मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

३४ जिल्लामा २४ सभापति संस्थापनले लगेपछि हार्नकै लागिपनि चुनाब लड्ने वा छोड्ने भन्ने दोदारमा साथिभाई संगको छलफलमा देउबा

Screen Shot 2016-02-14 at 11.33.14 PM

काठमाडौं । नेपाली काँग्रेसको जारी जिल्ला अधिवेशनमध्ये हालसम्म प्राप्त ३४ जिल्लाको नजितामा संस्थापन पक्ष निकै बलियो देखिएको छ । नजिताअनुसार हालसम्म संस्थापन पक्षका २४ जना सभापति निर्वाचन भएका छन् भने देउवा पक्ष सात र पक्ष नखुलेका तीन जना छन् ।

काँग्रेसको १३औं महाधिवेशनको मिति नजिकिँदै गर्दा अन्य जिल्लाको अधिवेशनको तयारी पनि तीब्र पारिएको छ । पार्टी सभापति सुशील कोइरालाको असामयिक निधनबाट शोकमा परेका काँग्रेस नेता कार्यकर्ता पुनः जिल्ला अधिवेशन र केन्द्रिय महाधिवेशनको तयारीमा लाग्न सुरु गरेका छन् । काँग्रेसको आगामी नेतृत्व सम्हाल्न काँग्रेसका कार्यबहाक सभापति रामचन्द्र पौडेल र वरिष्ठ नेता शेरबहादुर देउवाले आफ्नो तयारी तीब्र पारेका छन् । काँग्रेसको जिल्ला र क्षेत्रीय अधिवेशनबाट प्राप्त नजिताले संस्थापन पक्षको पल्ला भारी बन्दै गएको देखिएको छ । मुलुकको राजधानी काठमाडौंको जिल्ला अधिवेशन फागुन ५ गतेलाई तोकिएको छ ।

Screen Shot 2016-02-14 at 11.54.17 PM

वीपीको प्रजातान्त्रिक समाजवादलाई आफ्नो राजनीतिक आधार बनाउँदै आएका कार्यबहाक सभापति पौडेल काँग्रेसमा भागवण्डाको राजनीतिलाई अन्त्य गर्ने, मुलुकको आर्थिक विकासलाई नेतृत्व दिन सक्षम हुने गरी पार्टीलाई सशक्त बनाएर लैजाने बताउँदै आएका छन् सभापतिका अर्का प्रत्यासी देउवाले आफू सभापतिको स्वाभाविक दावेदार भएको भन्दै पार्टीलाई एक बनाउन आफू सक्षम हुने दावी गर्दै आएका छन् । राजनीतिक योगदान, क्रियाशीलता र विचारका आधारमा काँग्रेसीजनहरुले अबको आफ्नो नेता कस्लाई चुन्नेछन भन्ने कुरा हेर्न यही आउँदो फागुन २० गतेबाट सुरु हुने महाधिवेशन कुर्नैपर्ने हुन्छ ।

Screen Shot 2016-02-14 at 11.33.38 PM

नतिजा आएका ३४ जिल्लामा २४ संस्थापनका , ७ देउवा पक्षका र ३ नखुलेका जिल्ला सभापति

संस्थापन
झापा : उद्धव थापा
सुनसरी : राजीव कोइराला
भोजपुर : नन्दमणि राई
पाल्पा : वीरबहादुर राना
बैतडी : नरेन्द्रसिंह थापा
सुर्खेत : कमलराज रेग्मी
धादिङ : रमेश धमला
खोटाङ : नरेशकुमार श्रेष्ठ
मुस्ताङ : यन्जिना विष्ट
काभ्रे : मधु आचार्य
कास्की : कृष्णबहादुर केसी
अर्घाखाँची : विष्णुप्रसाद खनाल
गोरखा : हरिबहादुर घले
सिन्धुली : उज्ज्वल बराल
तनहुँ : वैकुण्ठ न्यौपाने
नवलपरासी : विष्णु लामिछाने
ताप्लेजुङ : लीला बोखिम
जाजरकोट : दीपकजंग शाह
उदयपुर : विदुर बस्नेत
मुगु – खड्ग बहादुर साही
नुवाकोट – जगदीश नर्सिङ केसी
कपिलवस्तु : सुरेन्द्र राज आचार्य
बैतडी – नरेन्द्र थापा

नरेन्द्र केरुंग – पांचथर

देउवा पक्ष

मोरङ : डिगबहादुर लिम्बू
डडेल्धुरा : कर्ण मल्ल
मनाङ : टेकबहादुर गुरुङ
स्याङ्जा : कमल पंगेनी
डोटी : प्रदीप देउवा
ओखलढुंगा : प्रदीप सुनुवार
रूपन्देही : अब्दुल रज्जाक

नखुलेका :
मकवानपुर : इन्द्रबहादुर बानियाँ
धनकुटा : अग्नि पौडेल
बाजुरा : कविराज पण्डित

WRITE COMMENTS FOR THIS ARTICLE

YOU MAY ALSO LIKE