मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

बरिस्ठ पत्रकार किशोर पन्थीका सरल तर भावपूर्ण जिज्ञाशाहरुमा प्रोफेसर डाक्टर तुल्सी धरेलले के भने?

बरिस्ठ पत्रकार किशोर पन्थीका सरल तर भावपूर्ण जिज्ञाशा हरु ” नेपालमा राम्रो पैसा कमाइरहेका र सजिलै खान पुग्नेहरु पनि विदेशिने कारण के हो ? नेपाली आप्रवासीले कस्ता संघर्ष गर्नुपर्छ क्यानडामा ? जीवनबाट के सिक्नुभयो अहिलेसम्म ? र अन्य धेरै प्रश्नहरुमा  डाक्टर धरेलले के भने तपाई पनि हेर्ने कि?

अमेरिकी सरकारको वैदेशिक संचारकेन्द्रबाट पहिलो पटक नेपालको विदेशी पत्रकारका रुपमा मान्यता पाएका पत्रकार किशोर पन्थी अमेरिकामा अति सम्मानित पत्रकार मानिन्छन् । सन् २०१२ देखि ह्वाइटहिमाल साप्ताहिकका रूपमा किशोर पन्थीको सम्पादनमा सुरु भएको पत्रिका अहिले खसोखास साप्ताहिकका रूपमा तेस्रो वर्षमा सञ्चालन भइरहेको छ । यो अहिले अमेरिकामा चालु अवस्थामा रहेका पत्रिकाहरुमध्येको पहिलो साप्ताहिक पत्रिका हो । जसका प्रधानसम्पादक किशोर पन्थी अमेरिकाको न्युयोर्कमा क्रियासील नेपाली समुदायका खोज पत्रकारिताका  हस्ती मानिन्छन।

अमेरिकामा बसेर नेपाली समुदाय र नेपालको विषयमा खोजमुलक समाचार लेखने बरिस्ठ पत्रकार किशोर पन्थी हाल न्युयोर्कमा रहेर खोज पत्रकारितामा क्रियासील छन् । यी खोज पत्रकारितामा निपुर्ण पत्रकार पन्थी आफ्नो हालैको क्यानाडाको छोटो भ्रमणमा हतपत जोकोइले भेट्न नसक्ने क्यानाडाका चर्चित र कर्मजीबी प्रोफेसर डाक्टर तुल्सी धरेल संग भाला कुसारी गरेका रहेछन।बरिस्ठ पत्रकार किशोर पन्थी कै भाषामा ” डेढ दशक भन्दा लामो समयदेखि क्यानडामा रहनुभएका नेपाली प्राध्यापक डाक्टर तुल्सी धरेल (Tulsi Dharel) लाई मैले सोधें – ‘नेपालको के कुरा मिस हुन्छ ?’ उहाँले भावुक हुँदै भन्नुभयो -‘विवाह भएको चेलीले घर र माइतीलाई माया गरेजस्तै मैले दुईवटा हातमा दुईवटा देश बोकेर हिंडेको छु, नेपाल र क्यानडा ।’ एबीसी टेलिभिजनमा प्रशारित आजको कार्यक्रम टक अफ द टाउन मा हामीले क्यानडा निवासी बौद्धिक व्यक्तित्व धरेलजीसँगको कुराकानी प्रशारण गर्ने निधो गरेकाछौ ।”

WRITE COMMENTS FOR THIS ARTICLE

YOU MAY ALSO LIKE