मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

उद्योगपति विनोद चौधरीले पूर्वाञ्चल विश्वविद्यालयको दीक्षान्त समारोहमा गरेको भाषण

उद्योगपति चौधरीले पूर्वाञ्चल विश्वविद्यालयको दीक्षान्त समारोहमा गरेको भाषण – —-काठमाडौंको रैथाने टोलमा एउटा चकचके, निडर र आत्मविश्वासी केटा थियो। ऊ आफूलाई काठमाडौंको रैथाने मान्थ्यो, नेवारी भाषा पनि फररर बोल्ने। तर केही मानिसहरू उसलाई रैथानेको दर्जा दिन हिच्किचाउँथे, कतै आफ्नै भाग खोस्ने हो कि जस्तैगरी। उसका हजुरबुबाले न्युरोडमा एउटा कबल भाडा लिएर कपडा पसल चलाउँथे। बाबुले त्यसलाई डिपार्टमेन्टल स्टोरमा रूपान्तरण गरे, अरुण इम्पोरियम नाममा। बाबु चाहन्थे, छोरो त्यही स्टोरभित्र बसेर हिसाबकिताब दुरुस्त राखोस्। तर छोरो भने डिपार्टमेन्टल स्टोरलाई कसरी देशकै सबैभन्दा प्रख्यात स्टोर बनाउने भन्ने सपना देख्थ्यो। उसले अरुण इम्पोरियमलाई त्यो तहमा पु:याएरै छोड्यो। बाबु चाहन्थे, छोरोले डिपार्टमेन्टल स्टोर धानेर बसोस्, तर छोरो भने डिपार्टमेन्टल स्टोर त छँदैछ नि अब डिस्को खोल्नुपर्छ भन्ने सपना देख्थ्यो र दरबारमार्गतिर दौडिन्थ्यो।आखिर उसले कपर ल्फोर नामको डिस्को खोलेरै छोड्यो। केटोले भर्खर १८ वर्षमा टेकेको थियो, बाबुलाई 'हर्ट अट्याक' ले कमजोर बनायो। उसले पारिवारिक बिजनेसको जिम्मेवारी बोक्नुप:यो। त्यसपछि उसले एकपछि अर्को सपना देख्न थाल्यो। यही विराटनगरमा पशुपति बिस्कुट र महालक्ष्मी मैदा मिललाई उसले व्यावसायिक ढंगले अगाडि बढायो। एक दिन उसले अलि फरक सपना देख्यो, नेपालमा नुडल्स फ्याक्ट्री स्थापना गर्ने। जबकि त्यतिबेला नेपालमा नुडल्सका उपभोक्ता एकदमै कम थिए। उसले वाईवाई नामको नुडल्स फ्याक्ट्री खोलेरै छोड्यो। वाईवाई कति लोकप्रिय बन्दै गयो भने विश्व नुडल्स बजारमा अहिले दुई प्रतिशतको हिस्सा ओगटेको छ। विश्वका ३२ देशमा यसका उपभोक्ता छन्।२०५० सालको दशकमा माओवादी द्वन्द्व उत्कर्षतर्फ लम्किँदै थियो। लगानीकर्ता नेपालमा लगानीको वातावरण समाप्त भयो भन्दै यहाँबाट कुलेलम ठोक्दै थिए। त्यहीबेला केटाले अर्को सपना देख्यो-नेपालमा निजी क्षेत्रबाट अन्तर्राष्ट्रिय स्तरको औद्योगिक ग्राम बनाउन सम्भव छ भन्ने। उद्यमी व्यवसायीका नेताहरू सुरक्षा घेरामा रहेर काठमाडौंका पाँचतारे होटेलमा नेपालमा लगानीको वातावरण समाप्त भयो भन्दै भाषण गरिरहेका हुन्थे, त्यो केटो भने नवलपरासीमा ८० बिघा क्षेत्रफलमा औद्योगिक ग्राम बसाल्न दिनरात खटिइरहेको थियो। माओवादी द्वन्द्व जति चर्किंदै थियो, औद्योगिक ग्राममा पनि एकपछि अर्को उद्योग थपिँदै थिए। आखिरमा त्यो केटोले दक्षिण एसियाको एउटा नमुना औद्योगिक ग्राम निर्माण गर्ने सपना पूरा गरेरै छोड्यो। त्यहाँ अहिले एउटै कम्पाउन्डभित्र व्यवस्थित रूपमा दर्जनभन्दा धेरै उद्योग दिनरात चलिरहेका छन्। अहिले उक्त औद्योगिक ग्रामको स्याटेलाइटहरू पूर्वमा इनरुवा र पश्चिममा बर्दियामा बनाउने सपना कार्यान्वयन भइरहेको छ।एक रात केटाले झनै फरक सपना देख्यो- नेपालमा विदेशी लगानीकर्ता आएर लगानी गर्न हुन्छ भने नेपालीले विदेशमा गएर लगानी गर्न किन हुँदैन? यो सपनाले केटालाई दिनरात पिछा छोडेन। आखिर उसले निर्णय लिएरै छोड्यो- विदेशी लगानीकर्ता नेपालमा आउन हुन्छ भने नेपाली पनि विदेशमा जान हुन्छ। उसले त्यो दिन बुझ्यो- सपनाको कुनै सीमा हुँदैन। त्यसपछि उसले नेपालमा लगानी विस्तार गरी नै रह्यो र विदेशका सम्भावना पछ्याउन थाल्यो। आज उसले अमेरिकाको जोन अफ केनेडी इन्टरनेसनल एअरपोर्टको अगाडि सानदार :याडिसन होटेल चलाइरहेको छ। ताज ग्रुपसँगको सहकार्यमा भारत, माल्दिभ्स, श्रीलंकालगायतका मुलुकमा विश्वविख्यात होटेलमा साझेदारी गरिरहेको छ। होटेल रिसोर्टमा उसले अहिले 'सीजी होटेल्स एन्ड रिसोर्ट' नामक आफ्नै अन्तर्राष्ट्रिय ब्रान्ड स्थापित गरिसकेको छ, जसको एसियादेखि अफ्रिकासम्म विस्तार भइरहेको छ। होटेल एन्ड रिसोर्ट विस्तारका लागि ऊसँग मिसन- २०२० तयार छ, सन् २०२० सम्ममा विश्वमा दुई होटेल स्थापना गर्ने। त्यो मिसन रफ्तारमा कार्यान्वयनमा छ।आज ऊसँग पाँचै महाद्वीपमा फैलिएका एक सय ५६ कम्पनी र विश्वविख्यात ८६ ब्रान्ड छन्। सन् २०१३ को मार्चमा फोब्र्सले घोषणा ग:यो- ऊ अब एक मात्र नेपाली डलर अर्बपति बन्यो। तपाईंहरूले थाहा पाइसक्नुभयो- त्यो केटा मै हुँ, विनोद चौधरी। चौधरी ग्रुपको अध्यक्ष।–तपाईं कति धनी परिवारमा जन्मिनुभयो, गरिब परिवारमा या कति कुलिन परिवारमा जन्मिनुभयो भन्ने कुराको आडम्बरले भविष्य निर्धारण गर्न सम्भव छैन। तपाईंसँग कति सिर्जनशील सोच छ र त्यसलाई कार्यान्वयन गरेरै छोड्ने धैर्य भन्ने कुराले नै तपाईंको भविष्य निर्धारण गर्छ—–३३ वर्षको उमेरसम्म ज्याक माले कम्प्युटर देखेका थिएनन्। तर आज तिनै ज्याक मा इन्टरनेट बिजनेसका वादशाह अलिबाबा ग्रुपका कार्यकारी अध्यक्ष छन् र चीनको दोस्रो धनाढ्य। केही समयअघिको व्यक्तिगत भेटमा ज्याक माले आफ्नो इतिहास बताए- सन् १९९९ मा साथीहरूसँग ६० हजार डलर जम्मा गरेर अलिबाबा स्थापना गरिएको हो। ३३ वर्षमा कम्प्युटर देख्ने व्यक्ति इन्टरनेट बिजनेसको वादशाह बन्न त्यत्तिकै सम्भव भए होला? उनको सपना चानचुने थिएन। त्यो सपना पूरा गर्ने संकल्प पनि त्यत्तिकै दृढ। त्यसैले आज उनी विश्वका सर्वाधिक चर्चितमध्येका एक सफल उद्यमी बनेका छन्। आज तपाईंसँग सम्भावना नै सम्भावनाले भरिएको भविष्य छ। तपाईं सपना देख्नुस् र संकल्प लिनुस्। सफलता तपाईंको दास नबनी सुखै छैन। मलाई लाग्दैन, तपाईंहरूमध्ये कोही ज्याक माको भन्दा खराब पृष्ठभूमिबाट गुज्रिनु भएको होला–तपाईंहरू सामाजिक व्यवसायी (सोसल बिजनेस) बन्ने बाटोमा अग्रसर हुनुपर्छ। यस्तो बिजनेस जहाँ तपाईंले सिर्जनशील व्यावसायिक सोच कार्यान्वयन गरिरहँदा समाज प्रत्यक्ष रूपमा लाभान्वित होस्। यी व्यवसाय विस्तार हुँदै जाऊन्, जसका कारण धेरैभन्दा धेरै नेपाली युवा उद्यमी बन्न सकून्। म अहिले नेपालमा सोसल बिजनेस कार्यान्वयनमा केन्द्रित भइरहेको छु।चौधरी ग्रुपले नोबेल पुरस्कार विजेता प्रो. मोहम्मद युनुसले अगाडि सारेको सोसल बिजनेसको अवधारणालाई नेपाली समाजमा लागू गर्दैछ। –सोसल बिजनेसको उद्देश्य दान दिनु भने कदापि होइन। दान बाँडेर सामाजिक समस्याको समाधान हुन्छ, गरिबीको अन्त्य हुन्छ भन्नेमा मेरो पटक्कै विश्वास छैन। आजको विश्वमा रहेको सम्पूर्ण सम्पत्ति सात अर्ब जनसंख्यालाई दामासाहीको रूपमा बाँड्यो भने विश्वका सबै मानिस धनी हुन्छन्। कोही पनि गरिब हुनु पर्दैन। तर पाँच वर्षपछि ती सबै मानिस गरिब हुनेछन्, जो आज गरिब छन्।तिनै मानिस धनी हुनेछन्, जो आज धनी छन्। किन? आज जति पनि मानिस धनी भएका छन्, कर्मशील भएकै कारण धनी भएका हुन्। जो कर्मशील छैनन्, उनीहरूलाई पैसाको भारी बोकाइदिए पनि एक दिन गरिबीमै झर्छन्। त्यसैले माछा दिएर हैन, माछा मार्ने कला सिकाइदिएर मात्रै गरिबीको अन्त्य गर्न सम्भव छ भन्नेमा मलाई पूरै विश्वास छ। सोसल बिजनेसको उद्देश्य ठीक यही हो–म यहाँ तपाईंहरूलाई १० वटा बुँदामा 'बिजनेस मन्त्र' दिन चाहन्छु, जसलाई मैले मेरो आत्मकथामा विस्तृत रूपमा प्रस्तुत गरेको छु- १. उच्च महत्त्वाकांक्षा, २. संगठन निर्माण, ३. हार नखानुस्, ४. बजार चेत, ५. नकारात्मक सोच्नुको फाइदा, ६. व्यग्रता नेगोसियसनको शत्रु, ७. सफलताले सफलता पछ्याउँछ, ८. खर्च घटाउनुस्, ९. अनुशासन र १०. अपडेट रहनुस्।

Posted by सफल व्यवसाय on Saturday, August 29, 2015

उद्योगपति विनोद चौधरीले पूर्वाञ्चल विश्वविद्यालयको दीक्षान्त समारोहमा गरेको भाषण – —-

 

काठमाडौंको रैथाने टोलमा एउटा चकचके, निडर र आत्मविश्वासी केटा थियो। ऊ आफूलाई काठमाडौंको रैथाने मान्थ्यो, नेवारी भाषा पनि फररर बोल्ने। तर केही मानिसहरू उसलाई रैथानेको दर्जा दिन हिच्किचाउँथे, कतै आफ्नै भाग खोस्ने हो कि जस्तैगरी। उसका हजुरबुबाले न्युरोडमा एउटा कबल भाडा लिएर कपडा पसल चलाउँथे। बाबुले त्यसलाई डिपार्टमेन्टल स्टोरमा रूपान्तरण गरे, अरुण इम्पोरियम नाममा। बाबु चाहन्थे, छोरो त्यही स्टोरभित्र बसेर हिसाबकिताब दुरुस्त राखोस्। तर छोरो भने डिपार्टमेन्टल स्टोरलाई कसरी देशकै सबैभन्दा प्रख्यात स्टोर बनाउने भन्ने सपना देख्थ्यो। उसले अरुण इम्पोरियमलाई त्यो तहमा पु:याएरै छोड्यो। बाबु चाहन्थे, छोरोले डिपार्टमेन्टल स्टोर धानेर बसोस्, तर छोरो भने डिपार्टमेन्टल स्टोर त छँदैछ नि अब डिस्को खोल्नुपर्छ भन्ने सपना देख्थ्यो र दरबारमार्गतिर दौडिन्थ्यो।


आखिर उसले कपर ल्फोर नामको डिस्को खोलेरै छोड्यो। केटोले भर्खर १८ वर्षमा टेकेको थियो, बाबुलाई ‘हर्ट अट्याक’ ले कमजोर बनायो। उसले पारिवारिक बिजनेसको जिम्मेवारी बोक्नुप:यो। त्यसपछि उसले एकपछि अर्को सपना देख्न थाल्यो। यही विराटनगरमा पशुपति बिस्कुट र महालक्ष्मी मैदा मिललाई उसले व्यावसायिक ढंगले अगाडि बढायो। एक दिन उसले अलि फरक सपना देख्यो, नेपालमा नुडल्स फ्याक्ट्री स्थापना गर्ने। जबकि त्यतिबेला नेपालमा नुडल्सका उपभोक्ता एकदमै कम थिए। उसले वाईवाई नामको नुडल्स फ्याक्ट्री खोलेरै छोड्यो। वाईवाई कति लोकप्रिय बन्दै गयो भने विश्व नुडल्स बजारमा अहिले दुई प्रतिशतको हिस्सा ओगटेको छ। विश्वका ३२ देशमा यसका उपभोक्ता छन्।


२०५० सालको दशकमा माओवादी द्वन्द्व उत्कर्षतर्फ लम्किँदै थियो। लगानीकर्ता नेपालमा लगानीको वातावरण समाप्त भयो भन्दै यहाँबाट कुलेलम ठोक्दै थिए। त्यहीबेला केटाले अर्को सपना देख्यो-नेपालमा निजी क्षेत्रबाट अन्तर्राष्ट्रिय स्तरको औद्योगिक ग्राम बनाउन सम्भव छ भन्ने। उद्यमी व्यवसायीका नेताहरू सुरक्षा घेरामा रहेर काठमाडौंका पाँचतारे होटेलमा नेपालमा लगानीको वातावरण समाप्त भयो भन्दै भाषण गरिरहेका हुन्थे, त्यो केटो भने नवलपरासीमा ८० बिघा क्षेत्रफलमा औद्योगिक ग्राम बसाल्न दिनरात खटिइरहेको थियो। माओवादी द्वन्द्व जति चर्किंदै थियो, औद्योगिक ग्राममा पनि एकपछि अर्को उद्योग थपिँदै थिए। आखिरमा त्यो केटोले दक्षिण एसियाको एउटा नमुना औद्योगिक ग्राम निर्माण गर्ने सपना पूरा गरेरै छोड्यो। त्यहाँ अहिले एउटै कम्पाउन्डभित्र व्यवस्थित रूपमा दर्जनभन्दा धेरै उद्योग दिनरात चलिरहेका छन्। अहिले उक्त औद्योगिक ग्रामको स्याटेलाइटहरू पूर्वमा इनरुवा र पश्चिममा बर्दियामा बनाउने सपना कार्यान्वयन भइरहेको छ।


एक रात केटाले झनै फरक सपना देख्यो- नेपालमा विदेशी लगानीकर्ता आएर लगानी गर्न हुन्छ भने नेपालीले विदेशमा गएर लगानी गर्न किन हुँदैन? यो सपनाले केटालाई दिनरात पिछा छोडेन। आखिर उसले निर्णय लिएरै छोड्यो- विदेशी लगानीकर्ता नेपालमा आउन हुन्छ भने नेपाली पनि विदेशमा जान हुन्छ। उसले त्यो दिन बुझ्यो- सपनाको कुनै सीमा हुँदैन। त्यसपछि उसले नेपालमा लगानी विस्तार गरी नै रह्यो र विदेशका सम्भावना पछ्याउन थाल्यो। आज उसले अमेरिकाको जोन अफ केनेडी इन्टरनेसनल एअरपोर्टको अगाडि सानदार :याडिसन होटेल चलाइरहेको छ। ताज ग्रुपसँगको सहकार्यमा भारत, माल्दिभ्स, श्रीलंकालगायतका मुलुकमा विश्वविख्यात होटेलमा साझेदारी गरिरहेको छ। होटेल रिसोर्टमा उसले अहिले ‘सीजी होटेल्स एन्ड रिसोर्ट’ नामक आफ्नै अन्तर्राष्ट्रिय ब्रान्ड स्थापित गरिसकेको छ, जसको एसियादेखि अफ्रिकासम्म विस्तार भइरहेको छ। होटेल एन्ड रिसोर्ट विस्तारका लागि ऊसँग मिसन- २०२० तयार छ, सन् २०२० सम्ममा विश्वमा दुई होटेल स्थापना गर्ने। त्यो मिसन रफ्तारमा कार्यान्वयनमा छ।


आज ऊसँग पाँचै महाद्वीपमा फैलिएका एक सय ५६ कम्पनी र विश्वविख्यात ८६ ब्रान्ड छन्। सन् २०१३ को मार्चमा फोब्र्सले घोषणा ग:यो- ऊ अब एक मात्र नेपाली डलर अर्बपति बन्यो। तपाईंहरूले थाहा पाइसक्नुभयो- त्यो केटा मै हुँ, विनोद चौधरी। चौधरी ग्रुपको अध्यक्ष।

–तपाईं कति धनी परिवारमा जन्मिनुभयो, गरिब परिवारमा या कति कुलिन परिवारमा जन्मिनुभयो भन्ने कुराको आडम्बरले भविष्य निर्धारण गर्न सम्भव छैन। तपाईंसँग कति सिर्जनशील सोच छ र त्यसलाई कार्यान्वयन गरेरै छोड्ने धैर्य भन्ने कुराले नै तपाईंको भविष्य निर्धारण गर्छ


—–३३ वर्षको उमेरसम्म ज्याक माले कम्प्युटर देखेका थिएनन्। तर आज तिनै ज्याक मा इन्टरनेट बिजनेसका वादशाह अलिबाबा ग्रुपका कार्यकारी अध्यक्ष छन् र चीनको दोस्रो धनाढ्य। केही समयअघिको व्यक्तिगत भेटमा ज्याक माले आफ्नो इतिहास बताए- सन् १९९९ मा साथीहरूसँग ६० हजार डलर जम्मा गरेर अलिबाबा स्थापना गरिएको हो। ३३ वर्षमा कम्प्युटर देख्ने व्यक्ति इन्टरनेट बिजनेसको वादशाह बन्न त्यत्तिकै सम्भव भए होला? उनको सपना चानचुने थिएन। त्यो सपना पूरा गर्ने संकल्प पनि त्यत्तिकै दृढ। त्यसैले आज उनी विश्वका सर्वाधिक चर्चितमध्येका एक सफल उद्यमी बनेका छन्। आज तपाईंसँग सम्भावना नै सम्भावनाले भरिएको भविष्य छ। तपाईं सपना देख्नुस् र संकल्प लिनुस्। सफलता तपाईंको दास नबनी सुखै छैन। मलाई लाग्दैन, तपाईंहरूमध्ये कोही ज्याक माको भन्दा खराब पृष्ठभूमिबाट गुज्रिनु भएको होला


–तपाईंहरू सामाजिक व्यवसायी (सोसल बिजनेस) बन्ने बाटोमा अग्रसर हुनुपर्छ। यस्तो बिजनेस जहाँ तपाईंले सिर्जनशील व्यावसायिक सोच कार्यान्वयन गरिरहँदा समाज प्रत्यक्ष रूपमा लाभान्वित होस्। यी व्यवसाय विस्तार हुँदै जाऊन्, जसका कारण धेरैभन्दा धेरै नेपाली युवा उद्यमी बन्न सकून्। म अहिले नेपालमा सोसल बिजनेस कार्यान्वयनमा केन्द्रित भइरहेको छु।


चौधरी ग्रुपले नोबेल पुरस्कार विजेता प्रो. मोहम्मद युनुसले अगाडि सारेको सोसल बिजनेसको अवधारणालाई नेपाली समाजमा लागू गर्दैछ।


–सोसल बिजनेसको उद्देश्य दान दिनु भने कदापि होइन। दान बाँडेर सामाजिक समस्याको समाधान हुन्छ, गरिबीको अन्त्य हुन्छ भन्नेमा मेरो पटक्कै विश्वास छैन। आजको विश्वमा रहेको सम्पूर्ण सम्पत्ति सात अर्ब जनसंख्यालाई दामासाहीको रूपमा बाँड्यो भने विश्वका सबै मानिस धनी हुन्छन्। कोही पनि गरिब हुनु पर्दैन। तर पाँच वर्षपछि ती सबै मानिस गरिब हुनेछन्, जो आज गरिब छन्।


तिनै मानिस धनी हुनेछन्, जो आज धनी छन्। किन? आज जति पनि मानिस धनी भएका छन्, कर्मशील भएकै कारण धनी भएका हुन्। जो कर्मशील छैनन्, उनीहरूलाई पैसाको भारी बोकाइदिए पनि एक दिन गरिबीमै झर्छन्। त्यसैले माछा दिएर हैन, माछा मार्ने कला सिकाइदिएर मात्रै गरिबीको अन्त्य गर्न सम्भव छ भन्नेमा मलाई पूरै विश्वास छ। सोसल बिजनेसको उद्देश्य ठीक यही हो


–म यहाँ तपाईंहरूलाई १० वटा बुँदामा ‘बिजनेस मन्त्र’ दिन चाहन्छु, जसलाई मैले मेरो आत्मकथामा विस्तृत रूपमा प्रस्तुत गरेको छु-

१. उच्च महत्त्वाकांक्षा,

२. संगठन निर्माण,

३. हार नखानुस्,

४. बजार चेत,

५. नकारात्मक सोच्नुको फाइदा,

६. व्यग्रता नेगोसियसनको शत्रु,

७. सफलताले सफलता पछ्याउँछ,

८. खर्च घटाउनुस्,

९. अनुशासन र

१०. अपडेट रहनुस्।

WRITE COMMENTS FOR THIS ARTICLE

YOU MAY ALSO LIKE