मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

क्यानडाका उद्यमी नेपालमा लगानी गर्न उत्सुक : भित्रिएला त क्यानडाको लगानी ?

Capture

काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्स र भि.ए. एन्जेल्स क्यानडाका प्रतिनिधिबीच शुक्रबार नेपालमा क्यानडाको लगानी अभिवृद्धि गर्ने सम्बन्धमा छलफल भएको छ ।    नेपाल चेम्बर अफ कमर्समा भएको छलफलमा भि.ए. एन्जेल्सका संस्थापक आर. स्टेवार्ट थम्पसनले क्यानडाको निजीक्षेत्र नेपालमा जलविद्युत, पर्यटन, कृषि, खनिज तथा खनिजजन्य उद्योग गार्मेन्ट लगायत हस्तकला उद्योगमा नेपाली लगानीकर्तासंग मिलेर लगानी गर्न उत्सुक रहेको बताए ।   

1

सो क्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले नेपालमा विशाल जनसंख्या र अर्थतन्त्र भएका दुई छिमेकी राष्ट्र चीन र भारतको बीचमा रहेकोले नेपालमा लगानीका प्रशस्त सम्भावना रहेका जानकारी दिए । उनले नेपालमा लगानी गर्ने उपयुक्त समय रहेको बताउँदैे नेपाल चेम्वर अफ कमर्स लगानी प्रवद्र्धनका लागि सहजीकरण गर्न तयार रहेको र क्यानेडेली लगानी प्रवद्र्धन गर्न आफू आतुर रहेको बताए ।

2

आगामी अगष्टमा भि.ए. एन्जेल्स समूहका लगानीकर्ता नेपाल आउने र सोही समय नेपाल चेम्बर अफ कमर्स र भि.ए. एन्जेल्स समूहबीच लगानी तथा व्यापार अभिवृद्धि गर्ने बिषयमा समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको चेम्बर अफ कमर्सले जनाएको छ ।

VA Angels International Program goes to Nepal

FEBRUARY 3, 2016 : Fantastic day for our international Angel program in Kathmandu, Nepal as we launch an initiative with the Nepal Chamber of Commerce.

444 ens 444

WRITE COMMENTS FOR THIS ARTICLE