क्यानेडियन नेवा गुठिले तेश्रो बार्षिक योमर्ही पुन्ही कार्यक्रम टोरोन्टोमा आयोजना गर्दै

टोरोन्टो – नेवार समुदायको विभिन्न पर्ब हरु मध्ये “योमर्ही पुन्ही” को आफ्नै बिसेष महत्व छ । यसै क्रममा क्यानेडियन नेवा गुठि ले बिगत केहि बर्ष देखि मनाउंदै आएको “योमर्ही पुन्ही” कार्यक्रम टोरोन्टो च्याप्टरको सक्रियतामा आगामी आइतबार डिसेम्बर २७ को दिन टोरोन्टो मा मनाउने भएको छ ।
नेवार संस्कृति को सम्बर्द्दन र प्रबर्द्दन गर्ने गुठीको उद्द्यश्य अनुसार “योमर्ही पुन्ही” को सो कार्यक्रममा गुठीका युवा सदश्यहरुलाई योमर्ही बनाउने बिधि प्रदर्शन गरि योमर्ही बनाउन लगाउनुको साथै योमर्हिको पौष्टिक एबम भौगोलिक महत्व बारे पनि जानकारी दिईने छ ।
सो कार्यक्रममा अतिथिहरु लाइ नेवारी संस्कृति अनुरुपको योमर्ही सहित को खाजा को साथै स्थानीय कलाकारहरुले नेवारी तथा नेपाली लोक बाजा, गीत नृत्य प्रस्तुत गरि मनोरंजन गराइने गुठि श्रोत ले जनाएको छ ।
गत सेप्तेम्बेर मा १० औं बार्षिकोत्सब भब्य रुपमा मनाएको क्यानाडियन नेवा गुठीले स्थापना काल देखि म्ह: पूजा, समे बजी कार्यक्रम निरन्तर रुपमा संचालन गर्दै आएको छ भने चेतना मुलक जन स्वास्थ्य कार्यक्रम, निशुल्क कर आबेदन शिबिर (भुटानी समुदायको लागि समेत), युबा सशक्तिकरण, नब आगन्तुक सहयोग कार्यक्रम लगायत का कार्यक्रम हरु संचालन गर्दै आएको छ ।
साथै बृहत्तर टोरोन्टो क्षत्रमा बसोबास गर्दै आएका नेपाली हरु को सामाजिक, आर्थिक र स्वास्थ्य सम्बन्धि अवस्था बारे ब्रोक बिस्वबिद्यालय संग को सह कार्यमा अनुसन्धान कार्य भै रहेको छ ।
WRITE COMMENTS FOR THIS ARTICLE