मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

नयाँ शक्तिको नयाँ निर्णयहरु : बाबुरामदाईको नयाँ शक्तिको औचित प्रमाणित गर्ने प्रयास

444

नयाँ शक्तिको सचिवालय बैठकले गर्यो नयाँ निर्णयहरु (निर्णयहरुको सूचिसहित)

काठमाडौं, २८ फागुन । नयाँ शक्ति नेपालको केन्द्रीय सचिवालयको बैठक पार्टी कार्यालय बबरमहलमा संयोजक डा बाबुराम भट्टराईको अध्यक्षतामा बसेको छ ।

बैठकले पार्टीप्रतिको आकर्षणलाई संगठनमा बदल्न विभिन्न प्रदेशमा बृहत अन्तरक्रिया कार्यक्रम तय गरेको छ । बैठकपछि पार्टी प्रवक्ता खिमलाल देवकोटाद्वारा जारी विज्ञप्तिका अनुसार १२ गते विराटनगरमा, १४ गते विरगञ्जमा, १६ गते नेपालगञ्ज र २० गते काठमाडौंमा बृहत अन्तरक्रियाको समन्वय गर्न क्रमशः सचिवालय सदस्यहरु पासाङ शेर्पा, रामचन्द्र झा, सुरेन्द्र झा र पार्टी कार्यालयलाई जिम्मेवारी दिएको छ ।
बैठकले अनावश्यक भाषण र फजुल खर्च अन्त्य गर्न सञ्चालकले नै अध्यक्षता गरी कार्यक्रम गर्ने, खादा मालाको व्यवस्था हटाउने, राष्ट्रिय गान र सहिदप्रति श्रद्धाञ्जलीबाट कार्यक्रम सुरु गर्ने लगायतका निर्णय गरेको प्रवक्ता देवकोटाले जानकारी दिए ।
यस्तो छ नयाँ शक्तिको सचिवालयले गरेका अन्य निर्णयहरु :
 Capture
प्रेस विज्ञप्ती
यही मिति २०७२ साल फागुन २८ गते शुक्रबारका दिन पार्टीको केन्द्रीय सचिवालयको बैठक संयोजक डाक्टर बाबुराम भटटराईको अध्यक्षतामा बस्यो । बैठकले गरेका निर्णयहरु सार्वजनिक जानाकारीकालागि यो प्रेस विज्ञप्ती जारी गरिएको छ ।
१. पार्टीको यतिबेलाको पहिलो कार्यभार संगठन निर्माण नै हो यसकालागि सदस्यता वितरण पहिलो शर्त हो । यसैलाई ध्यानमा राखी देशैभरी पार्टीप्रति रहेको आकर्षणलाई संगठनमा बदल्न सदस्यता वितरण अभियानलाई ध्यानमा राखी निम्न मिति र स्थानहरुमा बृहत अन्तरकृया कार्यक्रम संचालन गर्ने निर्णय गरिएको छ ।
१२ गते विराटनगरः सम्बन्धित पार्टीसंगको समन्वयमा विशेष संयोजन सचिवालय सदस्य पासाड शेर्पाले गर्नुहुनेछ ।
१४ गते विरगन्जः सम्बन्धित पार्टीसंगको समन्वयमा विशेष संयोजन सचिवालय सदस्य रामचन्द्र झाले गर्नुहुनेछ ।
१६ गते नेपालगन्जः सम्बन्धित पार्टीसंगको समन्वयमा विशेष संयोजन सचिवालय सदस्य सुरेन्द्र चौधरीले गर्नुहुनेछ ।
२० गते काठमाण्डौ: सम्बन्धित पार्टीसंगको समन्वयमा विशेष संयोजन कार्यालयले गर्ने गरी जिम्मेवारी तोकिएकोछ ।
२. प्रादेशिक सम्पर्क परिषद
देशैभरीबाट विभिन्न काम विशेषले काठमाण्डौमा वस्ने समर्थक शुभचिन्तकहरुलाई संगठित गर्न जिल्लास्तरको मान्यता  रहनेगरी प्रादेशिक सम्पर्क परिषद गर्ने निर्णय गरिएको छ । जसमा सचिवालय सदस्य विरेन्द्र पोखरेललाई संयोजक र अन्तरिम केन्द्रीय परिषद सदस्य कृष्ण शर्मा सहसंयोजक तोकिएको छ ।
३. तराई मधेशको समस्यालाई विषय केन्द्रित भै समाधान गर्ने हेतुले मधेश समस्या बारेमा अध्ययन गरी एक हप्ताभित्र कार्यालयसंग समन्वय गरी प्रतिवेदन तयार गर्ने गरी सुरेन्द्र चौधरी, पासाड शेर्पा र मुक्ति प्रधान तोकिएकोछ ।
४.  कार्यक्रम संचालन व्यवस्थित र प्रभावकारी ढंगले संचालन गर्न कार्यक्रम संचालन निर्देशिका पारित गरिएको छ । कार्यक्रम तयारीलाई प्रभावकारी बनाउनकालागि कम्तिमा एक हप्ता अघि सम्बन्धित समितिको निर्णय गरेर कार्यक्रम निर्धारण गर्ने, कार्यक्रमको विवरण, कामको जिम्मेवारी वाडफाड,आम्दानीको खर्च पारदर्शिताको सुनिश्चित गर्ने विधि अवलम्वन गर्ने र व्यवस्थापन सरल र मितव्ययी वनाउने वारेमा ध्यान दिने निर्णय गरिएको छ । कार्यक्रममा मध्यपान धुम्रपान पूर्ण प्रतिबन्धित गरिएको छ ।
५.  कार्यक्रम संचालन समयलाई ध्यान दिने, राष्ट्रिय गानबाट सहिदप्रति श्रद्धान्जलीवाट आरम्भ गर्ने अनावश्यक आसनग्रहण लम्मेतान भाषण र वक्ताहरुको ताँती लाग्ने प्रवृत्तिको अन्त गर्ने सोकालागि संयोजकले नै कार्यक्रम संचालन गर्ने आशन ग्रहणको परम्परा अन्त्य गर्ने माला खादा अविरजस्ता फजुल खर्चिला काम केही नगर्ने लगायतका निर्णयहरु ग्रिएको छ ।
६.  पार्टीको झण्डाबारे, रातो पृष्ठभुमिमा सेतो पाचकुने तारा अंकित चार कुने झण्डालाई पार्टीको झण्डाका रुपमा प्रयोग गर्ने निर्णय गरिएको छ ।
७. आर्थिक कार्यविधि पारदर्शि र विश्वसनीय बनाउन आर्थिक कार्यविधि व्यापक छलफल सहित पारित गरिएको छ ।
८. स्थानिय निकायमा पार्टीको संलग्नता नगराएका निकायहरुमा सहभागिताकालागि पहल गरी सहभागिता लिने निर्णय गरिएको छ ।
९. जनता समक्ष उत्तरदायीत्वको ग्यारेण्टी गर्न हेतु छिटै जनलोकपालको व्यवस्था गरी काम कारवाही व्यवस्थित ढंगले अघि बढाउने र सो जनलोकपाल नबन्दासम्म सचिवालय सदस्य खिमलाल देवकोटा र मुक्ति प्रधानले सो जिम्मेवारी सम्पन्न गर्ने गरी तोकिएको छ ।
१०. अन्तरिम केन्द्रीय परिषदमा केही सदस्यहरु थप गर्ने निर्णय गरिएको छ ।
११. अर्को बैठक देशैभरी तोकिएका शहरहरुमा अभियानकै रुपमा अन्तरक्रिया सम्पन्न गरे पछि समिक्षा सहित बैठक बस्ने गरी सचिवलायले गरेका निर्णयहरु तदारुकताकासाथ कार्यान्वयन गर्न आग्रह गर्दै संयोजकले आजको बैठक स्थगित गर्नुभयो ।
खिमलाल देवकोटा
प्रवक्ता
नयाँ शक्ति, नेपाल

WRITE COMMENTS FOR THIS ARTICLE

YOU MAY ALSO LIKE