मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

ओलीले आफ्नै प्रतिवद्धता तोडेपछी भारत भ्रमण सफल : आगामी दिँनहरु चुनौतीपूर्ण रहने

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै प्रतिवद्धता तोडे पछी अन्ततः भारत भ्रमण सफल सावित: आगामी दिँनहरु  चुनौतीपूर्ण रहने

भारतीय नाकाबन्दीले गर्दा गम्भीर संकट झेलेका आम नागरिकले भारतको विकल्प खोज्न सरकारलाई सुझाएका थिए । प्रधानमन्त्री ओलीले पनि केही समय सरकारले भारतको विकल्प खोज्ने प्रतिवद्धता जनाए । आफू कसैसामु नझुक्ने ओलीका प्रतिवद्धताको कारण तारिफ पनि पाए । अन्ततः भारतको विकल्प खोज्न नसकिने निश्कर्षमा उनी भारतसँग नै सम्बन्ध सुधार गर्न भन्दै भारत गए । प्रधानमन्त्री ओलीले भारत भ्रमणको चाहनालाई भारतले स्वीकार मात्र गरेन, ओलीलाई राजकीय ठाँटबाँटका साथ सम्मान समेत दिएर लठ्याइदियो । दिल्लीमा सडकमा नेपालको राष्ट्रिय झण्डा फहराइयो भने गुजरातमा मोदीसँगै ओलीको तस्विरसहितको फ्ल्यास बोर्डहरु टाँगिए । प्रधानमन्त्री ओलीले बोक्न नसक्ने फूलका मालासमेत फहिराइदियो भारतले ।

bb

भारतले गरेको स्वागतबाट ओली प्रफूल्ल

भारत भ्रमणमा आफूलाई भारतले गरेको स्वागतबाट यति प्रफूल्ल भए कि भ्रमणको दोस्रो दिन नै भारतसँगको असमझदारी अन्त्य भएको दिल्लीबाटै घोषणा गरे । राष्ट्रपति निवासमा सम्मानका साथ राखेका ओलीसँग भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली जनताकोसमेत तारिफ गर्न भ्याए । नेपालको संघीयताको मार्ग र लोकतन्त्रलाई विश्वले सम्मान गरेको भन्दै ओलीको तारिफ गरियो । मोदीको सम्मानबाट प्रफुल्लित प्रधानमन्त्री ओलीले विभिन्न सात सम्झौताहरुमा हस्ताक्षर गरे ।  प्रस्तबीत अन्य ५ दर्जन जति सर्तहरु मान्न आफु राजी भएको तर उनलाई समय दिनुपर्ने कुरा मोदी संग को वोन टू वोन मिटिंग मा बताए जस्ले गर्दा अनौपचारीक सहमति लाई औपचारिकता दिनुभन्दा संयुक्त विज्ञप्ति जारी नगर्ने  सहमती गरियो । कुनै पनि राष्ट्रका प्रमुखको अर्को देशमा औपचारिक भ्रमणपछि संयुक्त विज्ञप्ति जारी गर्ने परम्परालाई समेत यो सहमतीले  लत्याइ दियो ।  औपचारिक परम्परा तोड्नु पर्ने बाधेत्ताको जड “नेपाललाई कुनैपनि मुल्येमा हिन्दु राज्य घोषणा गरिने” सहमति थियो । जसमा भारत को सस्थापनलाई आफ्नो सहभागिता देखाउन आन्तरीक समस्या थियो ।

cc

६ दिने भारतको राजकीय भ्रमण सकेर स्वदेश फर्किए लगत्तै प्रधानमन्त्री ओलीले भारत भ्रमणका क्रममा आफूले सुस्ता र कालापानीबारे कुरा उठाएको समेत भन्न भ्याए । सुस्ता र कालापानीबारे आगामी दिनमा टुङ्गोमा पुग्न भारत सकारात्मक रहेको उनले दाबी गरे । सीमासहित बनाएको बाँध लगायतका विषयमा भारतीय प्रधानमन्त्री मोदीसहित भारतीय नेताहरुसँग आफूले छलफल गरेको समेत उनले सुनाए । प्रधानमन्त्री ओलीले भारतसँगको सम्बन्ध सुमधुर भएको भन्दै प्रफुल्लित भए कि मानौं भारत अब नेपाललाई दुःख दिने छैन । ओलीले आफ्नो भारत भ्रमण केवल दुई देशबीचको सम्बन्ध सुधार गर्ने उद्देश्य मात्रै भएको भन्दै कुनै पनि सम्झौतामा हस्ताक्षर नगर्ने बताएका थिए । भारतीय प्रधानमन्त्री मोदीले दुई देशबीच असमझदारी भएको नै स्वीकार गरेनन् । बरु नेपालको नयाँ संविधानलाई लिएर हिजो जे अडान थियो, त्यही दोहोर्‍याए । फरक यत्ति हो कि उनले नेपाल आउँदा र दूत पठाउँदा मधेसको पनि सहमति हुनुपर्छ भनेका थिए, अहिले सबै वर्ग, समुदायको भनेका छन् । ओलीले आफ्नै प्रतिवद्धता तोडे र विभिन्न सात सम्झौतामा हस्ताक्षर गरे र अन्य दर्जनौसर्त हरु मान्न आफु राजी भएको  तेश मा लाग्ने भनि पुरा गर्न समय मागे जसमा मोदी ले स्वीकृति पनि जनाए ।  एकातिर भारतले नेपाल र भारतबीको सन्धि सम्झौता पुनरावलोकन गर्न विज्ञ समूह बनाउने सम्झौता  गरिदिएर ओली को राष्ट्र बादी चेहेरा लाई पनि बचईदिएको छ भने आर्कोतिर  ओली लाई कम्तीमा अरु १ वर्ष प्रधानमन्त्री बनी रहने बाटो लगभग खुला गरिदिएको छ  ।

aa

औपचारिक सम्झौता:

नेपाल-भारत सम्बन्ध विस्तार र विकासका लागि नौं वटा सम्झौता भएको छ । भारतको ६ दिने औपचारिक भ्रमणका क्रममा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सम्झौता पत्र आदान प्रदान गर्नुभएको हो । हैदरावाद हाउसमा भएको पत्रकार सम्मेलनमा नेपालको शान्ति, संवृद्धि र आर्थिक विकासमा आफूहरुको सहयोग र सद्भावन रहने मोदीले बताउनुभयो । नेपालको पुननिर्माणमा विशेष सहयोग गर्ने भारतले प्रतिबद्धता जनाएको  छ । दुवै प्रधानमन्त्रीले खुला सीमाना एक अर्का देशका विरुद्ध प्रयोग हुन नदिने प्रतिबद्धता जनाएका छन् । दुई देशबिच ९ वटा सम्झौता भएको छ । भूकम्पछिको पुननिर्माण, नेपालको तराई क्षेत्रमा सडक विस्तार, नेपाल, भारत र बंगलादेश त्रिदेशी रेल मार्ग निर्माण, विद्युत् प्रशारण लाइन निर्माणलगायतका सम्झौता भएका छन् । त्यस्तै, नेपाल र भारतबीको सन्धि सम्झौता पुनरावलोकन गर्न विज्ञ समूह बनाउने सम्झौता पनि भएको छ ।

7 Agreement

प्रधानमन्त्री ओली र मोदीबीचको अनौपचारीक सम्झौता:

दशकौंको संघर्षबाट बनेको नेपालको संविधान एक महत्वपूर्ण उपलब्धि हो । तर, यसको सफलता सहमति र सम्वादमा निर्भर रहने आधारमा राजनीतिक वार्तालापको माध्यमबाट नेपाली राजनीतिक नेतृत्वले मधेसको मामिलामा जोडिएका सबै मुद्धाको सन्तोषजनक निवारण गर्नेछ । नेपालमा हिन्दु राज्य कायम हुनुपर्छ । नयाँ संविधानबाट नेपालमा धर्मनिरपेक्ष राज्य भइसकेको अवस्थामा  संबिधान संसोधन मार्फत ‘नेपालको पहिचान हिन्दु राष्ट्रका रूपमा राखिने र हिन्दुहरूको पवित्र स्थलका रूपमा नेपाल लाई बिकास गरिने छ । हिन्दु राज्य संगै राजतन्त्र फर्कने नफर्कने र फर्केमा कुन रुप मा भन्ने ओलीको चीन भ्रमण पछी चीन को धारणापछि विज्ञ समूह हरुको परामर्स मार्फत तय गरिने ।

Cover Picture

WRITE COMMENTS FOR THIS ARTICLE

YOU MAY ALSO LIKE