मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

माइक्रोबसको ठक्करबाट डुम्रे ठूलढुङ्गामा एकको मृत्यु

tanahu_district

टोरन्टो क्यानाडा ! बन्दीपुर नगरपालिका–४ स्थित ठूलढुङ्गामा माइक्रोबसको ठक्करले एकको मृत्यु भएको छ ।

आँबुखैरनीबाट डुम्रेतर्फ आउँदै गरेको ग १ ख ०२ नम्बरको माइक्रोले विपरीत दिशाबाट जाँदै गरेको ना २५ प ९१३९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलको पछाडि रहेका भरतपुर नगरपालिका–६ चितवनका बद्री खनालको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक सोही ठाउँका पुजन खनालको लक्ष्मी अस्पताल डुम्रेमा उपचार हुन नसकेपछि थप उपचारका लागि काठमाडौँ ल्याईएको प्रहरीले जनाएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

YOU MAY ALSO LIKE