मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

विप्लवले हतियार खरिद गर्न खोजेपछि चिनियाँ कम्युनिष्ट पार्टीले एमाओवादीलाई सोध्यो – हतियार चाहिएको हो ?

4

काठमाडौं, माघ १८ – ‘१० वर्षे जनयुद्धले उठान गरेको लक्ष्य र उद्देश्य अझै पूरा नभएको’ भन्दै सशस्त्र संघर्षको तयारीमा रहेको विप्लव नेतृत्वको माओवादी त्यसका लागि आवश्यक हतियार व्यवस्थापनमा जुटेको खबर छ । राजधानी छाडेर यसका केन्द्रीय तहका नेताहरु सशस्त्र संघर्षको तयारीमा जुटिरहेका बेला विप्लव माओवादीले हतियार खरिदका लागि सक्रियता बढाएको छ ।

3

स्रोतका अनुसार विप्लव माओवादीले सशस्त्र संघर्षका लागि आवश्यक पर्ने हतियार चीनबाट खरिद गर्ने योजना अघि बढाएको छ । त्यसका लागि उसले एक चिनियाँ व्यापारीसँग हतियार खरिद सम्झौता नै गर्न लागेको र अन्तिममा सूचना लिक भएपछि रोकिएको दाबी स्रोतको छ । स्रोतका अनुसार विप्लव माओवादीले एक चिनियाँ व्यापारीमार्फत हतियार खरिद गर्न खोजेको कुरा चिनियाँ सरकार र कम्युनिष्ट पार्टी समक्ष पुगेपछि रोकिएको हो । ‘विप्लव माओवादीले सशस्त्र संघर्षका लागि चिनियाँ व्यापारीसँग हतियार खरिद सम्झौता गर्नै लागेको थियो,’ स्रोतले अखबार दैनिकलाई भन्यो, ‘तर, अन्तिममा चिनियाँ सरकार र त्यहाँको कम्युनिष्ट पार्टीकोमा यो सूचना पुगेपछि तत्कालका लागि यो रोकिएको छ ।’

1

स्रोतका अनुसार विप्लव माओवादीले चिनियाँ व्यापारीसँग हतियार खरिद गर्न लागेको सूचना लिक भएपछि चीनले यसमा गम्भीर चासो प्रकट गरेको छ । चीनले हतियार खरिदबारे गम्भीर चासो राख्दै एमओवादीसँग यसबारे सोधेको छ । भर्खरै संविधानसभामार्फत संविधान जारी गरेको नेपालमा हतियार आवश्यक छ या छैन भन्नेबारे उसले एमाओवादीसँग प्रस्ट भाषामा सोधेको एमाओवादीको एक केन्द्रीय नेताले गोपनियता राखिदिने सर्तमा अखबार दैनिकलाई बताए । ‘विप्लवले हतियार खरिदको लागि चिनियाँ व्यापारीसँग सम्झौताको अन्तिम तयारी गरेको खबर सार्वजनिक भएपछि चीनले यसबारे एमाओवादीसँग सोधेको छ,’ एमाओवादीका ती नेताले अगाडि भने, ‘उसले भर्खरै नयाँ संविधान जारी भएको मुलुकमा सशस्त्र संघर्ष गर्नुपर्ने अवस्था छ र ? भन्ने प्रश्न एमाओवादीसँग सोधेको छ ।’ एमाओवादीले भने चीनको यस्तो प्रश्नको जवाफ दिइनसकेको ती नेताले बताए ।

0

 

स्रोतका अनुसार सशस्त्र संघर्षको कुरा गर्दै आएको विप्लवको कुरालाई त्यतिधेरै गम्भीरतापूर्वक नलिएको एमाओवादीले हतियार खरिदका लागि विप्लवले प्रक्रिया नै अघि बढाएपछि भने यसलाई गम्भीर रुपमा लिएको छ । स्रोतका अनुसार एमाओवादीमा अहिले विप्लव माओवादीलाई कसरी हेर्ने भन्नेबारे बहस नै सुरु भएको छ । ‘विप्लवको हतियार खरिदबारे चिनियाँ पक्षले जानकारी माग गरेपछि अहिले एमाओवादीमा विप्लवको पार्टीलाई हेर्ने विषयमा बहस सुरु भएको छ,’ एमाओवादी स्रोतले भन्यो, ‘यसबारे पार्टीभित्र विभिन्न खाले मत देखापरेका छन् ।’

एकीकृत नेकपा माओवादीबाट अलग भएको तीन वर्ष नपुग्दै मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीसँग सम्बन्ध विच्छेद गरेर विप्लव नेतृत्वको समूहले ०७१ मंसिर ९ गते अलग पार्टी गठन गरेको थियो । विप्लवले त्यतिबेला पार्टीको केन्द्रीय समितिको विस्तारित बैठकमा औपचारिक पत्र पठाएर पार्टीसँग सम्बन्धविच्छेदको घोषणा गरेका थिए ।

5

WRITE COMMENTS FOR THIS ARTICLE

YOU MAY ALSO LIKE