मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

बहुसंख्यक कार्यकर्ताको समर्थन प्राप्त पौडेल देउवाभन्दा बलिया : सुशीलले अन्तिममा मैदान छाड्ने निश्चित।

abc

संस्थापन पक्षका नेताद्वय सुशील कोइराला र रामचन्द्र पौडेलवीच कुरा नमिलेपछि नेपाली कांग्रेसको आसन्न १३ औं महाधिबेशनमा त्रिपक्षीय प्रतिस्पर्धा हुने संकेत देखिएको छ । देउवा पक्षबाट फेरि पनि अर्थात तेस्रो पटक शेरबहादुर देउवा नै सभापति पदका लागि मैदानमा उत्रने सुनिश्चित भइसकेको छ । तर संस्थापन पक्षमा भने कोइराला र पौडेलमध्ये कसलाई अघि बढाउने भन्ने विषयमा मतान्तर बढ्दै गएको छ । तर बहुसंख्यक कार्यकर्ताको समर्थन पौडेलले प्राप्त गरेका छन् । प्रधानमन्त्रीको दुई वर्षे कार्यकाल र पार्टी सभापतिको पाँच वर्षे कार्यकालमा सुशील कोइरालासँग  संस्थापन पक्षकै धेरै नेता तथा कार्यकर्ता चिढिएका छन् । धेरैजसोले कोइरालाको साथ छाडिसकेका छन् । पौडेल उम्मेदवार नबनेको अवस्थामा संस्थापन पक्षका असन्तुष्टहरुले सिधै देउवालाई साथ दिने अवस्था छ । यो अवस्थामा देउवाले बिना मिहेनत चुनाव जित्ने अवस्था छ । त्यसैले संस्थापन पक्षभित्रको निकै ठूलो जमात पौडेललाई उम्मेदवार बनाउने अभियानमा लागेको छ । देउवा पक्षका असन्तुष्टहरु समेत कोइरालालाई भन्दा पौडेललाई साथ दिन तयार देखिएका छन् । जसका कारण पौडेलका सहयोगीहरु निकै उत्साहित देखिएका छन् । सुशील कोइरालाले उम्मेदवारी दिए भने पौडेलले मैदान छाड्ने हुन् कि भन्ने अनुमान एकथरि राजनीतिक विश्लेषकहरुको छ । तर पौडेलका समर्थकहरु यो कुरा मान्न तयार छैनन् ।

cde

उनीहरुको दृष्टिकोणमा पार्टी सभापति र प्रधानमन्त्री भएर एउटा उचाई हासिल गरिसकेका नेता कोइराला हार्ने चुनावमा उमेदवार हुने सम्भावना छैन । विगतको तुलनामा आफै अलोकप्रिय भएका कोइराला रामचन्द्र पौडेलसमेत उमेदवार बनेको अवस्थामा मैदानमा जाने सम्भावना कम छ । अर्कोतिर देउवासँग प्रतिस्पर्धाका लागि कोइरालाको तुलनामा यतिबेला पौडेल नै निकै सशक्त देखिएका छन् । देउवालाई जित्नका लागि कोइरालाका तुलनामा पौडेल बलिया उमेदवार हुन् । यसका पछाडि विविध कारणहरु छन् । पहिलो कारण भनेको पौडेलको राजनीतिक पृष्ठभूमि हो । राजनीतिक संघर्षका क्रममा पौडेल १६ वर्ष जेल बसेका छन् भने सुशील २ वर्ष जेल बसेका छन् ।  नेपाली कांग्रेसको नीति तथा सिद्धान्तको व्याख्या गर्दै पौडेलले हालसम्म ७ वटा पुस्तक र हजारौं आर्टिकल लेखेका छन् । तर कोइरालाले पुस्तक त परै जाओस अहिलेसम्म उनको एउटा आर्टिकल पनि प्रकाशित भएको उदाहरण छैन । पौडेल दुईवटा विषयमा स्नातकोत्तर हुन् तर कोइरालाले आइए पास गरेका छैनन् । उमेर र स्वास्थ्यका हिसावले  कोइराला कमजोर छन् तर कोइराला भन्दा १० वर्ष कम उमेरका पौडेललाई दौडधुप गर्न स्वास्थ्यले पनि साथ दिएको छ । यसैगरी कोइराला पार्टी सभापति र प्रधानमन्त्रीका रुपमा परीक्षण भइसकेका छन् ।  परीक्षणका क्रममा उनले खासै प्रोफरमेन्स देखाउन सकेका छैनन् । उनीसँग अधिकांश नेता तथा कार्यकर्ता चिढिएका छन् । तर पौडेलले अहिलेसम्म नेतृत्वका लागि अवशर पाएका छैनन् । उनीसँग नेता तथा कार्याकर्ता चिडिएका पनि छैनन् । पौडेलले आफ्नो धारण तथा पार्टीको सिद्धान्त र विचार लेखेर या बोलेर जनताले बुझ्ने भाषमा प्रस्तुत गर्नसक्छन् । तर यो मामिलामा कोइराला जिरो छन् । अन्य प्रतिस्पर्धी पार्टीका नेताहरुसँग एउटै मञ्चमा उचिएर भाषण गर्नु पर्दा कोइरालाले नेपाली कांग्रेसको इज्जत राख्न सक्दैनन् तर पौडेलले स्पष्ट भाषमा अनेक तर्क  प्रस्तुत गरेर अन्य पार्टीका नेताहरुलाई फितलो बनाइदिन सक्छन् ।  र कांग्रेसको इज्जत बढाउन सक्छन् ।

1

यसैगरी देउवा पक्षमा लागेकाहरुको मत समेत पौडेलले तान्न सक्छन् । स्थापनाकालदेखि नै नेपाली कांग्रेसमा कोइराला परिवार एकातिर र अरु नेताहरु अर्कोतिर गरी राजनीतिक प्रतिस्पर्धा हुँदै आएका छ र यो प्रतिस्पर्धामा पछिल्लो डेढ दशक छाडेर अधिकांश समय देउवाले कोइराला परिवारको काँध थापेका थिए भने पौडेलले मध्यस्थताको भूमिका निर्वाह गर्दै आइरहेका थिए । विकल्प नपाएका कारण देउवासँग लाग्न बाध्य भएको कांग्रेसभित्रको कोइराला परिवारवाद विरुद्धको जमातले पौडेललाई साथ दिने अवस्था छ । किनकी पछिल्लो समयमा कांग्रसभित्र कोइरालाको परिवारवाद मात्रै होइन देउवाको परिवारवाद पनि हावी भएको महशुस कार्यकर्ताले गरेका छन् । श्रीमती आरजुलाई दुई दुई पटक समानुपातिक सभासद बनाएका कारण देउवामा पनि परिवारवादको गन्ध आएको महशुस कार्यकर्ताको छ । यसको फाइदा पनि पौडेलले लिनसक्छन् । देउवा पार्टीभित्र बलियो हुनुको कारण कृष्णप्रसाद भट्टराई पक्षधरहरुको एकलौटी साथ सहयोग हो । तर भट्टराईका वास्तविक राजनीतिक उत्तराधिकारी पौडेल भएका कारण उनी उम्मेदवार बनेको अवस्थामा भट्टराईका अनुयायीहरु पौडेलतिर फर्कने संभावना छ । यसैगरी क्षेत्रीय आधारमा प्राप्त हुने मतका कारण पनि देउवाभन्दा पौडेल बलिया देखिन्छन् ।

2

देउवाको ८० प्रतिशत होल्ड भएको सुदुरपश्चिमाञ्चल विकास क्षेत्रमा जम्मा २ सय ५० मत छन् भने पौडेलको ७० प्रतिशत होल्ड भएको पश्चिमाञ्चल विकास क्षेत्रमा करिव ६ सय मत छन् । बाँकी चारवटा विकास क्षेत्रमध्ये ४ सय मतदाता रहेको मध्यपश्चिमाञ्चलमा देउवा केही बलिया छन् भने १ हजार मतदाता रहेको मध्यमाञ्चल विकास क्षेत्रमा पौडेल केही बलिया छन् । करिव ७ सय मतदाता रहेको पुर्वाञ्चल विकास क्षेत्रमा देउवा र पौडेल दुवैको खासै होल्ड छैन । पुर्वाञ्चलमा कोइराला परिवारकै होल्ड छ । कोइराला परिवारले एक ढिक्का भएर पौडेललाई साथ दियो भने पौडेलले सजिलै चुनाव जित्ने र देउवालाई साथ दियो भने देउवाले सवलै चुनाव जित्ने अवस्था छ । तीन पटक प्रधानमन्त्री भइसकेका देउवाको राजनीतिक उचाइले पौडेललाई छयाँमा पार्ने हो कि ? भन्ने तर्क पनि राजनीतिक विश्लेषकहरुको छ ।   तर तीनै पटक प्रधानमन्त्री हुँदा देउवा विवादमा आएका छन् । प्रधानमन्त्री बन्दा देउवाले भूमिसुधार कार्यक्रम, कमैया मुक्तिदेखि लिएर थुप्रै सुधारका कार्यक्रमहरु गरेका छन् । तर उनले यी सुधारका कामहरुको व्याख्या जनसमक्ष पु-याउन सकेका छैनन् । बरु पौडेलले आफुले कितावमा लेखिसकेका कार्यक्रमहरुलाई देउवामार्फत लगेको भन्दै देशव्यापी प्रशिक्षण कार्यक्रम गरेर आफ्नो पक्षमा माहौल बनाइसकेका छन् ।

Cover Letter

पार्टीभित्रको सच्चा समाजवादी नेता देउवा नभएर पौडेल नै हुन् भन्ने कुरा कार्यकर्तापंक्तिमा स्थापित भइसकेको छ ।   यसैगरी २०५९ सालमा नेपाली कांग्रेस विभाजन हुँदा देउवातिर करिव करिव आधा महाधिबेशन प्रतिनिधि सहभागी भएको निर्वाचन आयोगले नै पुष्टि गरेको थियो । नेपाली कांग्रेस भित्रको आधा हिस्सा लिएर छुट्टै पार्टी गठन गरेका देउवाले त्यो पार्टीलाई चार वर्ष पनि निरन्तरता दिन सकेनन् । चार वर्ष बित्दा नबित्दै उनको पार्टी छिन्नभिन्न भयो । खुमबहादुर खड्कादेखि विजयकुमार गच्छदार, चिरञ्जीवी वाग्लेदेखि बलबहादुर केसी, डा.नारायण खड्कादेखि दीपकुमार उपाध्याय, प्रकाशमान सिंहदेखि डा. मिनेन्द्र रिजालसम्मका सहयोगीहरुले देउवाको साथ छाडे । फुटेको एउटा टुक्राको नेतृत्वसमेत राम्रोसँग गर्न नसक्ने देउवाले सिंगो कांग्रेसको नेतृत्व कसरी गर्न सक्छन् ? भन्ने प्रश्न लिएर पौडेलका समर्थकहरु यतिबेला गाउँ गाउँमा पुगेका छन् । देउवा र पौडेलको उमेर तथा शैक्षिक योग्यता लगभग उस्तै हो । पार्टीको नीति सिद्धान्त र विचारको व्याख्या जनसमक्ष लैजान देउवा भन्दा पौडेल प्रभावशाली  रहेको महशुस धेरै कार्यकर्ताको छ । कम्तिमा पनि बोली बुझिने, लेखेरै भए पनि पार्टीको सिद्धान्त र विचार जनसमक्ष लैजान सक्ने नेता कांग्रेसको सभापति बन्नु पर्छ भन्ने मत सामाजिक सञ्जालमा पनि देखिएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

YOU MAY ALSO LIKE