मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

जम्मा ११ मतको कमीले रोकिए देउवा : सभापति पदकालागि दोस्रो चरणको पुन: प्रतिस्पर्धा हुने

Screen Shot 2016-02-14 at 11.33.38 PM

काठमाडौं। नेपाली काँग्रेसको १३औं महाधिवेशनमा सभापति पदकालागि भएको निर्वाचनमा कसैले ५०% + १ मत नल्याएको कारणले पुन: नेता शेर बहादुर देउवा र नेता रामचन्द्र पौडेल बिच सभापति पदकालागि निर्वाचन हुने भएको छ। ११ मतको कमीले देउवा पहिलो चरणमै सभापति हुनबाट बञ्चित भएका हुन्।

सभापति पदकालागि निर्वाचित हुन कम्तिमा १ हजार ५ सय ७५ मत प्राप्त गर्नु पर्ने स्थितीमा देउवाले १५६४ मत मात्र प्राप्त गर्दा निर्वाचन दोस्रो चरणमा प्रवेश गरेको हो। दोस्रो चरणमा देउवा र पौडेल बिच प्रतिस्पर्धा हुने भएको छ। दोस्रो चरणको निर्वाचन सोमबार बिहान १० बजे हुने भएको केन्द्रिय निर्वाचन समितीले बताएको छ।

अन्तिम मत परिणाम
शेर बहादुर देउवा- १५६४
रामचन्द्र पौडेल- ११६०
कृष्ण प्रसाद सिटौला- ३२४
बदर- १००

WRITE COMMENTS FOR THIS ARTICLE

YOU MAY ALSO LIKE