मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

नेपाली कांग्रेसको तेह्रौं महाधिवेशनको औपचारिक सुरुवात कार्यवाहक सभापति रामचन्द्र पौडेलले पानसमा बत्ती बालेर गरे

innaguration

नेपाली कांग्रेसको तेह्रौं महाधिवेशनको औपचारिक सुरुवात कार्यवाहक सभापति रामचन्द्र पौडेलले दिउँसो दुई बज्न दुई मिनेट बाँकी रहँदा पानसमा बत्ती बालेर गरेका थिए । खुल्लामञ्चमा आयोजना गरिएको महाधिवेशनमा उदघाटन समारोहमा अतिथिका रुपमा प्रधानमन्त्री केपी शर्मा ओली, एमाओवादी अध्यक्ष प्रचण्ड, पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, मन्त्रीहरु विजयकुमार गच्छदार, चित्रबहादुर केसी, सीपी मैनालीलगायत सहभागी रहे । उद्घाटन समारोहमा भारतको विहार राज्यका मुख्यमन्त्री नीतिश कुमार उपस्थित छन् । भारतका विभिन्न दलका नेताहरु पनि अतिथिका रुपमा सहभागी छन् । यसैगरी, बंगलादेश, क्याम्बोडिया, पाकिस्तान लगायतका मुलुकबाट पनि महाधिवेशनमा शुभकामना दिन नेताहरु आएका छन् । उदघाटन समारोहमा स्वागत मन्तव्य काठमाडौं जिल्ला कांग्रेसका सभापति सबुज बानियाँले व्यक्त गरेका थिए ।

2

कांग्रेस महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस, एमाले र अन्य दल मिलेर आर्थिक उन्नतितर्फ लाग्नुपर्नेमा जोड दिए । उनले कांग्रेसको महाधिवेशनबाट आर्थिक विकासको भरपर्दो निर्णय हुनसक्ने विश्वास समेत व्यक्त गरे । महाधिवेशनबाट कांग्रेस पत्यारिलो र भरपर्दो पार्टी बन्ने समेत उनले विश्वास व्यक्त गरे । प्रधानमन्त्री ओलीले विदेशी पाहुनाहरुलाई धन्यवाद दिंदै नेपालमा प्रजातान्त्रिक प्रक्रियाबाट हुने सबैखालका परिवर्तनहरुलाई प्रजातान्त्रिक ढंगबाटै विदेशीहरुको साथ र सहयोग रहनुपर्नेमा जोड दिएका थिए । बहुसांस्कृति, बहुधार्मिक, बहुजातीय देशको विकास सबै मिलेर गर्नुपर्नेमा आगामी दिनमा समेत कांग्रेसले सकारात्मक सहयोग गर्ने उनको विश्वास थियो ।

3
कार्यक्रमलाई सम्बोधन गर्दै भारतको बिहार राज्यका मुख्यमन्त्री नीतिश कुमारले नेपाल र भारतबीचको सम्बन्धका विषयमा धेरै भ्रम रहेकाले त्यसलाई चिर्नुपर्नेमा जोड दिए । उनले नेपाल र भारतबीचको सम्बन्ध अटुट रहेको उल्लेख गर्दै आगामी दिनमा थप सौहार्द सम्बन्धन बनाउनुपर्नेमा जोड दिए । उनले नेपालका राजनीतिक दलहरुबीचको आपसी सद्भाव र सहयोग प्रेरक रहेको उल्लेख गर्दै भने–‘एउटा पार्टीको महाधिवेशनमा अरु पार्टीका शीर्ष नेता आउनु र साथ दिनु साच्चिकै राम्रो पक्ष हो । यो प्रजातन्त्रभित्रको स्वस्थ शैली पनि हो । नेपालको यो शैलीबाट हामीले समेत पाठ सिक्नुपर्ने रहेछ ।’

4 aaa

यसैबीच, भारतीय कम्युनिष्ट पार्टी माक्र्सवादीका पोलिटब्युरो सदस्य जोगेन्द्र शर्माले भारतीय नाकाबन्दीको विरोध गरेका छन् । ‘हाम्रो पार्टी नेपाली जनताको दुःख र यातनाका साथमा छ,’ भारतीय नेता शर्माले खुल्लामञ्चबाट भने,’हामीले नाकाबन्दीका विषयमा संसद र सडकबाट संघर्ष गर्यौं, सरकारले नेपालमै आन्दोलन भएका कारण ब्लकेड भएको जवाफ दियो । त्यसपछि हामीले संसदीय टोली नेपाल पठाउनुपर्ने माग गर्यौं । सच्चाइ के हो ? यदि भारतले नाकाबन्दी गरेको हो भने, दोस्रो देशबाट नाका खोल्नुपर्छ भन्ने माग राख्यौं ।’ शर्माले आफ्नै सरकारले लगाएको नाकाबन्दीको विरोध गर्दा खुल्लामञ्चमा उपस्थित कांग्रेस कार्यकर्ताले हुटिङ गर्दै तालीको पर्रा छुटाएका थिए । शर्माले भारतमा पनि साम्प्रदायिक तत्वहरुले हिन्दुराष्ट्र चाहिन्छ भन्दै ‘खून खराबा’ गरिरहेको बताए । त्यही तत्वले नेपालमा समेत हिन्दू राष्टको नाममा खेल्न खोजिरहेको दाबी गरे ।

z1 z2

SUMMARY:

भारतीय कम्यूनिष्ट पार्टी माक्र्सबादीका पोलिटब्यूरो सदस्य जोगेन्द्र शर्माले नाकाबन्दीको विरोध गरे भने, विहारका मुख्यमन्त्री नितिसकुमारले पटनाबाट विपी कोइरालाको नेपाल यात्रालाई सम्झे । ‘विपी कोइराला पट्नाबाट नेपाल आउँदै हुनुहुन्थ्यो, चन्द्र शेखरजी विमानस्थलमा बिदाई गर्न पुग्नु भएको थियो’ नितेशले भने ‘हामीलाई लागेको थियो विपी गिरफ्तार हुनुहुनेछ, त्यसरी नेपाली कांग्रेसको निर्माण भएको हो ।’ उद्घाटन समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले पत्यारिलो र इमान भएको कांग्रेस होस भन्दै शुभकामना दिए । उनले नेपाली कांग्रेस जेठा पार्टी भएकाले सुझबुझ पूर्ण निर्णय लिन उनले सुझाए । कार्यक्रमको अन्त्यसम्म बसेका एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले नेपालमाथी नाकाबन्दी गर्नुको कारण भारतीय नेताहरुसँग मागे । महाधिबेशनमा शुभकामना दिँदै मन्चमै रहेका भारतीय नेताहरुसँग नाकाबन्दीको कारण मागेका छन् । ‘भगत सिंहज्यू हामी छिमेकीको सहयोग चाहान्छौ तर सहयोगका नाममा हाम्रो संवेदना दुख्ने गरि गतिविधि किन हुन्छन ?’ प्रचण्डले प्रश्न शब्दमा भने ‘नाकाबन्दी ब्यहोर्नु पर्ने हामीले के गल्ती गरयौै ।’ प्रचण्डले नेपाललाई बलियो बनाउन बाह्यभन्दा आन्तरिक शक्तिको एकता आवश्यक भएको बताए । ‘मैले र गिरिजाबाबुले चुनौतिको सामना गर्दै राजनीतिक परिवर्तन गर्ने आँट गरयौ’ प्रचण्डले भने ‘देश अझै स्वस्थ अवस्थामा फर्केको छैन, त्यसको कार्यभार पुरा गर्ने जिम्मा अब काँग्रेसको काँधमा छ । उनले सुशील कोइरालाको नेतृत्वमा संविधान बनेपनि कार्यान्वयनको चुनौति अझै कायमै रहेको बताए । संविधानको कार्यान्वयन देशका सवै शक्ति मिलने मात्र सम्भव भएको बताए । कार्यक्रमा नेपाली कांग्रेसका कार्यबहाक सभापति रामचन्द्र पौडेलले संविधान कार्यान्वयन, र मधेसबादी दलका मागहरु सम्बोधन गरी सहकार्यको बाटोमा जानुपर्नै बताए । राजनीतिक दलहरुप्रति मिडिया र सामाजिक सञ्जालमा भएका टिप्पनी हेरेर दिक्क लाग्ने बताए ‘नेता र राजनीतिलाई गाली गरेको देख्दा कहिले आत्महत्या गरुँ झै लाग्छ ।’ उनले भने । उनले राजनीतिप्रति जनतामा अविश्वास पैदा गरे देश नै डब्ने बताए । अर्का नेता शेरबहादुर देउवाले विनाशकारी भूकम्पपछि देश थिलथिलको भएको र पुर्ननिर्माणका लागि कांग्रेस लाग्नु पर्ने बताए । कार्यक्रममा भारत, बंगलादेशका नेताहरुले कांग्रेसलाई शुभकामना दिँदै नेपालसम्बन्धका वारेमा आफ्ना धारणा राखेका थिए ।

z3 z4 z5 z6 z7 z8 z9 zz1 zz2 zz3 zz4 zz5 zz6 zz7 zz8 zzz zzz2 zzz22 zzz222

 

WRITE COMMENTS FOR THIS ARTICLE

YOU MAY ALSO LIKE