मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

कार्यवाहक सभापतिनै सभापति बन्ने कांग्रेसको इतिहास : संस्थापनका रामचन्द्र पौडेलको पक्षमा ७२ प्रतिशत भोट देखेर देउबा लर्बराए

Capture

नेपाली कांग्रेसको भावी सभापतिका लागि विभिन्न नेताहरुले आफ्नो दावी प्रस्तुत गरिरहेका छन । महाधिवेशन प्रतिनिधिहरु समेत छनोट भइसकेको अवस्थामा विशेष गरी संस्थापनपक्षबाट रामचन्द्र पौडेल र अर्को पक्षबाट शेरबहादुर देउवाले आ–आफ्नो पक्षमा बहुमत प्रतिनिधिहरु रहेको दावी गरेका छन । जति जनाले चर्चा गरेपनि १३ औँ महाधिवेशनमा सभापतिका लागि पौडेल र देउवाबीच नै प्रतिष्पर्धा हुने कांग्रेसलाई नजिकबाट चिन्ने र विश्लेषण गर्नेहरु बताउँछन । कांग्रेसको इतिहास पल्टाएर हेर्ने हो भने कार्यबाहक सभापति नै सभापति बनेको देखिन्छ ।२०१२ सालमा वीरगञ्जमा भएको छैटौँ अधिवेशनबाट कार्यबाहक सभापति सुवर्ण सम्शेर राणा सभापतिमा निर्वाचित भए । राणा परिवारको व्यक्तिलाई भन्दा जनताको छोरालाई नै प्रतिनिधिहरुले विश्वास गर्ने र आफूले सभापतिमा जित्ने गणेशमान सिंहको विश्लेषण भन्दा ठीक उल्लो कावा सभापति राणा नै सभापति बने । कांग्रेसले प्रजातान्त्रिक समाजवाद विचार अगाडि सारेको पनि सोही अधिवेशनबाट हो । त्यस्तै २०३४ सालमा पटनामा भएको सम्मेलनपछि वीपीले कृष्णप्रसाद भट्टराईलाई कार्यवाहक सभापतिको जिम्मा दिए । त्यसपछि २०४८ सालमा कांग्रेसको आठौँ महाधिवेशन भयो । झापामा भएको उक्त महाधिवेशनबाट भट्टराई सर्वसम्मत रुपमा सभापति बने ।   २०५४ सालमा कांग्रेस र कांग्रेस प्रजातान्त्रिकबीच पार्टी एकीकरण भयो । दुवै कांग्रेसका केन्द्रीय सदस्यहरु नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिमा सामेल भए । सुशील कोइरालाले कार्यवाहक सभापतिको जिम्मा पाए । १२ औँ महाधिवेशनमा कार्यवाहक सभापति कोइराला नै पार्टीको सभापतिमा निर्वाचित भए । अहिले पार्टीको कार्यवाहक सभापति रामचन्द्र पौडेल छन । उनी पनि १३ औँ महाधिवेशनबाट सभापति बन्ने लाइनमा देखिन्छन ।

Screen Shot 2016-02-14 at 11.33.38 PM

नतिजा आएका ५३ जिल्लामा ३८ संस्थापनका रामचन्द्र पौडेल पक्षका, १० देउवा पक्षका र ५ नखुलेका :

जिल्ला सभापति

संस्थापन रामचन्द्र पौडेल पक्षबाट

१. पाँचथर – नरेन्द्र केरुङ २. चितवन – जित नारायण श्रेष्ठ ३. बर्दिया – संजय गौतम ४. कालिकोट – हर्ष बहादुर बम ५. झापा : उद्धव थापा ६. सुनसरी : राजीव कोइराला ७. भोजपुर : नन्दमणि राई ८. पाल्पा : वीरबहादुर राना ९. बैतडी : नरेन्द्रसिंह थापा १०. सुर्खेत : कमलराज रेग्मी ११. धादिङ : रमेश धमला १२. खोटाङ : नरेशकुमार श्रेष्ठ १३. मुस्ताङ : यन्जिना विष्ट १४. काभ्रे : मधु आचार्य १५. कास्की : कृष्णबहादुर केसी १६. अर्घाखाँची : विष्णुप्रसाद खनाल १७. गोरखा : हरिबहादुर घले १८. सिन्धुली : उज्ज्वल बराल १९. तनहुँ : वैकुण्ठ न्यौपाने २०. नवलपरासी : विष्णु लामिछाने २१. ताप्लेजुङ : लीला बोखिम २२. जाजरकोट : दीपकजंग शाह २३. उदयपुर : विदुर बस्नेत २४. मुगु – खड्ग बहादुर साही २५. नुवाकोट – जगदीश नर्सिङ केसी २६. कपिलवस्तु : सुरेन्द्र राज आचार्य २७. बैतडी – नरेन्द्र थापा २८.पर्वत – खिमलाल भुसाल २९.तेह्रथुम – गोविन्द ढुंगाना ३०.काठमाडौं – कृष्ण (सबुज) बानियाँ ३१.रोल्पा – अमरसिंह पुन ३२. जुम्ला – दीप बहादुर शाही ३३. इलाम – हिमालय कर्माचार्य ३४. रुकुम- प्रेम प्रसाद वली ३५.बाँके – किरण कोईराला ३६.लमजुङ – भेष बहादुर पौडेल ३७.सल्यान – गणेश चन्द ३८.दैलेख – कृष्ण बी.सी.

देउवा पक्ष

१. मोरङ : डिगबहादुर लिम्बू २. बाग्लुङ : दीपेन्द्र थापा ३. मनाङ : टेकबहादुर गुरुङ ४. स्याङ्जा : कमल पंगेनी ५. डोटी : प्रदीप देउवा ६. ओखलढुंगा : प्रदीप सुनुवार ७. रूपन्देही : अब्दुल रज्जाक ८. हुम्ला : दयापति रोकाया ९. ललितपुर : मदन अमात्य १०. कैलाली – नर नारायण शाह

नखुलेका :

१. मकवानपुर : इन्द्रबहादुर बानियाँ २. धनकुटा : अग्नि पौडेल ३. बाजुरा : कविराज पण्डित ४. डडेल्धुरा : कर्ण मल्ल ५. अछाम – भरत स्वार

 

WRITE COMMENTS FOR THIS ARTICLE

YOU MAY ALSO LIKE