मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

बाबुराम दाईको नयाँ शक्ति कोरियामा पनि गठन भयो : दाई अलि कामभन्दा हल्ला बढी गर्ने पाराका भए

Capture

कोरिया,माघ २९ – बाबुराम भट्टराई नेत्तृत्वको नयाँ शक्ति नेपाल अब  कोरियामा पनि गठन भएको छ | दक्षिण कोरियाको  राजधानी सोलमा सम्पन्न भएको भेलाले विभिन्न बिभागको कार्यविभाजन समेत गरेको छ। भेलाले ५१ सदस्यीय अन्तरिम केन्द्रिय परिषद गठन गरेको छ भेलाले बलराम पुनलाई संयोजक तोकेको छ ।

नयाँ शक्ति निर्माण अभियानमा सहभागी बनौ – स्वाधिन समृद्द र समावेशी नयाँ नेपाल निर्माण गरौु भन्ने मूल नाराका साथ शुरु भएको उक्त बिशेष भेलालाई नयाँ शक्ति पुर्बी एसिया इन्चार्ज मिलन कान्छा किरातीले दिप प्रज्वलन गरेर उद्घाटन गरेका थिए  ।

1

 

 

कोरियामा सिकेको शिप र कमाएको पुँजीलाई नेपालमा लगानी गर्न आग्रह गर्दै छोटो शुभकामना मन्तव्यमा श्रम सहचारी अनिल गुरुङ ले देशमा बदलिदो राजनीतिक परिस्थिति संगै समृद्द राष्ट्र निर्माणमा कोरियाका प्रबाशी मजदुर हरुको नयाँ शक्तिको भेलाले बिशेष महत्व राख्ने औल्याए ।

3

साथै कोरियामा आफ्नो कार्यकाल सकेर नेपाल फर्कन लागेका श्रम सहचारी अनिल गुरुङ र नयाँ शक्ति कोरियाका सल्लाहकार पुरन राना मगर लाई संयोजक बलराम पुन र मिलन कान्छा किरातीले ले संयुक्त रुपमा बिदाई तथा सम्मान पत्र प्रदान गरेका थिए ।

पूर्व अध्यक्ष्य लोचन राइले सरकारले देशमा लगानीको सुरक्षा गर्ने बाताबरण सृजना गरे मझौला उद्योग हरु मा लगानी गर्न आफुहरु तयार रहेको र यस्तै राजनीतिक परिपाटीले देश समृद्द नबन्ने कुरालाई जोड दिदै नयाँ शक्ति प्रति आफ्नो झुकाब रहेको प्रष्ट पारे भेला लाइ पुर्बी एसिया इन्चार्ज मिलन कान्छा किरातीले ले बैचारिक प्रशिक्षन दिएका थिए ।

केन्द्रिय अन्तरिम परिषद् कोरियाका सदस्यहरुमा बलराम पुन, सीपी ओली, बिरेन्द्र राना, राजु श्री,हेमन्त पुन प्रकाश गुरुङ,पिटर कुमार श्रेष्ठ, डोलु आले मगर, राज आचार्य, जीबन बिश्वकर्मा, गणेश रिजाल, सुरेन्द्र बजगाईं, सरोज ढकाल, बासुदेव बराल गोबिन्द प्रसाद शर्मा, मदन बानिया, अमर बर्मा, रमेश पुडासैनी, अन्जली पौडेल लगायतका रहेका छन्र ।

444

गत २४ तारिक नेपाल हाउसमा बिहान १२ बजे देखि साझ ६ बजे सम्म चलेको बैठक मा भाबी योजना र कोरीयाबाट नयासक्ति निर्माण अभियानले कोरीया बाट नेपाल बन्ने नया पार्टीलाई सहयोग गर्ने  र ८ तारिकको बिषेस भेला गर्ने बारेमा  छलफल भएको थियो |   नया सक्ति निर्माण अभियान  कोरियाका सयोजक बलाराम पुन को सयोजकत्यो मा बसेको बैठकलाई  मगरसंघका  निबर्तमान अध्यक्ष  पुरण राना मगरले सहजीकरण गरेका थिए |     बैठक मा पहिले बलाराम पुनको सयोजक मा नया सक्ति निर्माण  अभियान टोलि बने पनि  यसलाइ मुर्तरुप र सकृय सथिहरु लाइ विभिन्न जिम्मेवारी र एउटा अन्तिरिम केन्द्रिय  कमिटी कोरिया बनाउने भन्ने बिसयमा छलफल भएको थियो ।

4

नयाँ शक्ति कोरियाले गर्यो ६ निर्णय:

१आम अभियानकर्ताहरु पेवामुखी राजनिती नभई सेवामुखी राजनिती गर्दै नेपाली राजनितिमा मौलाएको बिकृतिलाइ अन्त्य गर्दै समृद्धि नेपाल को लागि सबै लाई लगानी मैत्री बनाउने । र सबैलाई यो अभियानमा जोड्दै लैजाने ।

२ नया युबा नया बिचार स्वतन्त्र साथिहरुलाइ यो अभियानमा सामेल गर्दै लैजाने । यो एउटा राजनीतिक शक्ति भएता पनि सामाजिक सेवामा सक्रिय भएर जनसेवाका काम गर्दै नयाँ शक्तिमा आवद्ध  हुन चाहने युवाहरूलाई सामेल गर्दै लैजाने ।

३..नया शक्ति निर्माण अभियानको फेब्रुअरी 8 तारिक बिशेष भेला छलफल गरि एउटा ठोस कमिटी बनाउने  |

४.यो कोरिया को महान पर्व सलनाल पछी लगतै नया शक्ति निर्मान अभियान कोरिया ले कोरिया को विभिन्न सहर हरुमा भेला गर्ने।

५. अब बन्ने नया पार्टी लाई तन,मन,वचन कर्म र आर्थिक नैतिक रुपले कोरियाबाट पनि भरपुर  सहयोग गर्ने।

६ अब को नया सक्तिमा नया सथिहरुलाइ जोद्दै लैजाने  आदि ।

 नया सक्तिमा नया सथिहरुलाइ सम्पर्क नम्बर-

(सौल लगाएत सबै सहर हरुको लागि)

सयोजक- बलाराम पुन-01059502626

जीवन बिस्वकर्मा-01088633002

गणेश रिजाल-01021434984

रमेश पुडासैनि-01059486470

दिपक पाठक-01064970645

पेम सान्ङ्बो सेर्पा-01048686339

प्रकाश गुरुङ-01021894553

(बुसान-थेगु- किमे सहर हरुको लागि)

रमेश उप्रेती-01095063207

धर्मन्त शाह -01059475636

बिरेन्द्र राना-01059298935

2

WRITE COMMENTS FOR THIS ARTICLE

YOU MAY ALSO LIKE