मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

राति ८ बजेदेखि मतगणना

1`11

फाल्गुन २४, २०७२- निर्वाचन समितिका संयोजक राधेश्याम अधिकारीले कांग्रेस सभापतिका लागि सोमबार भएको दोस्रो चरणको निर्वाचनको परिणाम राति ११ बजे भित्रमा आइसक्ने बताएका छन् । मतदान सम्पन्न भएपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिदैं अधिकारीले राति ८ बजेबाट मतगणना थालिने जनाए ।

‘कुनै प्राविधिक समस्या आएन भने ८ बजेबाट गणना सुरु गर्छौं,’ उनले भने ‘गणना सुरु भएको दुई देखि अढाई घण्टा भित्र परिणाम आउँछ ।’ उनले सक्दो छिटाे मतगणना सक्ने हिसाबले काम थालिने भन्दै सुरुमा २ वटा समूह बनाएर मतगणना थालिने र आवश्यकता अनुसार गणनाको समूह बढाउन सकिने बताए । आज भएको निर्वाचनमा ३ हजार १ सय २० ले मतदान गरेका छन् ।

लगातार तीन दिन देखिको खटाईले निर्वाचन समिति र त्यसमा संलग्नहरु थकित रहेकाले भोलि(मंगलबार) बिहानबाट पार्टी कार्यालय सानेपामा मतगणनाको मनिस्थितिमा निर्वाचन समिति रहेपनि नेताहरुको दवाबमा आजै गणनाको निष्कर्षमा समिति पुगेको हो ।

WRITE COMMENTS FOR THIS ARTICLE