मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

लरनिङ बाई डुईङ: प्रगतिको बाधक संकिर्ण सोच रहेछ भन्ने बुज्न पुरै जिन्दगि खर्चन पर्यो।

Slide 2

तिन बर्ष बितिसकेछ। अाजैको त्यो दिन मैले अाफुलाई दुनियाकै सबैभन्दा नाजुक र हेल्पलेस  अबस्थामा भेटेको थियाँ। यहिनै दिनामा मैले अहम् ब्यबसाहिक शिक्षा हासिल गर्नै र महसुस गर्ने सौभाग्य पनि पाएेथे। यस्तो अनमोल शिक्षा जुन बिगत २० बर्ष देखि म स्बयं अर्कालाई दर्शन दिदाँ  भटभटाऊने गर्थे। तर बास्तबमै महसुस भने यस दिनले गरायो। जुन मेरो निजि जिबनका लागि गेम चेन्जर मात्र बनेन ब्यबसाहिक जिबिको पार्जनका लागि मार्ग निर्देशक पनि गरेको थियो।

Slide 1

कोचाकोच गरिएर अोभल टेबल को बरिपरि राखिएको १४ बटा कुर्चि जम्मा ११ जना सहभागि अाईपुगेको अबस्था। जसोतसो गर्दै टिम होर्टन बाट मगाईएका कफि र क्रिस्पि चिकन स्याण्डब्यिच खादै गर्दा सबैको हातमा कम्पनि चेयरबाट प्राप्त खामबन्दि एजेन्डा मैले निर्देसन अनुरूप थमाईसकेको थियाँ। कम्पनि चियरमेन र भाईस को पर्खाईमा सबैजना हासिखुसि लेट ब्रेकफाष्ट र कफिको चुस्किमा रमाऊदैगर्दा अाफुसँग छलफलै नगरि त्यो पनि बन्द एेजेण्डाबनाएर खाममा हालि अरू मेम्बर लाई दिन भनिएकोमा मलाई असहज महसुस भईरहेको थियो।

Slide 0

म जबरजस्ति कफिपिऊदै थियाँ। कताकता अन्तै हराएछु। लाग्यो केहित पक्कै गडबड छ। सोचे “जस्ट वि साईकोलोजिकल्लि प्रिपियर फर अन एक्सपेक्टेड । जस्ट कुल डाऊन।”

सधै निकै ऊत्साहाकासाथ सबैलाई स्वागत गर्ने मलाई सबैले फरक महशुस गरेछन्। तर कसैले त्यसको मलाई महसुस हुन दिएनन्। बिचमा भाईस अाईपुगे। ऊनी मार्फत समाचार पनि अायो – क्यारेबियन रिजनको लिडकस्टमर सँग जरूरि भिडियो कन्फरेन्समा रहेकाले प्रेसिडेन्ट १ घण्टा अरू ढिलो अाईपुग्ने छु सबैलाई कुर्न भनिदिनु भेनिएको रहेछ। ऊनलाई पनि मैले लिफाफा बुझाएे। भने एजेण्डा हो तर अहिले नखोल्नु भन्ने अादेस छ।

bb

बोसको कस्टमर सँग यस्ता भेटधाट हुनु सामन्यतया कुनै नौलो कुरा थिएन। कृसमस अनि निऊ ईयर । ब्यबसाहिहरू यहि बाहानामा कम्तिमा बर्षमा एकपटक बोलिमा बोलि मिलाऊन भुल्थेनन्। जसले बर्षभरि ऊनिहरूमा ब्यबासायमा अात्मियता दिने गर्थ्यो। सदा झै मैले टेक्स म्यासेज गरे। “मिस्टर चेयरमेन स्याल अाई स्टार्ट दि मिटिङ व्बाईल ऊई अार बोईटिङ फरयोर एराईभल”? ऊताबाट तुरून्तै खबर अायो “पिलिज वियर विथ मि। दिस ईयर अाई ह्याब बिग रिजन टु होस्ट ईयर ईण्ड मिटिङ् बाई माईसेल्फ।”

मैले म्यासेज सबैलाई रिले गरे। जुन अनएस्पेक्टेट मात्र हैन निकै कौतुहल पूर्ण थियो। एकाएक सबैजना अबाक बने । सबैको दिमागमा एकैचोटि एकैकुरा अायो । केहि न केहि सिरियस ईसु हुनु पर्छ।

बिचैमा भाईसले बोले – मोरो १३ बर्षको यस कम्पनि सँगको काममा पहिलो पटक खामबन्दि एेजेण्डा थमाईएको छ। प्रेसिडेन्ड बाट अाफै रिभ्यु सुरूगर्ने खबर पाईरहेको छु। यो एेजेण्डा बनाउने करपोरेट म्यानेजर नै होलान। कुरा के हो त्यति सहज छ जस्तो देखिदैन। प्रेसिडेन्ट लाई पर्खदैगर्दा बताऊन मिल्छ? मैले केहि बोलिन। मात्र एक टक भित्तातर्फ हेरिरहें। “अाई एम नट टकिङ विथ वाल? डिड यु हियर मि मिस्टर!” ऊनी कडके। मैले यस सर! मात्र भने। ऊनि झन जंगिए। ” ह्वाई यु डु विहेव अन युजियल्स? अार यू अन फायर ! ईज सम अड बिईङ ह्यापन याँट क्यारेबियन”? मैले केहि नबोल्नुमै सबैको हित सम्झे।

Slide 3

के भयो मलाई अन्दाज भएन। एक्कासि क्यारेबियन सेक्टर म्यानेजर मलाई हातसमातेर सबैसामु कराऊन थाल्यो। ऊ भन्दैथियो मलाई बिजनेसको “बि” तिमिले सिकायौ। लाग्छ मैले मेरो सम्पुर्ण १०० प्रतिशत बिजनेसमै दिन कुनै कसर छोडिन। पहिले म मात्र प्रयोगशालामा सिमित बैज्ञानिक थियाँ। सोचेको थियाँ यो क्यारियर ले मलाई सफल ब्यबाहारिक र ब्यबसाहिक प्राबिधिज्ञ बनाएको छ।म सँग कम्पनिको लागि अफर गर्ने धेरै खुबिहरू बिकास भएकाछन्। “अाई एडप्ट एेभ्रि क्लियु यु एक्स प्लोर टु मि! यु नो ह्वाट ? अाई कुड नट ऊईन अाअोर चियरमेन हार्टस।”

मअलि ईमोसनल बनेछु। भने “हु द हेल टोल्ड यु दिस माईथ?” ऊ अबाक बन्यो! मैले भने “अाई एम ह्यापि ऊईद यू! यु अार दि ग्रेट परफरमर अफ दिस ईयर। ईभन ईफ यु वोएर वोर्स, अाअोर कम्पनि विईल नट फायर एनिबडि। एट लिष्ट डुरिङ दी होलि अकेजन। डु नट लिस्सन टु अोदर । लर्न टु हियर योर ह्अर्टस। एण्ड ट्रष्ट अन योर हार्डअोर्क एण्ड अनेष्टि।”

Slide 4

किनहो ऊ त्यस पछि पनि केहिबेर रोयो। मैले अरू तिर हेरेर भने “लिभ हिम एलोन फर अ ह्वाईल सो द्याट हि केन ईभ्यापोरेट हिज ब्याड फिलिङस् एण्ड फिल रिलिफ”।

प्रथम पटक भिपि लाई बोर्डको सामन्ने मैले ऊसको कुरा नसुन्नु भनेको र ऊसको प्रश्नको पनि जबाफ नदिएको बदलामा ऊनि मसँग सदाजसो केहि न  केहि निऊ झिकेर पड्कने छन् भन्नेमैले अनुमान लगाई सकेको थियाँ। सोचें तेहि घटनाले  प्रिसिडेण्ट अाईपुग्नु अघि क्यारेवियन वाला सामान्य बनिसक्नेछ।जे पर्ला सहुला।
अचम्म! भिपिले मेरो कार्यकालमा मलाई पहिलो पटक सार्वजनिक रूपमै अाफुलाई माफ गर्न र सायद ऊनि अलि ब्यबाहारिक हुन सकिन कि भने। मैले भने! ऊमेर र अनुभबमा हामिभन्दा पाको तपाईले हामिसँग माफ मागेर हामिलाई लज्जित नतुल्याऊनुस । थपे! तपाई सँग हामिलाई हाम्रो ऊन्नतिका खातिर झक झकाऊने अधिकार सदैव सुरक्षित रहने छ।

ऊनि यति खुशि देखिएकि ऊनले भने “द्याटिज ह्वाई आई एम ईनलव ऊईद यू फोल्कस”। सबै जना दंगपरे। मैले पनि सबैकुरा भुले र हामिबिच निकैबेर ठट्टा र हाँसोको माहोल छायो।

Slide 5

यसैबिच मैले प्रेसिडेन्टको अार्को टेक्स म्यासेज पायाँ। लेखिएको थियो, म अफिस अाऊदैछु। ट्राफिक का कारण २० मिनेट त लागि हाल्ला। कृपया सबैलाई ऊत्तर तर्फको बोर्डरूममा लैजानु। त्याहाँ लन्को  तैयारि हुदै होला । म र मेरि श्रीमति अाएपछि छोटो छलफल वीच लन्च लिऊला।

लेखिएको थियो प्रतेक बोर्डमेम्बर लाई भिन्दाभिन्दै कुर्चिमा बसाऊनु। बन्द खामको एेजेण्डा एक्लै पड्न र कसैसँग संपर्क नगरि आफ्नो ऊत्तर तयार गर्न भनिएको थियो।

लगभग १५ मिनेट भित्रमा कम्पनि प्रेसिडेन्टले यसको ऊत्तर पालै पालो सुन्न चाहेका र कसैले पनि कसैलाई वीचमा क्रस वा अवरोध नगर्ने बाताबरण बनाऊन भनिएको थियो। मलाई पनि त्यहि गर्न सुजाईएको थियो। भनिएको थियो
सबैको कुरा सुनेपछि लन्चमिटिङमा सामुहिक रिभ्युमा सबैसँग बृस्तित छलफल गरिने छ। सो जानाकारि पछि सबै जना निकै ऊत्सुक भएर बताईएको काममा लागे र म पनि।

जव मैले खाम खोलें सपनामा पनि नचिताएको एकल एेजेण्डा चक्मादिने खालको थियो। लेखिएको थियो। ” कल्पना गर्नुस कुनै भैपरि घटनाका कारण तपाईको तुरून्तै मृतु भयो। कम्तिमा १५ मिनेट जति ठण्डा दिमागले सोचनुस र मलाई बताऊन एक खाका बनाऊनुस। अव तपाईले गर्दैअाएको काम तपाईको अाबशानको दु:खद घटनामा पनि विना अडचन कसरि अघि बढने छ”।

मलाई मेन्टल सकनै लाग्यो। के कम्पनि मलाई हटाऊन चाहन्छ? के म यस्तो कमिने कम्पनिमा काम गरिरहेको छु जसलाई मात्र अाफ्नो स्वार्थ सिबाय अरूकुनै कुनै मानव सेन्टिमेन्ट को कुनै माने छैन? सँसार यति बिध्न स्वार्थि र बिवेक शुन्य भै सक्यो?

Slide 6

बास्तबमा त्यो प्रश्न जतिबेला मैले देखे त्येसको सामना गर्नसक्ने दिमागि हालातमानै मैले अाफुलाई पाईन। दिमाग शुन्य बन्यो। के गर्ने के नगर्ने यकिननै गर्न सकिन। बोसबाट प्राप्त निर्देशनको पालनगर्ने त स्थितिनै रहेन। म त अनायस सोचाईमा अन्तै निकै टाडा पुगेछु।

म कक्षा ५ मा पढ्दै थियाँ क्यार। सानो बल ले खेलिने “किंङ” भनिने गेम खेल्दै स्कुलबाट घरफर्कने क्रममा मैले जोसमा होस कसरि गुमाएे अाजसम्म फिगर अाऊट गर्न सकेको छैन। जब घर पुगे! बुबाले पाईट कता हालिस भनि सोध्नुहुदा हेर्छुत तल अण्डरवेयर मात्रै लगाइ रहेको रहेछु। मैले खोई कुन्नि भने। बुबाले अनि झोलानि भन्नुभयो। ए हराएछ भने। बुबाले कस्तो हुस्सु छ भने भनि गालामा १ झापड लगाऊनु भयो। एकै सासमा भन्नुभयो तँलाई म अव अार्को पाईन्ट किन्न सक्दिन । भोलिदेखि तँ स्कुल नाङ्गै जा भनि हिडनु भयो।पछि थाहा लाग्यो। झोला र पाईट पाई हालिन्छकि भन्ने सोचेर खोज्न निक्लनु भयेको रैछ।

स्कुल नाङ्गैजाँदा सबैले कुरि कुरि भनि जिस्काऊथे। सो संमझेर म ग्वाँ ग्वाँति रून थाले। अामाले देख्नु भएको रहेछ।  मलाई अगालो हाल्नु भयो। पछि काखमा लिएर संझाऊदै भन्नुभयो “हेर हिजोमात्रै कान्छो छोरोले लगाऊछ भनेर ल्याईदिनु भएको अाजै हरायौ “। म सुक्क सुक्क गर्दै थियाँ।

मैले अतिचाँडो कपडा च्यातने हुनाले सधैजसो सबैलाई मलाई देखाऊदै यसलाई त फलामको लुगा चाहिन्छ भन्ने कुरा भन्ने गर्नु हुन्थ्यो बुबा।

बलियो भनेर महगो जिन पाईट त्यो पनि महँगो ब्राण्ड “ली जिन” ल्याई दिनु भएको रहेछ। अामाले भनेपछि थाहा पायाँ। सो सुनेपछि मन भाबुक भएछु। भनेछु! बरू म मरेको भए पनि हुन्थ्योनि हगि अामा। अामाको अाखाँबाट अाँशु अाएको देखें।सो देखेर  मलाई पनि फेरि रून अायो।

संगालिएर अामाले मलाई फेरि सम्जाऊन थाल्नुभयो। बाबु जिन्दगिमा कहिले पनि त्यस्तो अशुभ कुरा नभन्नु। नभन्ने हैन यस्तो पाप सोच्न पनि हुदैन। हामि तेति सारो गरिब छैनम कि जाबो १ – २ जोर कपडा अाफ्नो कान्छु लाई जोरन नसक्ने। मैले माथि बाकासमा तिम्रो धेरै कपडा हरू राखेको छु।मन पर्ने छानि छानि लगाएर स्कुल जानू। म दंग परे।

अामाले ल हिन अब खाजा खान भन्नु भयो। म गये र मिठो मानिमानि पुवा खादै थियाँ। बुबा अाईपुग्नु भयो। भन्नुभो खै पाईएन। बटुवाले पाएर लग्यो होला।

अामाले कान्छालाई  केहिपनि नभन्नु है भनि बुबा लाई कराऊनु भयो। जाबो एऊटा पाईन्ट हराऊदा मेरो छोरो लाई कुटने? म पुवा छोडेर अामा सँग टासिन पुगे। बुबा केहि बोल्नुभएन।

अामाले बुबालाई पनि पुवा खान दिनु भयो। खाजा खाएपछि मलाई चकलेट खा ला भनेर देखाऊनु भयो। मलाई चकलेट लिनजाँदा कुटने हो कि जस्तो लाग्यो। गईन। अामालेनै त्यो चकलेट बुबा सँग लिएर मलाई दिएपछि मन ढुक्क भयो।

माला मिठ्ठाई लाई हामि तेतिबेला मिठाई र प्लाष्टिक ले वेरेको क्यारामेल लाई हामि चकलेट भन्थ्यौ। चकलेट ठुलो हुनाले केहिबेरमा खाँदै बुबा नजिकै नै पुगेछु। बुबाले काखमा लिनुभयो। यस्तो खुशिलाग्यो । मानु मैले सन्सारनै जितेको थियाँ।

Slide 7

त्यसदिन देखि यस्तो अशुभ त सोच्नपनि पाप हुन्छ भनि तालिम प्राप्त मेरो दिमागलाई अहिले ” संझ तिमि तिम्रो जिवनकै अन्तिम सास लिदैछौ । अब मलाई भन तिम्रो अनुपश्थितिमा तिमिले गरिरहेका काम कसरि कुनै अबरोध विना अगाडि बड्न सक्छ” भन्ने प्रश्ननै गलत मात्र हैन अनैतिक लागिरहेको थियो। कठै बिचारा म! सधै अाफैले अाफै लाई “नचिताएको धटना घट्न सक्नेछ भनि तैयारि बस्नु – जे परे पनि मुकािला गर्न सकिन्छ” भन्ने मेरो गट्स एकाएक हराएको थियो। म अाफैलाई अाफुसँग “अन एेक्सषेक्टेट” ड्यान्डल गर्ने खुबि हराएको महसुस भईरहेको थियो।

बास्तिक जिबनमा अरूलाई “डअन्ट टेक ईट परसन्नल्लि ” भनि सल्लाह दिन नथाक्ने म – अाफ्नै दिमागले दैनिक रोजिरोटि सँग संबन्धित सबाललाई समेत नितान्त पर्सनल बनाएकोमा कुनै प्रतिबाद बा करेक्सन गर्न सक्ने हालातमै भेटिरहेको थिईन।

Slide 8

ढोकाबाटै कम्पनि चेयर को “हाई गाईज हाऊ अार यू” भन्ने सँम्बोधनले म झस्के। पहिला त म काहाँ छु र के गर्दै छु भनि अलमलियाँ। धन्य मेरो ब्रेनले सम्झि हाल्यो कि म अफिसको महत्वपुर्ण मिटिङमा छु ।जुन मेरो तत्कालको जिविकोपार्जन सँग अहम भुमिका राख्दथ्यो।

सबैले एकै श्वरले “भेरि गुड – भेरि गुड” भने। मैले पनि सोहि भन्न चाहे। तर मेरो बोलिनै फुटेन। मेरो बोलि नफुटेको  म बाहेक कसैले थाहै पाएन। मास भ्बाईसमा सबैले सबैबाट ग्रिटिङ ब्याक भएको अनुमान गरे होलान।

अाफुलाई ढिला गरेकोमा माफ गर्न भन्दै चेयर्सले सबैलाई ऊनलाई पछ्-छाऊन भने। अरू सँगै म पनि लुरूलुरू ऊनकै पछि लागें। बिशाल गेष्ट मिटिङरूममा हामिलाई पुर्याईयो र बस्न ईसारा गरियो। नबसिकनै चेयरले भने हाम्रो मिटिङ अब म फरमल्लि सुरू भएको जानाकारि गर्दछु।

ऊनले पहिला भिपि लाई नाम सँबोधन गरेर भने तिमि तिम्रो प्लान राख। भिपि ऊठे र भने “ह्वाट ए स्निकि सरप्राईज – ह्वाट यु वान्ट टु हियर फ्रम मि”? चेयरले भने ” कट द चेस्ट। डन्ट अोईस्ट माई टाईम। माईन्ड योर विजनेस। नो अदर ईन मिडल पिलिज “।

हलमा बास्तबमै सन्नाटा छायो। भिपिले बोले, मेरो नयाँ विजनेस ईन पाईप लाईन पार्ट सबै चेयर लाई थाहा छ । कर्पोरेट मेनेजर लाई बाँकि सबै कुरा मलाई भन्दापनि राम्रो जानाकारि हुनुपर्छ किनकि म ऊनिसँग अति समिपमा रहेर काम गरिरहेको छु।

बोसले ऊसलाई धन्यबाद भनि बस्न भने। भिपिले “द्याटस ईट” भन्दा सबै हाँसे र चेयरले पनि हाँसो थाम्न सकेनन्। हलमा पुरै लामो हाँसो छायो। अचम्म म पनि कति बेलाबाट हास्न थालेछु पत्तै पाईन।

एक पछि एक गर्दै सबैले अाफ्नो कुरा हरू पालैपालो राख्दै गए । जुन सुन्दा सुन्दा ममा असहजता पुरै हराई सकेको थियो।म सोच्दैथिए मेरो पालोमा म के भन्छु होला भनेर ।किनकि मैले दिईएको समयमा कुनै प्रजेन्टेसन म्याप बनाएको थिईन। न कुनै अर्गनाईज थअटस् प्रोसेसनै  दिमागमा फुरिरहेको थियो।

dd

अमेरिकि क्षेत्र हेर्ने म्यानेजरको पालो अायो। ऊनले केहि समय लिएर यति गम्मिर रोडम्याप देखाएकि हामि सवै चकित बन्यौ।न्युजिल्याण्ड मुलका ऊनले यस्तो मिटिङमा ऊनको पहिलो जवमा धेरैपटक सहभागि हुने मौका पाएका रहेछन। ऊनले ब्याक्ति र कस्को काम कस्लाई थाहा छ भन्ने खुद्रा मसिना कुराहैन सिस्टमको दक्षता, सुधृढिकरण तर्फ सबैको ध्यानमोडे। मलाई थोरै हिन्टस् मिल्दै गयो। बास्तममा ऊनको धेरै कुराहरू मा मेरो बाई ईन रहन गएको थियो।

ऊनले बताऊदै थिए  यो यो सिष्टममा यो यो जानाकारि छ। यि यि ब्याक्ति लाई यियि डकुमेन्टमा पहुच दिईएको छ । यो पनि प्रष्ट पारेकि यि यि कुरा यि यि ब्याक्ति हरूलाई जानाकारि छ। ऊनको प्रस्तुति बास्तबमै सबैको लागि अाईअोपनर बन्यो। हुनपनि ऊनले “एनिटाईम रिटायरमेन्ट कन्टिनजेन्सि प्लान” अति तारिफ योग्य रूपमा प्रस्तुत गरेका थिए। ब्यक्तिगतरूपमा ऊनले गरेको नलेज सेयरिङमा म अति अाभारि बनेको थियाँ। तर ऊनलाई धन्यबाद जताऊन न कहिलै कोसिस गरें न त त्यस्तो मौकै मिलेको अनुभुति भयो।

Slide 9

यस्तो परिस्थिति जुन वैवाहिक जिवनमा प्राय सबै जोडिले महसुस गरेका हुन्छन्।  जस्तै मेरै अनुभवमा मेरी श्रीमति सँग नजानि नजानि स-साना कुरामा पनि भित्रिमनबाट मलाई यतिधेरै सहयोगको अासगर्ने लत लागिसकेको छ कि जुन सबै पुरा गर्न साक्षत भगवानको लागिपनि सँम्भब छैन। र पनि सानो चाहाना पुरा नहुदा म बेचैन बन्छु र कहिलेकाहित बेकारण का ठाकठुकले सामान्यको बिऊटिफुल डे हेलमा परिबर्तन हुन्छ।

त्यस पछि मात्र मेरो दिमागले ठण्डा दिमागले सोच्दैजादा सारा बस्तुश्थितिको  रिकल हुन्छ। त्यो पनि टु लेट। अनि सम्झन थाल्छ मेरो प्रगतिका लागि ऊनले गरेको कुर्बानि हरू। मनमनै ऊनिप्रति अब अनुग्रहित हुनथाल्छु। किनकिन हालसम्म कहिलै मैले ऊनलाई ऊनको सहयोगका कारण हाम्रो जिवन सैलिमा अाएको सहजता ऊनि सामु जताएकै छैन। लाग्छ हालसम्म मलाई तेस्तो मौकै मिलेको छैन। हुन सक्छ मेरोत अादतनै बा कमजोरिनै बनिसक्यो कि अरूलाई कृतज्ञता जताऊनै नसक्ने।तर अाफ्ना नियर र डियर हरूका केसमा मात्र मेरो कृतज्ञता नपस्कने कमजोरि छ।

cc

म रातदिन मेरि श्रीमति र छोरा सँगै रहन्छु। किन यति कर्णप्रिय धन्यबाद जताऊने मौका पनि मलाई मिलि रहेको छैन। भनिन्छ अाफ्ना लाई अाफ्नो हुनको महसुस दिलाऊ। नत्र समयले तपाईको अाफ्नालाई तपाई बिनै जिऊन सिकाऊने छ। तर मेरोमा सो लागूनै भैसके जस्तो लाग्दैन।

सायद मौका मिल्नु र भेटने समय मिल्नु एकै होईनन्। १५ बर्ष देखि सधै सँगै रहने जिवन सँगिनि र झण्डै ७ बर्षदेखि सँगै एकै छानामुनि सँगै काम गरिरहेको साथिलाई मनै देखिको कृतज्ञता ब्यक्त गर्ने मेरो चाहना ले सोको लागि मौकै नमिलेको भनेर पन्छनु पक्कै ब्यबाहारिक  मानिने छैन।

हुन सक्छ मेरो तर्फ बाट सोको पहल नगरिनु र अर्कैले बिना बताए पहल गर्देला अनि समयको ऊपयोग गरूला भन्ने प्रबृति मेरो भित्र बिकास हुनु पनि हुन सक्छ? खैर यो घटना पनि मेरालागि अार्को अहम महत्बको रहि रहने छ। अहिले लाई लागौ मिटिङकै प्रसँग तिरै।

अमेरिकि क्षेत्रको मेनेजर को प्रस्तुति पछि बाँकि थियो मात्र मेरो प्रस्तुति। बिना बोलाई म ऊठेँ।भने! ल ठिक छ संबोधन गर्नेअब मेरो पालो। बोसले मलाई रोके र अाफ्नो सिटमा फर्कन ईसारा गरे। म रोकिया। ऊनले भने कृपया तपाई हरू सबै रेष्टरूम गएर फ्रेस हुनुस। हामि १५ मिनेटमा ऊत्तरि बोर्डरूममा लन्चमिटिङमा भेटनेछौ।

बिचमा गाईगुई चल्यो। किन बोसले मेरो कुरा सुन्न चाहेनन् भन्ने बारेको हो कि जस्तो लाग्यो। लाग्दथ्यो कुराकानि नेगेटिभ थियो। तर मेरो बारेका कुरा मैले सुन्नेगरि हुने कुरै भएन। मैले पनि जान्न चासो देखाईन।

२० मिनेटमा सबै लन्चमा देखिए। सदाझैको अति सालिन लन्चपार्टिमा बोसकि श्रीमति पनि थिईन। ऊनि कम्पनिको ५०% को मालिक थिईन। ऊनले सबैलाई लन्च लिन अाग्रह गर्दैभनिन “पिलिज हेल्प योर सेल्फ”। सबै जनाले लन्चलिई गोल्डन अोभल टेबल बरिपरि बस्यौ । खाना खादै मिटिङ जारि रहने भन्ने अनुमानमा।भयो पनि त्यस्तै।

बोसले बोल्न सुरूगरे। भने – अाजको सहभागिता र अनेष्ट प्रजेन्टेसनको लागि सबैलाई धन्यबाद। यहि अनेष्टि र ट्रान्सपेरेन्सि नै हाम्रो सामुहिक सफलताको कडिहो।

अब मेरो रिपोटिङ को पालो। म चाहान्छु त्यसपछि मेरा कुराहरू अाईसकेपछि हाम्रा करपोरेट मेनेजरले मिटिङ समअप गरून। सबै छक्क परे । मैले के किन भनियो भेऊ पाऊन सकिन।
aa
अाजभन्दा ३ बर्षअगाडि म र मेरो धर्मपत्नि सँगको लन्च मिटिङमा कर्पोरेट म्यानेजरले हाम्रो कम्पनिलाई ३ वर्षभित्र ५ गुना बृद्दि गर्ने खाका प्रस्तुत गरेका थिए। हामिले त्यसलाई  स्विकृति दिनुअघि झण्डै हाम्रा दशरात दशदिन नै पुरै वेचैनिमा बिते। एकातर्फ खाका हामिलाई एकदम मनपरेको थियो। अार्कोतर्फ सानो गल्तिले कम्पनि बन्दसम्म हुन सक्थ्यो। एक मनले भनिरहेको थियो यथास्थितिमै चल्दाको फाईद कम्तिमा खाईपाई अाएको स्थितिमा कुनै हेराफेरि हुन्थेन। तरपनि मेरिश्रीमतिले किनकिन नयाँ खाकामै जान मलाई जोड गरिन।

जुनकुरा हामिले मेनेजरलाई सेयर गर्ने निर्णय गर्यौ। ऊनको कन्फिडेन्सि र अन्य रिपोर्ट देखेपछि हामिलाई अगाडि बढन मद्दत मिलेको थियो। अाज ठिक ३ बर्षमा हाम्रो कम्पनि कम्तिमा १० गुना बढेको छ। यो तपाई हरू सबैको कडा परिश्रमको देन हो। जुन हामि एक्ट्रा बोनस मार्फत तपाईहरू सँग सेयर गर्न चाहान्छौ।

सबैभन्दा अहमकुरा के छ भने २ महिना अगाडि हाम्रो अमेरिकन मेनेजर समेत सँलग्न फ्लोरिडा मिटिङमा हाम्रा करपोरेट मेनेजरको कम्पनिलाई आगामि ३ बर्षभित्र कम्तिमा थप ३० गुनाले बृद्दि गर्ने फिनान्सियल सफितको खाका हामिले स्विकृति गरिसकेका छौ।

तपाई हरूलाई मैले अाज बताऊनै पर्ने कुरा के छ भने हामि सँग नया खाका अनुसार बढन जाने ऊत्पादन क्षमताको लागि कम्तिमा ५ बर्षको लागि बल्याङकेट अडर को  प्रोमिस हामिसँग सेकुयर छ। मूनाफा प्रोजेक्सन अनुसार १ बर्षमै हामि ब्रेक ईभन मा पूग्ने देखिन्छ।हामिले हाई ईण्ड बेस झण्डै ३ बर्ष सम्मको ब्रेकईभन धान्न सक्ने अान्तरिक मुद्रा सन्चितिको जोहो गरिसकेको छौ। यसको मतलब हामि पहिले पहिलो जस्तो १० रात १० दीन बेचैनिमा बिताऊन पर्ने बाताबरण छैन।
aa
यो खबर सबै लाई चक्मा दिने प्रकृतिको थियो। सबैजना बास्तबमा चकित मात्र बनेनन् कि जोड जोडले तालि पिटन थाले। यसले माहौल निकै ऊत्साहित बनायो। सानो पजमा कोहि खाना थप्न त कोहि डिजर्ट लिन लागे।मेरोलागि भने त्यो सरप्राईज थिएन किनकिब त्यो प्रोजेक्सन मेरो थियो। निकै ऊत्साहित बातावरण विच लगभग १५ मिनेटको दौरान बोसले ईसारा गर्दै फेरि बोले। के म मेरो अरू भनाई हरू अब पुन सुचारू राख्न सक्छु? सबैजना अाअाफ्नो सिटमा फर्के।

सुन्नुहोस अब म मेरो प्लान राख्न चाहान्छु। ऊनले बास्तबमै निकै मेहनत गरेर ऊनि मात्र र ऊनको जोडिनै एकैचोटि रहेनन भनेपनि कसरि कम्पनि बिनाअबरोध चल्नेछ भनि प्रष्ट खाका तयार गरेका रहेछन। सो हामि सामु राखे। ऊनले जति सहजै कुराहरू राखेपनि ति भनाई हरूले मिटिङलाई यति ईमोसनल बनायोकि सबैको अाँखामा अाँसु टलपलाएको प्रष्ट देखिन्थ्यो। सुनिएका कुराहरूमा प्रष्ट यथार्थता र ईमान्दारिता झलकन्थे।

लाग्दथ्यो ऊनको प्रष्टताले सबैको भित्रिमन यसरि छोयोकि कोहिपनि ऊनिहरू बिनाको कम्पनि को कल्पना मात्र पनि गर्न चाहने मनस्थितिमा नै थिएनन्। बोसकि श्रीमति पनि एकटक भित्तातर्फ हेरिरहेकि देखिईन। ऊनिले अाफुलाई जबरजस्ति थामिरहेको र सकेसम्म अाँसुलुकाऊने प्रयासमा रहेको सजिलै भेऊ पाईन्थ्यो।

मेरो मन पनि अतिभारि बनेको थियो। जसले मलाई चरम बिश्वासगरि जटिल ब्यबसाहिक कामगर्ने, अनुभब लिने र अात्माबिश्वास बडाऊने अबसर दिएका थिए ऊनिहरूको अाबसानमा अाफ्नो भबिश्यमै पुर्णबिराम लाग्न जाने डर अाफ्नो भित्रि मनमा बसेको रहेछ भन्ने त्यतिबेला मात्र मलाई महसुस भयो।

भनिन्छ मान्छेको दिमागलाई जस्तोसुकै काहनि किन नहोस त्यसले सुन्य प्राय: असर गर्दछ। जव कुनै घटना वा काहांनि जसले अफ्नो प्रिय बस्तु वा ब्यक्ति सँगको संसर्गको महसुस गराऊदछ तेसले मात्र मान्छेलाई चरम ईमोसनल बनाऊछ। जिव सास्त्रले प्रमाणित गरेको नभएता पनि यो प्रकृया रिभरसिभल हुने कुरामा प्राय: मनोबैज्ञानिक हरू एकमत भेटिन्छन्।

यसको अर्थ जव दुई अजनविनै किन नहुन, कुनैकारणबस ईमोसनल बनेभने ऊनिहरू बिचमा तेसै अात्मियता बढन जान्छ। जति धेरैपक यो प्रकृया दोहरिदै जान्छ, आत्मियता पनि ऊति नै बढि गाडा हुदै जान्छ।

हुनपनि त्यसदिनको  ईभेन्टले बास्तबमै हाम्रो टिममा एकअार्काविच बिश्वासको बाताबरण मात्र बनाएको थिएन कि एक अार्कोप्रति दृढ अात्मियता पनि बिकास गरेको प्रष्ट अनुभुति दिलाऊथ्यो।

लगभग हामि अन्ततर्फ पुगेकाथियौ। मिटिङ समअपको लागि मलाई ईसारा अायो। मैले म सँग कतिमिनेट छ भनिसोधे। “टेक योर टाएम” भन्ने जबाफ मिल्यो। यतिबेला सम्म मलाई धेरै क्लियू मिलिसकेको थियो। तयारि बिना मैले मेरो कुराहरू राखे।

bbb

मैले भने, मेरो सँलग्नतामा हालसम्म कुनै त्यस्तो बिषय छैन जुन मलाईमात्र थाहा छ र त्यो हाल अपरेसनमा छ। जहासम्म योजना तर्जुमाका कुराहरू छन् ति सिष्टम रिलेटेट भए। हाल म बिजनेस ईन्टेलिजेन्स लाई रोबटिक बनाऊने ईरादाले सक्क्षम अाईटि कम्पनि हायर गरि कस्टम ईआरपि बिजनेस सिष्टम बनाऊदै छु। जसमा रियलटाईम रिसर्च, ऊत्पादन, क्बालिटि एसुरेन्स, बिजनेस्, फाईनान्स, कस्टमर र बिजनेस ईनटेलिजेन्स पोरटल बिऊल्ट गरिएको छ। पुरा सफ्टबेयर लिन, सिक्स सिग्मा र रियलटायम प्रोजेक्ट क्यापचर फ्रेन्डलि बनाईएको छ।

पाईलट फेजको तालिममा अौलाको टुप्पोमा पुरै तपाईको अफिस तपाईसँगै रहको महसुस गराऊने हाम्रो प्रयास छ। मेरो बुजाई अनुरूप सेकुयर नेटमार्फत तपाई जाहाभएपनि दुबै अनलाईन र अफलाईन सुचना हेर्न र अरूलाई पठाऊन तपाई सक्नुहुनेछ। अर्को तपाईले चाहेको बेलामा “मोबाईल प्राबिधिक पोरटल” बाट तपाईको कम्प्लेक्स भन्दा कम्प्लेक्स प्रश्नको जवाफ बढिमा ११ मिनेटमा हामि तपाईलाई दिन सक्नेछौ।
bb
हाल हाम्रो कम्प्रेक्स् रिसर्च जसमा हाम्रो ७० प्रतिसत नेट लगानि छ, को रियल टाईमको माईक्रो फाईन्डिङ को कुसल ब्यबस्थापन, हाम्रो लागि ठुलो टाऊको दुखाई बनेको कुरा पहिलेनै मैले तपाई हरूलाई अनुरोध गरेकै हो।

येसै बारे को सोधखोज बाट पपुलर माईन्ड म्यापिङ् सिष्टम हाम्रालागि सहयोगि हुन सक्छ भन्ने हामिले सुन्यौ। त्यसपछि ३ महिनाजतिको तालिम पछिको परिक्षणमा मलाई थाहा लाग्यो माईन्ड म्याप अलिभिन्नै ब्यबारिकता बाट बिकास भएको भएपनि यसको कन्सेप्ट लाई थोरै परिबर्तन गरि हाम्रो रिसर्चको रोडम्यापको अभिलेख राख्न र माईक्रो फाईन्डिङ बेस “बडिअफ नलेज” क्याप्चर गर्न सक्क्षमछ। अाज सम्ममा मलाई अाईटि टिम बाट पनि ग्रिन सिग्नल मिलिसकेको छ।

kk

म यो प्रबिधिमा पुर्ण बिस्वस्थ बनेकाले चियरमेन बाट ऊक्त सफ्टवोयर हाम्रो सिष्टममै ईन्ट्रिगेसन गर्नै र सिमि अफलाईन ऊपयोग गर्ने एप्रुभल मैले लिईसकेको छु। तसर्थ नर्थअमेरिकामै पहिलो पटक रिसर्चमा “कस्टम मोडिफाईड माईन्ड म्यापिङ” को प्रयोग गर्न हामि गईरहेका छौ। यो त भयो मेरो दैनिक कार्यलाई कसरि पारदर्सि बनाईएको छ भन्ने कुरा।

अब मलाई अाजको मिटिङको समअप गर्ने अनुमति पाऊँ।कम्पनि प्रेसिडेन्टबाट ईन्डिकेट गरिएजस्तै यसटक बिगतको जस्तो न बजार, न प्रबिधि, न रकम, न हाम्रो कन्फिडेन्स नै हाम्रो लक्ष्य प्राप्तिका मुख्य चुनौति को रूपमा देखापर्ने छ।

सबै टिम मेम्बरलाई म एकचोटि छातिमा हात राखेर संयम भएर सोच्न अनुरोध गर्छु कि, के तेसो भए अाऊने वाला दिन हाम्रालागि त्यति सजिलो छ त?

मेरो भनाई को अासय के हो भने भलै हिजोको दिनहरूमा हुनेगरेको प्राबिधिक चुनौतिहरू अब हाम्रा चुनौति रहेनन् तर यो नभुलौ कि हाम्रासामु अब त्यो भन्दा झन जटिल चुनौतिका पहाड हरू खडा भएका छन्।

अब हामि सानो कम्पनि को हैसियतमै रहेनौ र यस मुलुकको हाम्रो क्षेत्रको सबैभन्दा ठूलो कम्पनि बनिसकेका छौ। बिश्बको ईतिहास हेर्नेहोभने हाम्रो अबस्थाको कम्पनि फेल प्राय: एक कारण बाट मात्र हुन्छ। त्योहो सानो कम्पनि बाट ठुलो कम्पनिमा परिबर्तन हुदाको ट्रान्जिसन को ऊचित ब्यबस्थापन गर्न असफल हुनु। हामि पनि यसको अपबाद हुने छैनौ।

हाम्रो सामु अाज मुख्य ३ बटा चुनौति हरू छन्। पहिलो  कसरि हामिले हिजोको परिबारिक कल्चरको अोल्डफेसन स्टाईलको बिजनेस मोडललाई अन्तराष्ट्रिय बजारमा प्रतिश्पर्धि “क्रस फङ्सनल” मोडलमा लैजाने। त्यसको लागि “म” भन्ने शब्द लाई ब्यबाहार मै “हामि” भन्ने शब्दले रिपलेस गर्नसक्नु हाम्रो पैलो चुनौति हुनेछ। जसलाई ‘टिम अोर्क फर भेलु एेड’ भनिन्छ।

टिम बर्कको पुर्बाधार भनेकै तपाईहाम्रो दिमागमा भएको दक्षता सिस्टममा बिऊल्ट वा केपचर गर्नेहो । लिनको भाषामा यसलाई “बर्क स्ट्यान्डर डाईजेसन” भन्दछ। ताकि टिमका प्रतेक सदस्यलाई के गर्ने भन्ने सिष्टमले गाईड गरोस।
mm

जसले कुनै एकमात्र  सदस्य बिशेषमा कुनैपनि कुरामा भर पर्नुपर्ने अबस्थाबाट कम्पनिलाई मुक्त गर्ने छ। यसको लागि अनिवार्य लागु हुनुपर्ने सर्तहरूको चुरो अाज हामिले मिटिङका क्रममा प्राक्टिस गर्यौ। म अाशा गर्दछु  मैले जस्तै तपाई हरूले पनि यसलाई निकै ऊपलब्धि मुलक पाऊनुभयो होला। सोको सुरूबात सहि मौकामा गरिदिनु भएकोमा म हाम्रो चेयरमेन सापलाई लाई धेरै धेरै धन्यबाद दिन चहान्छु।

3

हाम्रो दोश्रो चुनौति भनेको सक्षम सिस्टम र पुर्बाधार ब्यबस्था हो। जुन लगभग तैयारि अबस्थामै छ। हामिले अाबश्यक सफ्टवोयर, दक्ष जनशक्ति र मेसिनरि अनि सिष्टमको जोहो निकै मेहनत गरि गरेका छौ। अाबश्यकता अनुसार अरू अाबस्यकता हरूको ब्यबस्था पनि जरूर गरिने छ।यि प्राय बास्तबमा मेरो कार्य क्षेत्रका चुनौति अन्तरगत का बिषय बस्तु होलान।

हाम्रो तेस्रो मुख्य चुनौति भनेको ऊपलब्ध जनशक्तिको सहि ऊपयोग हो।मलाई लाग्छ यो बास्तबमै तपाई हरूको अाजको जिम्मेबारि र प्रमुख चुनौति हो।तपाई ऊपयुक्त समय लिनुस र मलाई ब्रिफ गर्नुस कि तपाई कसरि तपाईको टिम बनाऊनुहुन्छ, किसरि ट्रेन गराऊनु हुन्छ । तपाईको लगभग शुन्य ऊपश्थितिमा त्यो टिमलाई सुचारू काम गर्न सक्क्षम हुने गरि तपाई कसरि परिचालन गर्नु हुन्छ? यसको पुर्ण खाका सहितको ऊत्तर मलाई तपाई हरू प्रतेकबाट ढिलोमा जनबरि ईण्ड भित्र चाहिन्छ। हाम्रो अाजको मिटिङ को सार यहि हो। अाई एम डन।

Slide 91

बिऊटिफुल्लि प्लेसड।अाई एम प्राऊड अफ यु गाईज। बोसले बोले । ऊईअार डन फर द डे। सबैको रेगुलर हग अनि होलिअकेजन को र नया बर्ष को ऊईस बाट मिटिङ पुरा भयो।

मेरो लागि भने यो १ दिनको लगभग ५ घण्टाको समयले पुरा युनिभर्सिटिको १० बर्षको शिक्षाभन्दा बढिपाठ पडाएर गएको थियो। त्यो होलि दिनको ठिक ३ बर्ष पछाडि अाज फेरि म सोहि टपिसको मिटिङमा भागलिन जाँदैछु। तर नयाँ अन्दाजमा।तेसका अलबा कम्पनिको ५० गुना सफलता पुर्बक बृद्दिको सेलिब्रेसन समेतको कार्यक्रम रहेकाले अलि भिन्नै खालको एक्साईट मेन्ट कासाथ।

नारायण घिमिरे
टोरण्टो, क्यानडा।

WRITE COMMENTS FOR THIS ARTICLE

YOU MAY ALSO LIKE