मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

जनसम्पर्क समिति, अमेरिकाबाट कांग्रेसको महाधिवेशन प्रतिनिधि छनौटका लागि ५ सदस्यीय समिती गठन

Screen Shot 2016-01-20 at 9.40.16 PM

नेपाली कांग्रेसको सबैभन्दा ठुलो प्रवासी संगठन नेपाली जनसंपर्क समिती, अमेरिकाबाट को-को महाधिवेशन प्रतिनिधि चयन हुने भन्ने कौतुहलताका विच लगनशिल, कर्तब्यनिश्ठ र कर्मशील महाधिवेशन प्रतिनिधि छनौटका लागि केन्द्रिय सभापति आनन्द बिष्टले शक्तिशाली ‘महाधिवेशन प्रतिनिधि छनौट समिति’ को गठन गर्नुभएको छ ।

Screen Shot 2016-02-07 at 3.27.26 PM

अमेरिकाबाट मातृपार्टी नेपाली कांग्रेसको आसन्न १३ औँ महाधिवेशनमा प्रतिनिधित्वका लागि समितिको विधानको धारा २३ को (एफ) अनुसार केन्द्रीय सभापति श्री आनन्द विष्टले निम्न बमोजिम पाँच सदस्यीय सिफारिश समिति गठन गर्नु भएको छ । समितिले जनसम्पर्क समितिका सम्बन्धित सरोकारवाला पक्षसँग परामर्श गरी केही दिनभित्रै महाधिवेशन प्रतिनिधिहरुको चयन गर्नेछ ।

तपसिल:

१. संयोजक : श्री आनन्द विष्ट (सभापति, नेपाली जनसम्पर्क समिति, अमेरिका)
२. सदस्य: श्री विष्णु सुवेदी (निवर्तमान संयोजक, नेपाली जनसम्पर्क समिति अधिवेशन तयारी समिति, अमेरिका एवं वर्तमान केन्द्रीय सदस्य )
३. सदस्य: श्री केशव बराल (केन्द्रीय उप-सभापति, नेपाली जनसम्पर्क समिति, अमेरिका)
४. सदस्य: श्री मुकुन्द ढुंगाना (सल्लाहकार, नेपाली जनसम्पर्क समिति, अमेरिका)
५. सदस्य : श्री हरिनारायण सापकोटा (सल्लाहकार, नेपाली जनसम्पर्क समिति, अमेरिका)

Screen Shot 2016-02-07 at 3.28.13 PM

WRITE COMMENTS FOR THIS ARTICLE

YOU MAY ALSO LIKE