मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

अमेरिकामा छिडीमा जिउने नेपालीले घर यसरि किन्छन : विजय थापा ,वाशिंगटन डिसी

Screen Shot 2016-02-07 at 8.12.30 PM

अमेरिकामा आउने नेपाली प्रारम्भिक चरणमा सुकुम्बासी जस्तै हुन्छन l कहाँ बस्ने र कस्कोमा बस्ने कुरामा बढो दुबिधामा पर्दछन l अमेरिकामा आउने निश्चित भए पछि मानिसलाई बसोबासका कुराले निकै सताउदछ l प्रारम्भिक चरणमा सुकुम्बासी जीवन जिउन बाध्य भएका नेपालीले भाग्य तथा कडा मेहनत गरे पछि हुकुम्बासी हुने अवसर पाउदछन l
अमेरिकन जीवन चक्र नै यसरि चल्दछ l अमेरिका स्थाई रुपमा बस्न आएका अधिकांस नेपालीले दुई वटा संदूक लिएर आउदछन l केवल दुई वटा बाकस लिएर आएका नेपालीले मेहनत र कडा परिश्रम गरे पछि २- ५ बर्ष सम्म बिभिन्न प्रकारका घर किन्न सफल हुन्छन l किनभने अमेरिका आएका नेपाली डलर कमाउन र सपरिवार बसोबास गर्ने मानसिकता बोकेर आएका हुन्छन l
नेपालमा अमेरिकन दुताबासले प्रवेश आज्ञा दिना साथ मानिसको दिमागले काम गर्न छाड्छ l किनभने अनगिन्ती कल्पनामा मनमा खेल्दछ l अमेरिकामा अधिकांस नेपालीका आफन्त ,परिवार ,साथीभाई तथा ईस्ट मित्र आएकै हुन्छन l कसै कसको कोहि पनि हुदैनन त्यो अपबाद हुन्छ l अमेरिका उत्रिने बित्तिकै आफ्ना आमाबुवा तथा मामाले घर बनाएर फलाना कहिले आउछ भनि घर किनेर राखी दिएका हुदैनन l
अमेरिकामा सबै भन्दा ठुलो चटारो बासको हुन्छ l अन्य चिजको तुलनामा बसोबास निकै महँगो पर्छ l कमाउने बाटो भएता पनि खर्चिने बाटोको ढोका ठुलो हुने हुनाले अमेरिकन बसाई चर्को हुन्छ l प्रारम्भिक अवस्थामा मानिस छाप्रोको खोजिमा हुन्छ l टाउको लुकाउने खोजीमा भौतारिने हुँदा स-शुल्क बास दिने नेपाली समुदाय भेटिन्छन l किनभने महँगो अमेरिकन जीवन शैलीको कारण घर बहाल लगाएर खाने नेपाली प्रसस्त हुन्छन l यसरि अमेरिका आएका नव आगन्तुकले अर्काको घरमा अर्काको खटनमा अस्थाई हिस्सामा जिउने गर्छन l
अमेरिका आएका नेपालीले प्रारम्भिक चरणमा बस्न र आराम मात्र गर्न पाए ठुलो भाग्य हुने हुनाले घर मालिकले जहाँ र जे जस्तो व्यवस्था गरि दिन्छ त्यसरी नै बस्नु पर्ने बाध्यता हुन्छ l जति सुकै जान्ने भएता पनि अमेरिकामा अलिअलि बुझ्न कम्तिमा पनि मानिसलाई २ बर्ष लाग्दछ l संस्कृतमा बेसमेन्टलाई अधोगृह तथा नेपालीमा छिडी भानिन्छ l अमेरिका आएका जुनै सुकै पेसाका मानिस पहिले जमिन मुनिको कोठा ,छिडी ,बैठक कोठा,अतिथि कक्ष ,भण्डारण ,भर्यांग मुनि ,भोजन कक्ष तथा कुनै पनि कक्षमा खाट या गद्धामा राखेर पनि अमेरिकन जीवनको आनन्द लिन्छन l चाईचुई बोल्न पाइदैन किनभने आफ्नो ससुराली तथा मामाले जुवाई या भान्जा /भान्जी आउनु भो भनेर घर ठड्याई दिएका हुदैनन् l
अमेरिकामा संझौता गर्ने मानिस उभो लाग्छ त्यो नर्गने मानिस उधो गुल्टुंग खान्छ l जसले यस्तो कुरामा समायोजन (एड जस्ट)गर्न सक्दछ उसले छिट्टै सुकुम्बासीको जीवनबाट मुक्ति पाउदछ l कालचक्र संगै हुकुम्बासीमा रुपान्तरित हुन्छन l अमेरिकामा आएका नेपालीले सिधै बिशाल ,महल तथा ठुला पौडी पोखरी भएका घर किन्दैनन l छिडी ,बैठक कोठा,अतिथि कक्ष ,भण्डारण ,भर्यांग मुनि ,भोजन कक्षमा केहि समय बिताए पछि ब्यबसायिक रुपमा खोलिएका भाडामा बहालमा पन्छीले गुण सारे जस्तै सार्दछन l
त्यस पछि जागिर र भाग्यले साथ दिए नगर घर ( टाउन हाउस ) किन्दछन l त्यस पछि चन्द्रमा दाहिने हुँदै जाँदा एकल घर (सिंगल हाउस ) किन्दछन l अनि अझ सपना देख्ने र कमाई राम्रो हुदै जाँदा बिशाल घर तथा पौडी पोखरी भएका जस्ता घर पनि नेपालीले किन्ने गर्दछन l अमेरिका आउने बित्तिकै पौडी पोखरी सहितका जस्ता घर किन्न सक्दैनन् l ठुलो घर किन्न समस्या हैन तर अमेरिकामा जागिर र भुमरीको भर नहुने हुनाले नेपालीहरु निकै सतर्क तथा साबधान हुन्छन l
यसरि अमेरिका भासिएका नेपालीले अहोरात्र मेहनत गर्दै अन्तत्वगत्वा छिडीमा जिउन बाध्य नेपालीले घर यसरि किन्छन l अमेरिकाको जीवन यसरि नै निरन्तर चलि रहेको छ l यी सबै सपना हासिल गर्न केवल धैर्यताको आवस्यक पर्दछ l अधिकांस नेपालीले यसरि नै घर ठड्याएका छन् l

WRITE COMMENTS FOR THIS ARTICLE

YOU MAY ALSO LIKE