मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

चर्को दवावपछि शुभेच्छा थापाले ‘माफी ’मागेकी छिन्

वौद्धधर्मसँग सम्वन्धीत संस्थाहरुको खादाको विषयमा चर्को आलोचना खेप्नु परेपछि शुभेच्छा थापाले माफी मागेकी छिन् । विन्दास ३ को लागि फोटो सेसनको क्रममा खादालाई यौनांग छोप्ने साधनको खादालाई प्रयोग गरेको भन्दै चर्को आलोचना भएपछि थापाले माफी मागेकी हुन् । युटूवमार्फत माफी माग्दै थापाले फोटो खिचाएर आफूले गल्ती गरेको स्वीकारीन । ‘मलाई यति ठूलो रुप लिन्छ भनेर लागेकै थिएन । फोटोको पात्रमा थिएँ तर विन्दास ३ को टिमकै कन्सेप्टबाट फोटो खिचेका हौं ।’ थापाले भनिन् ‘कुनै धर्म सम्प्रादाय वा समुदायमाथि आँच आउने हेतुले यस्तो गरेको होइन ।’ भविष्यमा यस्तो गल्ती नहुने समेत उनले पटक पटक दोहोर्याए । नौलोपन देखाउन खोज्दा यस्तो समस्या भएको र यस्तो प्रतिक्रिया आउँछ भनेर आफूहरुले परिकल्पना समेत नगरेको उनले वताइन् । खादाको दुरुपयोगको वारेमा वौद्ध सम्प्रादयले कडा आलोचना गरेका छन् । सार्वजनिक माफी र प्रचलीत कानून वमोजिम कार्वाही हुनुपर्ने वौद्धमार्गीको माग छ । सामाजिक सञ्जाल यही विषयले तातिएको छ । नेपाल शेर्पा संघ, शेर्पा किदुगहरु, वौद्धधर्मसँग सम्वन्धीत संस्थाले थापाको क्रियाकलापको खेद व्यक्त गरेका छन् ।

1

2 3 4

 

WRITE COMMENTS FOR THIS ARTICLE

YOU MAY ALSO LIKE