मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

थाइल्याण्डमा रहेका पूर्वराजा ज्ञानेन्द्र लाई भेट्न प्रचण्ड पनि उतै लागे

पूर्वराजा ज्ञानेन्द्र शाह एक साता देखि थाइल्याण्डमा रहेका बेला प्रमुख सत्तासाझेदार दल एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि थाइल्याण्ड जाँदैछन् । यद्यपी प्रचण्ड को भ्रमणको मूल उदेश्य पूर्व राजा ज्ञानेन्द्र को बहाली सम्बन्धमा हालै बिकसीत अमेरिकी र भारतीय मोडालिटी बारे छलफल गर्नु भए पनि राजा ज्ञानेन्द्र र अध्यक्ष प्रचण्डबीच भेटघाट हुने तथा नहुने दुवै पक्षबाट केही सार्वजनिक गरिएको छैन ।

शुक्रबार थाइल्याण्ड जाने लागेका अध्यक्ष प्रचण्डले बैंककमा उपचाररत पार्टी सचिव वर्षमान पुनको पछिल्लो स्वास्थ्य अवस्थाबारे बुझ्न जाने लागेको बताइएको छ । अध्यक्ष प्रचण्ड शुक्रबार थाइल्याण्ड जान लागेको उनले सामाजिक सञ्जाल ट्वीटर मार्फत जानकारी दिएका छन् ।

Capture

नेपाल एयरलाइन्सको विमानमार्फत शुक्रवार बिहान ११ बजे त्यसतर्फ प्रस्थान गर्न लागेका उनले सचिव पुनको स्वास्थ्यका अवस्थाका बारेमा बैंककस्थित चिकित्सिकहरुसँग छलफल गर्ने र नेपाल ल्याउने विषयमा पनि कुराकानी गर्ने बताइएको छ ।

यसअघि पनि अध्यक्ष प्रचण्ड र सचिव पुनकी पत्नी तथा सभामुख ओनसरी घर्तीसँगै उनको स्वास्थ्यस्थितिबारे जानकारी लिन थाइल्याण्ड गएका थिए। भने अघिल्लो बिहीबार अर्थात माघ ७ गते पूर्वराजा ज्ञानेन्द्र पनि थाइल्याण्ड गएका हुन् । थाइल्याण्डमा रहँदा शाहले राजनीतिक भेटघाट गर्ने बताइएको थियो ।

WRITE COMMENTS FOR THIS ARTICLE

YOU MAY ALSO LIKE