मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

सुशिलको आत्मा केन्द्रित र अबसरबादी चरित्रका कारण हस्तीहरू देउवातिर, कोइराला लाई तिरस्कार गर्दै छाड्दै

Screen Shot 2016-02-07 at 3.28.13 PM

काठमाडौं । गत १२ औं महाधिवेशनमा प्राप्त ४५ प्रतिशत मतलाई सुरक्षित राख्दै त्यसमा कम्तीमा २० प्रतिशत थप्ने वरिष्ठ नेता देउवाको अभियान सफलपनि हुन सक्ने देखिएको छ । सुशिल कोइरालाको आत्मा केन्द्रित र अबसरबादी चरित्रका कारण कोइराला पक्षमा हस्तीहरू  कोइराला लाई तिरस्कार गर्दै छाड्दै देउवा  पक्षको उम्मेदवार बन्न येस्तो परिस्थिति बनेको हो ।  देउवा पक्षका प्रभावशाली नेताहरू विमलेन्द्र निधि, खुमबहादुर खड्का, गोपालमान श्रेष्ठ, बालकृष्ण खाँण, डा.प्रकाशशरण महत, पूर्णबहादुर खड्का, महेन्द्र यादव, अजय चौरासिया, डा.डिला संग्रौला, पुष्पा भुसाल, ईश्वरी न्यौपाने, डिना उपाध्याय, रमेश लेखक, मिन विश्वकर्मा, भीष्मराज आङ्दम्बे, चित्रलेखा यादव अहोरात्र खटिएका कारण पनि महाधिशेन प्रतिनिधि चयनमा यस्तो सफलता मिलेको हो ।

1

खुमबहादुर खड्काको प्रभाव दाङ, बाँके, बर्दिया, सल्यानमा राम्रो देखिएको छ । गत महाधिवेशनमा कोइराला पक्षलाई चुनाव जिताउन हस्तीको भूमिका निर्वाह गरेका करिब दुई दर्जन प्रभावशाली नेताहरू क्षेत्रीय अधिवेशनअघि नै देउवा पक्षमा खुलेका थिए । यसको नतिजा क्षेत्रीय अधिवेशनमा निकै राम्रो देखियो । उदाहरणका लागि गुल्मी, पाल्पा, अर्घाखाँची, प्युठानलगायतका क्षेत्रमा त्यसको प्रभाव देखियो । केन्द्रीय सदस्य मानबहादुर विश्वकर्मा, चन्द्र भण्डारीले यी जिल्लामा देउवाको पक्षमा निकै राम्रो माहोल ल्याएको देखियो ।

अर्जुननरसिंह केसीले कोइराला पक्ष छाडेको प्रभाव नुवाकोटमा देउवाको पक्षमा निकै राम्रो देखियो । प्रभावशाली युवा केन्द्रीय सदस्य चन्द्र भण्डारी कोइराला पक्ष छाडेर देउवा पक्षमा लाग्दाको प्रभाव देशव्यापी देखियो । त्यसैगरी, विगत महाधिवेशनमा निकै कमजोर रहेको गण्डकी अञ्चलमा पूर्वसभामुख तारानाथ रानाभाट, नेता चिरञ्जीवी वाग्ले, शुक्रराज शर्मा, महादेव गुरुङले यसपटक देउवाको पक्षमा निकै ठूलो माहोल ल्याइदिएका छन् ।

तर कोइराला पक्ष छाडे पनि गोविन्दराज जोशी भने देउवाको पक्षमा खुलिसकेका छैनन् । जोशी समूहका प्रभावशाली नेताहरूमध्ये केबी गुरुङ, लक्ष्मणप्रसाद घिमिरे र विनयध्वज चन्दले भने  देउवाको पक्षमा निकै ठूलो कसरत गरिरहेका छन् । गत महाधिवेशनमा ८० प्रतिशत मात्रै वर्चश्व रहेको सुदूरपश्चिममा यसपटक देउवाको ९० प्रतिशत वर्चश्व देखिएको छ । यो वचश्र्व वृद्धिमा पुष्करनाथ ओझा र विनयध्वज चन्दको निकै ठूलो योगदान छ ।

2

गत महाधिवेशनमा ओझा र चन्द संस्थापन पक्षमा थिए । यसैगरी, पूर्वी पहाडी क्षेत्रमा पनि शिव बस्नेतले देउवाको पक्षमा राम्र्रै माहोल ल्याएका छन् । गत अधिवेशनमा उनी संस्थापन पक्षमा थिए । झापामा देउवा पक्षले अग्रता हासिल गर्नुमा विश्वप्रकाश शर्मा र केशवकुमार बुढाथोकीको महमहत्वोपुर्ण योगदान छ । गत महाधिवेशनमा यी दुवैजना कोइराला पक्षमा थिए । लमजुङमा पनि डा.टकराज गुरुङ संस्थापन पक्ष छाडेर देउवा पक्षमा लाग्दाको परिणाम सुशिल कोइरालाका लागि  निकै लज्जास्पद बनेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

YOU MAY ALSO LIKE