मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

देउवाले सिटौलालाई पनि मिलाएर तुरुन्तै भावी सरकारले नेतृत्व लिनपहल गर्ने : बालकृष्ण खाण

1

काठमाडौं– कांग्रेस सभापतिमा शेरबहादुर देउवा विजयी भएसँगै सरकार परिवर्तनको कुरा उठेको छ । काँग्रेस नेता बालकृष्ण खाणले अव देउवाको नेतृत्वमा नयाँ सरकार गठन हुने बताएका छन् । देउवापक्षधर मानिने खाँणले यस्तो प्रतिकृया दिएका हुन् । ‘अहिलेको अप्राकृतिक गठबन्धनको सरकारले मुलुकलाई निकाश दिन सक्दैन, हामी नेपालका ठूला राजनीतिक दलहरु काँग्रेस एमाले माओवादी र मधेशबादी दलहरुलाई मिलाएर दुई तिहाई सहमतिको सरका गठनका लागि हामी प्रयत्न गर्छौँ’ उनले भने ‘काँग्रेसका हजारौँ, लाखौँ कार्यकर्ताहरुले चाहेका सभापति देउवाले नै भावी सरकारले नेतृत्व गर्नुहुने छ ।’ उनले सकारमा सिटौलालाई पनि मिलाएर लैजाने बताए ।

WRITE COMMENTS FOR THIS ARTICLE

YOU MAY ALSO LIKE