मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

बाबुराम दाईको “नयाँ शक्तिको” अष्ट्रेलियामा गठन भयो – क्यानाडा र आमेरिकामा पनि हुदै ।

111

पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रस्तावित नयाँ शक्तिको अष्ट्रेलियामा भेला आयोजक कमिटी निर्माण भएको छ । आइतबार सिड्नीको कोग्रामा आयोजना गरिएको एक प्रारम्भिक भेलाले यस्तो कमिटी बनाएको हो । कमिटीको संयोजकमा विनोद पौडेल चुनिएका छन् । यस्तै अन्य सदस्यहरुमा अरुण तामांग, अस्मित आचार्य, सुरज श्रेष्ठ, दिनेश जिसी, सुनान चौलागाई, अनिल पाण्डे, सुमन खरेल, बाबु गोर्खाली, दिपु न्यौपाने, तिर्थराज कार्की, विकास श्रेष्ठ, सविता भट्टराई रहेका छन् ।

अष्ट्रेलियाम रहेर विभिन्न पेशा व्यवसायमा संलग्न हुनुभएका नेपालीहरु भेलामा सहभागी थिए । यसअघि नेपालमा डा. बाबुरा भट्टराईसँग प्रत्यक्ष अन्तरक्रिया गरेर थालिएको कार्यक्रममा बोल्दै डा. भट्टराईले पारदर्शिता, राजनीतिक ईमान्दारिताका साथ देशलाई सम्बृद्धिमा लैजानका निम्ति नयाँ शक्तिको प्रार्दूभाव भएको बताउनुभयो ।

333

उहाँले नयाँ शक्ति अभियान निर्माणमा करिब तीन लाख सदस्यहरु संस्थापक बन्ने भन्दै यसका लागि देश विदेशमा अहिले अभियान चलिरहेको बताउनुभयो । देशका निम्ति केही गर्नुपर्छ भन्ने सोचका साथ रहेका सबैजना एकै ठाउँमा आउने हो भने यो वैकल्पिक शक्ति निर्माण हुनेछ जसले देशलाई प्रगति र विकासको चरणमा लैजानेछ, उहाँको भनाई थियो ।

भेलाा उपस्थितहरुले डा. बाबुराम भट्टराईलाई पार्टीको आर्थिक श्रोत, पारदर्शीता, संगठन संरचना, जनजाति, दलित, आदिवासी र अन्य समूदायलाई हेर्ने दृष्टिकोण आदिका विषयमा प्रश्न सोधेका थिए । जवाफमा भट्टराईले सैद्धान्तिक स्वरुप तयार भइसकेको र अब विकासको खाकाहरु कोर्नका निम्ति विदेशमा रहेका नेपालीहरुले पनि महत्वपूर्ण योगदान दिने अपेक्षा आफुले गरेको बताउनुभयो ।

222

हामीलाई प्राप्त जानकारी अनुसार क्यानाडा र आमेरिकामा पनि ऊक्त नया शक्ति को गठन को तैयारी भैरहेको छ।

 

WRITE COMMENTS FOR THIS ARTICLE

YOU MAY ALSO LIKE