मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

देउबाले जित्न नसकीने संकेतगरेपछि गगन थापा र कृष्ण सिटौलालाई बागी उम्मेदबार दिन ऊक्साउदैछ “र”

Screen Shot 2016-02-14 at 11.33.38 PM

काठमाडौँ, १४ फागुन । सुशील कोइरालाको देहावसान पछि उत्साहित देखिएका शेरबहादुर देउवा तराई-मधेसमा सम्पन्न क्षेत्रीय अधिवेशनहरूको चुनावी परिणामले हतास बनेका छन् । बिपी कोइरालालाई फाँसी दिनु पर्छ भन्ने नुवाकोट राउत बेशिका ‘पूर्व पंच’ अर्जुननरसिंह केसीलाई महामन्त्री र भ्रष्टाचारमा डामिएका खुमबहादुर खड्कालाई उपसभापति बनाउने तयारीमा जुटेका शेरबहादुर देउवा देशभरको महाधिबेशन प्रतिनिधिको राजधानी आगमनसंगै आफ्नो निश्चीत हार हुने बारे पूर्ण जानकार छन् र आफु लाई बरिषट नेता र आरजु लाई महिला नेतामा बिसेष पद हात्तौने  बर्गैनिंगको राजनीति  गरिरहेका छन्।  उता ‘पूर्व पंच’ अर्जुन नर सिंह केसीका ज्वाईं गगन थापा र झापाका कृष्ण सिटौलालाई भारतीय दुतावासले जुन कुनै मूल्यमा उम्मेदबार बनाउने  भनी लागी परेको समाचार आएको छ।

aaa

यद्यपी भारतीय दुतावासले नुवाकोट राउतबेशि शशुराली भएका गगन थापा र झापाका कृष्ण सिटौलालाई बागी उम्मेदबारको रुपमा अघि सार्नुको मुख्य उद्देश्य बिपी पुत्र सशांक कोइरालालाई काँग्रेस राजनीतिमा निषेध गर्नु नै हो । कोइराला परिवारको गान्धी परिवार संगको कुसल सम्बन्धनै हाल ससांक लाई टार्गेट गरिने कारण बनेको छ ।तर अन्तत मोदी लगाएतका नेता हरु नेपालमा माईक्रो लेवलमा जान भन्दा सस्थापन संग आफ्नो सम्बन्ध सुधारगर्न लागी पर्ने र तेस्को अघि “र” को कै जोर नचल्ने लगभग निश्चीत छ भन्नेअनुमान गरिदै छ ।

Screen Shot 2016-02-14 at 11.33.14 PM

कार्यबाहक सभापति रामचन्द्र पौडेलको नेतृत्व रामशरण, प्रकाशमान, बिमलेन्द्र, सशांक लाई अन्तत स्वीकार्य  बनीसकेको परिपेछमा  गगन थापा र कृष्ण सिटौलालाई अर्जुननरसिंह केसीको बिसेष सहयोगमा बागी उम्मेदबारको रुपमा भारतीय दुतावासले उम्मेदबार बनाउने  भनी लागी परेको बुझिएको छ ।   देशभरका महाधिबेशन प्रतिनिधिहरुले  सशांक कोइरालालाई  संस्थापनको महामन्त्री लिन आग्रह गरिरहेका   महाधिवेशनका क्रममा भर्खरै तराई–मधेसमा सम्पन्न क्षेत्रीय अधिवेशनहरूको चुनावी परिणामले देउबा पक्षलाई हतास र निराश तुल्याएको बताइएको । सप्तरीदेखि पर्सासम्मको आठ जिल्लाका ४८ निर्वाचन क्षेत्रमा रहेको पाँच सय छैहत्तर (५७६) मतमध्ये अधिकांश संस्थापन र पुर्व राष्ट्रपतिरामबरण यादव निकट निर्वाचित भएपछि देउवा पक्ष हतास र निराश हुनुपर्ने स्थिति बनेको हो । प्राप्त समाचार अनुसार पर्साको पाँचवटै निर्वाचन क्षेत्रमा कोइराला परिवार निकटको चामत्कारिक विजय भएको छ । सबै क्षेत्रीय सभापतिहरू संस्थापनको पूर्व राष्ट्रपतिरामबरण यादव निकट रहेका छन् भने पाँच क्षेत्रका साठी मतदातामध्ये  पैतालिश  (४५) जना संस्थापन निकट रहेका छन् ।

ddd

त्यस्तै सप्तरीको ६ मध्ये चार क्षेत्रका सभापतिमा संस्थापनको विजयी बनेका छन् । सो जिल्लाको बहत्तर मतदातामध्ये कम्तीमा पचाश जना खुलेर संस्थापनको पक्षमा उभिएका छन् । यो सङ्ख्या बढेर पैसठी (६५) सम्म पुग्नसक्ने अनुमान छ । सिरहा जिल्लाको ६ मध्ये चार क्षेत्रमा संस्थापन निकट क्षेत्रीय सभापति निर्वाचित भएका छन् । सिरहाको बहत्तर मतमध्ये कम्तीमा चालिश (४०) संस्थापन निकट विजयी भएका छन् । महोत्तरीको ६ क्षेत्रमध्ये पंच वटामा संस्थापन निकट क्षेत्रीय अध्यक्ष निर्वाचित भएका छन् । बहत्तर मत रहेको महोत्तरीबाट संस्थापनलाई कम्तीमा पचाश (५०) मत प्राप्त हुने देखिएको छ । रौतहटको ६ क्षेत्रमा चारवटा क्षेत्रका सभापतिहरू संस्थापनको विजयी भएका छन् । यस जिल्लाको बहत्तर मध्ये पैंतालीस (५५ ) मत संस्थापनको पक्षमा देखिएको छ ।

bbb

त्यसैगरी सर्लाहीको ६ निर्वाचन क्षेत्रमध्ये चारवटामा संस्थापन समर्थक क्षेत्रीय सभापतिहरू विजयी भएका छन् । कुल बहत्तर मत रहेको सर्लाहीबाट संस्थापन लाई कम्तीमा पैतालिस मत जाने निश्चित भएको छ । पुर्व राष्ट्रपति रामबरण यादवको गृह जिल्ला धनुषाको चौरासी मतमध्ये कम्तीमा सतसट्ठी मत संस्थापन पक्ष को छ । बाराको ६ वटा निर्वाचन क्षेत्रका बहत्तरमध्ये पचाश मत संस्थापनलाई जाने बुझिएको छ ।

यसरी तराईका आठ जिल्लामा संस्थापन पक्ष तुलना नै गर्न नसकिने गरी शक्तिशाली देखिएको छ । यीबाहेक तराईका अन्य जिल्लामा पनि संस्थापनको पक्षले अनपेक्षित मत जुटाएको छ । मोरङको एक सय आठ मतमध्ये संस्थापनको पक्षमा अशी मत देखिएको छ भने सुनसरीमा पांच मत बाहेक सत् प्र संस्थापनको पक्षमा देखिएको छ । समग्र तराईबाट संस्थापन पक्षमा सत्तरी प्रतिशतभन्दा बढी मत प्राप्त गर्ने लगभग निश्चीत छ। उता पूर्वाञ्चल, मध्यमाञ्चल, पश्चिमाञ्चल र मध्यपश्चिमाञ्चल विकास क्षेत्रमा पनि संस्थापन पक्षले अग्रता कायम गरेको छ ।

एस्तो अवस्था मा जती नै आन्तरिक खेल खेले पनि “र” को  कै जोर नचल्ने लगभग निश्चीत छ। तर  येशले ‘पूर्व पंच’ अर्जुननरसिंह केसीको जस्तै गगन थापा र कृष्ण सिटौलाको राजनिती लाई निकै कठीन मोडमा पुरायीदिने लगभग निश्चीत छ।

ccc

WRITE COMMENTS FOR THIS ARTICLE

YOU MAY ALSO LIKE