मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

कांग्रेस संस्थापनको सभापतिको टुंगो लाग्यो, सिटौलाले मानेनन्

000

काठमाडौं । नेपाली कांग्रेसको आसन्न महाधिवेशनमा संस्थापन पक्षबाट सभापतिको उम्मेदवार निश्चित गरिएको छ । पार्टी कार्यवाहक सभापति रामचन्द्र पौडेललाई नै सभापतिको उम्मेदवार बनाउने टुंगो लागेको हो ।

सभापतिका आकांक्षी प्रकाशमान सिंहले पौडेललाई सभापतिको उम्मेदवार बनाउन राजी भइ आफू पछाडि हटेपछि पौडेल सभापतिको टुंगो लागेको हो । तर संस्थापन पक्षकै नेता कृष्णप्रसाद सिटौलाले भने आफ्नो दाबी अझै छाडेका छैनन् । उनले पौडेललाई संस्थापनको साझा उम्मेदवार बनाउनेबारेमा आफ्नो पक्षका नेताहरुसँग छलफल थालेका छन् ।

aaa

कोइराला परिवारबाट शशांक कोइरालालाई महामन्त्री दिने सहमतिमा पौडेलको सहमति जुटेको हो । यसअघि शशांकलाई शेरबहादुर देउवा प्यानलबाट महामन्त्रीको प्रस्ताव गरिएको थियो ।

कांग्रेसका नेता रामशरण महतको महाराजगंजस्थित निवासमा संस्थापन पक्षका नेताहरुको छलफलले सभापति र महामन्त्रीको उम्मेदवार टुंगो लगाएको हो । यसको औपचारिक घोषणा एक दुई दिनमै गर्ने तयारी गरिएको छ । पौडेलसहित सशांक, शेखर, प्रकाशमान सिंह, आमोदप्रसाद उपाध्याय, दिलबहादुर घर्ती, मिनेन्द्र रिजाल, नारायण खड्का, दिलेन्द्र बडू, आनन्दप्रसाद ढुंगाना लगायतको उपस्थिति थियो ।

xxx

संस्थापनबाट पौडेललाई सभापतिको उम्मेदवार बनाउने टुंगो लगाउदै कोइराला परिवारका साथै संस्थान पक्षका नेताहरुले सिटौलालाई उम्मेदवार नदिन दबाब दिएका छन् । सिटौलाले भने संस्थापनबाट पौडेललाई सभापति बनाएमा तीन सय मत पनि नआउने दाबी गरेका छन् ।

पौडेललाई सभापतिको उम्मेदवार बनाउने लगभग टुंगो लागेपछि सिटौलाले कांग्रेसका युवा नेताहरुसँग छलफल थालेका छन् । कांग्रेसको १३ औं महाधिवेशन आगामी फागुन २० गतेदेखि काठमाडौंमा हुँदैछ ।

Capture

 

WRITE COMMENTS FOR THIS ARTICLE

YOU MAY ALSO LIKE