मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

२९ देशमा सकृय नेपाली जनसम्पर्क समिति कांग्रेसको महाधिवेशनमा प्रतिनिधीत्व गर्न पाउने

abc

नेपाली कांग्रेसको आज बसेको केन्द्रीय समितिको बैठकले क्रियाशिल सदस्यताको विवादलाई अन्त्य गरेको छ । क्रियाशिल सदस्यता वितरण समितिका संयोजक नरहरि आचार्यको प्रतिवेदन अनुरुप विदेश स्थित २९ देशमा सकृय नेपाली जनसम्पर्क समितिका प्रतिनिधीले १३ औं महाधिवेशनमा प्रतिनिधीत्व गर्न पाउने भएका छन् ।

ती मध्य नेपाली जनसम्पर्क समिति अष्ट्रेलियाले सदस्यता शुल्क नबुझाएका कारण महाधिवेशनमा भाग लिनबाट बन्चित गरिएको छ ।भारत, अमेरीका, बेल्जीयम, स्पेन, डेनमार्क, बहराइन, यूएई, कोरिया, पोर्चुगल, मकाउ,जर्मनी, कतार, नेदरल्याण्ड, जापान, साउदी अरब, नर्वे, इटली, बेलायत, मलेशीया ५०१ भन्दा  बढी क्रियाशिल सदस्यता बुझाउने र महाधिवेशनमा प्रतिनिधीत्व गर्न पाउने देश हुन।

५०१ भन्दा कम क्रियाशिल सदस्यता बुझाउये पनि महाधिवेशनमा प्रतिनिधीत्व गर्न पाउने देश क्यानाडा, बहराइन, साउदी र पोल्याण्डका नेपाली जनसम्पर्क समिति छन् ।

cde

नेपाली जनसम्पर्क समिति बेलायतबाट दोहोरो नामावली प्राप्त भएको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदन अनुरुप लोक गुरुङ समूहले ५२३ र चेतनाथ खनाल समूहले ५१६ जनाको सदस्यता पेश गरेका छन् ।

प्रतिवेदनमा नेपाली जनसम्पर्क समिति बेलायतबाट केन्द्रीय कार्यालयमा प्राप्त क्रियाशिल सदस्यता फारमको समस्या देखिएको सन्दर्भमा समिति समक्ष प्राप्त प्रमाण, कागज र अन्य श्रोतहरुबाट प्राप्त जानकारी समेतका आधारमा हाल सम्म नेपाली जनसम्पर्क समिति बेलायतको कार्यसमिति लोक गुरुङकै अध्यक्षतामा बाहल रहेको र लोक गुरुङको अध्यक्षतामा गठित कार्यसमितिको विकल्पका रुपमा पार्टीले अन्यथा निर्णय नगरेको अवस्थामा नीजकै कार्यसमितिको बैधता रहेकोले नीजको कार्यसमितिबाट शिफारीश भएका क्रियाशिल सदस्यता फारम लगायतका विवरणहरुलाई स्वीकृत गरिएको उल्लेख छ ।

fck

विदेश स्थित नेपाली जनसम्पर्क समितिहरुबाट ११ हजार ७६ जनाले नेपाली कांग्रेसको सकृय सदस्यता प्राप्त गरेका छन् । पार्टीको १३औ महाधिवेशनलाई लक्षित सदस्यता वितरणमा कांग्रेसको नयाँ क्रियासील सदस्यता १ लाख ५३ हजार ७ सय ८९ जनाले लिएका हुन ।

WRITE COMMENTS FOR THIS ARTICLE

YOU MAY ALSO LIKE