाइन बनायो, थापाको भनाई उर्दृत गर्दै राप्रपा स्रोतले भन्यो ‘अहिले हिन्दुराष्ट्रको मागमा जाँदा एजेण्डा हाम्रो भएपनि लागु भारतले गराएको संदेश जान्छ ।’
भारतको चाहाना हिन्दु राष्ट्र भएको प्रधानमन्त्री ओलीले शिर्ष दलका नेताहरुलाई पनि जानकारी गराईसकेका छन् । विहीबार तीन दलको बैठकमा भारतीय विदेशमन्त्रीको सुझाव सुनाउँदै प्रधानमन्त्री ओलीले भने ‘हिन्दु राष्ट्रको कुरा छिमेकीहरुबाट आएको छ ।

SSSR
हिन्दु राष्ट्रमा नेपाल गए आफुहरुले आन्दोलनरत मधेसी मोर्चालाई सम्झाउन सहयोग गर्ने संदेश पनि स्वराजले प्रधानमन्त्री ओलीलाई गराएकी थिइन । जनसंख्याका आधारमा निर्वाचन प्रणाली र समानुपातिक, समावेशी सिद्धान्त समेटिएको संशोधन प्रस्तावलाई अघि बढाउने र उच्चस्तरिय राजनीतिक सयन्त्र निर्माण गरी सीमांकनको बिषय टुङगो लगाउनेमा मुख्य दलहरु सहमत भइसकेका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

YOU MAY ALSO LIKE