मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

नेपाल खाद्य प्रविधिको सक्षम अन्तर्राष्ट्रिय हब बन्न सक्छ: खाद्य वैज्ञानिक घिमिरे

aabबरिष्ठ खाद्य वैज्ञानिक नारायण घिमिरले क्यानडा, अमेरिका र मेक्सिकोमा जसरी अर्को पुस्ताको लागि खाद्यान्न बजारमा ल्याईएको छ त्यसरी नै नेपालमा पनि उक्त कार्यक्रम लागु गर्न सकिने विश्वास व्यक्त गरेका छन् ।

bbb

सोमबार राजधानीमा पत्रकार सम्मेलन गर्दै वैज्ञानिक घिमिरले आफ्नो एक दशकको अनुभवमा क्यानडा र अमेरिकामा भावी सन्ततीको लागि कसरी प्रोटिनयुक्त साकाहारी मासु र अण्डा तयार पार्ने भन्ने विषयमा सफल भएको अनुभव उल्लेख गर्दै उक्त प्रविधि नेपालमा पनि सफल रुपमा लागु गर्न सकिने दाबी गरे । उनले भने,‘जसरी क्यानडा र अमेरिकामा उक्त प्रविधि सफल भयो त्यो भन्दापनि दुई गुणा बढि नेपालमा उक्त प्रविधि सजिलै सफल हुन्छ ।’ नेपालमा पनि खाद्य वैज्ञानिकहरु अत्यन्तै सफल, योग्य र क्षमतावान रहेको उल्लेख गर्दै उनीहरुलाई तत्काल प्रविधियुक्त साधन र स्रोतको साथमा सामाजिक सहयोग उपलब्ध गराईए उक्त प्रविधि नेपालमा सजिलै सफल हुने उनको दाबी छ ।

उक्त साकाहारी मासु खाँदा मान्छेले मासु नै खाएको अनुभव गर्छ तर यथार्थमा उक्त मिट भने प्रोटिनयुक्त साकाहारी हुने उनले जाकारी दिए ।

घिमिरेले क्यानडा र अमेरिकामा तयार पारिने उक्त खाद्यान्नको लागि आवश्यक कच्चा पदार्थ एशियाबाटै लगिने र प्रशोधनपछि ७० प्रतिशतभन्दा बढि एशियामै निर्यात हुने हुनाले नेपाल पनि आगामी दशकको लागि उक्त विषयमा प्राविधिक हब हुने विश्वास व्यक्त गरे ।

लिन सिक्स सिग्मामा मास्टर ब्ल्याक बेल्टको उपाधि हासिल गरेका घिमिरे विगत एक दशकदेखि क्यानडा बस्दै आएका छन् । उनी क्यानडामा खाद्य वैज्ञानिक र फ्लेभरिष्टको रुपमा काम गर्दै आएका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

YOU MAY ALSO LIKE