मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

महाधिवेशन २०७२ असोज २, ३, ४ र ५ गते काठमाडौँमा सम्पन्न गर्ने नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकको निर्णय ।

श्रावण १६, २०७२
प्रेस विज्ञप्ति
नेपाली कांग्रेसका सभापति एवं सम्माननीय प्रधानमन्त्री सुशील कोइरालाको अध्यक्षतामा नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक प्रधानमन्त्री निवास, बालुवाटारमा बस्यो । आजको बैठकमा महामन्त्री कृष्णप्रसाद सिटौला, बलबहादुर के.सी., बालकृष्ण खाँण र डा. प्रकाशशरण महतले आफ्नो धारणा राख्नु भएको थियो । आजको बैठकले देहायको निर्णय गरेको छ ।
बैठकको निर्णय
संविधान निर्माणको विशेष परिस्थितिका कारण पार्टीको महाधिवेशनको कार्यतालिका निम्न प्रकार परिमार्जन गरी तोकिएको छ ।
(क) गाउँ, नगर वडा र नगर अधिवेशन २०७२ भाद्र १७ गते सम्पन्न गर्ने ।
(ख) क्षेत्रीय अधिवेशन २०७२ भाद्र २२ गते सम्पन्न गर्ने ।
(ग) जिल्ला अधिवेशन २०७२ भाद्र २५ गते सम्पन्न गर्ने ।
(घ) केन्द्रीय महाधिवेशन २०७२ असोज २, ३, ४ र ५ गते काठमाडौँमा सम्पन्न
गर्ने ।
प्रदीप पराजुली
सचिव

WRITE COMMENTS FOR THIS ARTICLE

YOU MAY ALSO LIKE