मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

काँग्रेसको क्रियाशील सदस्यता सूची वेबसाइटमा, कुल सदस्य चार लाख ७० हजार ६५५

abc

काडमाण्डौं । नेपाली काँग्रेसले क्रियाशील सदस्यको नामावली आज आफ्नो वेबसाइटमा राखेको छ । वेबसाइटमा जिल्ला अनुसार नयाँ र पुरानो गरी छुट्याएर नामावली प्रकाशित गरिएको हो

Screen Shot 2016-01-17 at 8.33.19 PM

वेबसाइटमा क्रियाशील सदस्यको क्रियाशील नं नाम, थर, बुबा वा पतिको नाम र थर, लिङ्ग, जिल्ला, निर्वाचन क्षेत्र नंं गाविस वा नगरपालिका वडा नंं र टोलसमेत उल्लेख गरिएको छ ।
तेह्रौँ महाधिवेशनका लागि स्वीकृत कुल क्रियाशील सदस्य सङ्ख्या चार लाख ७० हजार ६५५ जनाको नामावली वेबसाइटमा राखिएको काँग्रेस केन्द्रीय कार्यालयमा सचिव प्रकाश शर्माले जानकारी दिए ।

काँग्रेसको १२औँ महाविधेशनका लागि तीन लाख १३ हजार ८३६ जना क्रियाशील सदस्य रहेका थिए । त्यसमध्ये दुई लाख ५७ हजार ४०२ जनाले नवीकरण गरेका छन् भने १३औँ महाधिवेशनका लागि कुल दुई लाख दुई हजार १७९ जनाको नयाँ क्रियाशील सदस्यता स्वीकृत भएको पनि सचिव शर्माले बताए ।

http://nepalicongress.org/kriyashil-sadasya-2072.php
उनले अघिल्लो महाधिवेशनमा कायम रहेर अहिले नवीकरण नगर्ने क्रियाशील सदस्यको सङ्ख्या ५९ हजार ४६४ रहेको बताए । नेपाली काँग्रेसले पहिलोपटक क्रियाशील सदस्यतासम्बन्धी विवरण वेबसाइटमा राखेको हो । अहिले महाधिवेशनका लागि केन्द्रित गरेर राखिएको र यसलाई विस्तारै थप व्यवस्थित र परिमार्जित गरिँदै लगिने पनि केन्द्रीय कार्यालयका सचिव शर्माले बताए ।

WRITE COMMENTS FOR THIS ARTICLE