मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

जनसम्पर्क समिति अमेरिकाका सभापति बिस्टद्वारा बिभागहरुमा पूर्णता

Screen Shot 2016-01-20 at 9.44.13 PM

अमेरिका, १९ जनवरी / नेपाली जनसम्पर्क समिति, अमेरिकाका सभापति आनन्द विष्टले केन्द्रीय समितिमा मनोनयन गर्न बाँकी रहेका विभागमा बिभागीय प्रमुखहरु तथा दुई जना केन्द्रीय सदस्यहरूको मनोनयन गरेकाछन ।
जनसंपर्क समितिका केन्द्रीय सभापति विष्टले समितिको रिक्त केन्द्रीय सदस्यहरूमा चन्द्र धिताल (सानफ्रान्सिस्को, क्यालिफोर्निया) र परमानन्द खनाल (लंग आइल्याण्ड, न्यु योर्क) लाई मनोनयन गरेकाछन । विष्टले आज धिताल र खनाललाई जनसम्पर्क समितिको बिद्धमान विधान (नेपाली काँग्रेस, केन्द्रीय समितिद्दारा अनुमोदित) को धारा २१ बमोजिम केन्द्रीय सदस्यमा मनोनयन गरेको सञ्चार एवं प्रचार विभाग प्रमुख गोकुल ढकालद्वारा प्रेषित विज्ञप्तिमा जनाइएकोछ ।
विधानले छ जना केन्द्रीय सदस्य मनोनयन गर्न सक्ने अधिकार सभापतिलाई दिएकोमा समितिका निवर्तमान संयोजक विष्णु सुवेदी र पूर्व सह-संयोजक तथा काँग्रेस महा-समिति सदस्य वेदप्रसाद खरेललाई सदस्यमा मनोनयन गरिसकेकाछन ।
समितिको विधानको दफा २८ को उपदफा A (g) ले प्रत्यायोजन गरेको अधिकार र केन्द्रीय समितिको डिसेम्बर १९ को बैठकको निर्णय अनुसार गठित १३ विभाग मध्ये रिक्त छ विभागहरुमा केन्द्रीय सदस्य मध्येबाट सङ्गठन विभाग वेदप्रसाद खरेल, नीति तथा कार्यक्रम विभाग सुन्दर गुरुङ, प्रशिक्षण विभाग प्रमोद सिटौला, खेलकुद विभाग हरिबोल भण्डारी, सङ्घ, संस्था समन्वय विभाग गोपाल विश्वकर्मा र युवा तथा विद्धार्थी विभागमा रबिन बस्नेतलाई मनोनयन गरेका छन् ।
विभागीय प्रमुखहरुको यो मनोनयनसंगै समितिका सबै १३ विभागहरुले पूर्णता पाएको छ । पहिले नै सचिव भोजराज थोकर प्रमुख रहेको अनुशासन विभाग र कोषाध्यक्ष विजय थुलुङ्ग प्रमुख रहेको आर्थिक विभाग गठन गरेका थिए । गत महिना केन्द्रीय सदस्यहरूबाट सांस्कृतिक विभाग सुवास-लामा, सञ्चार एवं प्रचार विभाग-गोकुल ढकाल, कानुन विभाग-पिताम्वर भुषाल, आदिवासी, जनजाति विभाग-लोक लामा र महिला विभाग-मान्ती शाह प्रमुख रहेको बिभागहरु गठन भैसकेकोछ ।

WRITE COMMENTS FOR THIS ARTICLE

YOU MAY ALSO LIKE