मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

स्वर्गिय कोइराला नेपाली कांग्रेसको मात्र नेता नभएर एक राष्ट्रिय व्यक्तित्व : एनआरएन क्यानाडाका अध्यक्ष तुल्सी सापकोटा

क्यानाडा, फागुन ११–

 

Screen Shot 2016-02-08 at 10.16.31 PM

माघ २६ गते असामयिक निधन भएका  नेपाली कांग्रेसका सभापति एवम् पुर्वप्रधानमन्त्री स्वर्गिय सुशील कोईरालाको श्रदाञ्जली सभा २१ फेब्रुअरीका दिन ग्रेटर टोरोन्टोको मिसिसागास्थित गोर्खा प्यालेसमा नेपाली जनसम्पर्क समिती क्यानाडासँग निकट सदश्ये हरुको सक्रियतामा आयोजना गरियो ।  कोईरालाको १३ औं दिनको पुण्य तिथिका अवसरमा गरिएको श्रद्धान्जली सभामा एनआरएन क्यानाडाका अध्यक्ष तुल्सी सापकोटाले स्वर्गिय कोइराला नेपाली कांग्रेसको मात्र नेता नभएर एक राष्ट्रिय व्यक्तित्वका रुपमा रहेको चर्चा गरे । उनको देहावसानले नेपाल तथा नेपालीले जनतालाई अपुरनिय क्षति पुगेको धारणा राखे । राष्ट्रिय व्यक्तित्वको सम्झनामा एनआरएन क्यानाडाले गर्नुपर्ने कार्यक्रमलाई नेपाली जनसम्पर्क समिती क्यानाडाले गरेकोमा सापकोटाले प्रशंसा पनि गरे । आगामी दिनमा एनआरएन क्यानाडा नेपाली जनसम्पर्क समिती क्यानाडासँग सहकार्य गरेर अगाडी बढ्ने प्रतिवद्धता जनाए ।

aaab

एनआरएन क्यानाडा महिला बालबालिका समिती संयोजक प्रमिला बस्नेत को स्वर्गिय सभापति एवम् पुर्वप्रधानमन्त्री सुशील कोईराला प्रतिको सच्चा श्रदाञ्जली मन्तब्य निकै गहन र सबैको मन छुने थियो।  यसैगरी श्रदाञ्जली सभामा एनआरएन क्यानाडाका प्रवक्ता तथा अन्टारियो संयोजक किस्मत भण्डारीले कोईरालाको त्याग र उच्च विचारले गर्दा नै आज नेपालले संविधान पाएको बताए । कोईराला नेपाली कांग्रेसको मात्र नेता नभएर सबैका लागि उदाहरणीय राष्ट्रिय ब्यक्तित्व बनेको भण्डारीले उल्लेख गरे । कार्यक्रममा ट्रकर्स एशोसिएशनका अध्यक्ष एन.बी टन्डन लगायतले श्रद्धान्जली सभामा कोईरालासँगको भेट र उनको मार्ग दर्शनको सम्झना गर्दै देशलाई उनी जस्तो नेताको खाँचो रहेको बताए ।  

cccd

श्रद्धान्जली सभामा उपस्थित व्यक्तिलाई नेपाली जनसम्पर्क समिति क्यानाडाका बोर्ड अफ डिरेक्टर सुरेन्द्र खड्काले स्वागत गरेका थिए, भने उक्त कार्यक्रम नेपाली जनसम्पर्क समिति क्यानाडाका संथापक सभापति र हालका बोर्ड अफ डिरेक्टर बुद्दि ओलीको सभापतित्वमा सम्पन्न भएको थियो । सभामा क्यानाडामा रहेका विभिन्न संघ, संथाका प्रतिनिधी, वकिल, ब्यापारी, पत्रकार, समाजसेवी लगायत उल्लेख्य मात्रामा जिटिए बासीहरुले स्वर्गिय कोईरालाको तस्विरमा अविर लगाएर श्रद्धान्जली दिएका थिए । सो अवसरमा कौशल बस्नेतले स्वर्गिय कोइरालाको जीवनी प्रस्तुत गरेका थिए   ।।

WRITE COMMENTS FOR THIS ARTICLE