मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

कांग्रेसमा भोट प्याटर्न : यसरी भएको छ भोटिङ क्रस : सबैपदमा कल्ले कति भोट पाए ?

एक घण्टामा २८ मत मात्रै गन्न सकेको हुनाले यहि पारा रहे बाकि २ हजार ६ सय ४५ मत गन्न अझै १० दिन लाग्ने

रमेश वाग्ले –

काठमाडौं : नेपाली कांग्रेसको १३औं महाधिवेशन अन्तर्गत मतदान भएको आज पाँच दिन पूरा भएको छ। तर सभापति, महामन्त्री, कोषाध्यक्ष र मुस्लिम कोटाका एक केन्द्रीय सदस्य बाहेक अन्य केन्द्रीय सदस्यको मत परिणाम अझै आइसकेको छैन। खुल्ला तर्फको  मत गणना प्रोजेक्टरबाट ठूलो स्क्रिन राखेर भइरहेको छ। त्यसैले मत गणना सुरु गरेको तेस्रो दिन पनि एक हजार मत गन्न सम्भव भइरहेको छैन। मत गणना ढिलो अघि बढ्दा परिणाम सुन्न आतुर उम्मेद्वार र उनीहरुलाई भोट हाल्ने प्रतिनिधि मात्र हैन समाचार संकलनमा जाने पत्रकारहरु समेत दिक्क छन्। तर कांग्रेसको भोट प्याटर्न अध्ययन गर्न चाहनेका लागि भने मत गणना एउटा खुल्ला विद्यालय नै भएको छ।

प्रतिनिधिको भोट प्याटर्न हेर्दा गजबको प्रयोग देखिन्छ। खुल्ला पच्चिस तर्फको केन्द्रीय सदस्यतर्फको मतदानको प्याटर्न हेर्दा त्यहाँ थरी थरी मतदाताको मनोदशा बुझ्न सकिन्छ। नेपाली कांग्रेस चरम गुटबन्दीले गाँजेको पार्टी हो। भोट प्याटर्न हेर्ने हो भने नेता मात्र हैन कार्यकर्तालाई पनि गुटको प्रभावमा रहेको देखिन्छ। तर उनीहरुमा नेताहरुमा जस्तो कट्टरता भने देखिँदैन।देउवा पक्षका भोटरले कोइराला परिवारका सदस्यलाई पनि हालेका छन् भने कोइराला पक्षका भोटरले पनि देउवा पक्षका नेतालाई भोट हालेका छन्। त्यसबाहेकका केही भोटरको कम भने जतासुकै पनि छरिएको छ।
11
संस्थापन पक्षका धेरै भोटरले क्रम संख्या एकमा रहेका सुशील कोइरालाका भाइ अशोक कोइरालाबाट भोट हालेका छन्। उनलाई भोट हालेका धेरैजसो भोटरको भोट क्रमसंख्या ८० मा रहेको सुजाता कोइरालाको नाममा पुग्दा २५ मत पुग्छ र त्यही टुंगिन्छ। उनीहरुले देउवा पक्षका प्रदीप गिरिको नाममा भोट क्रस गरेको देखिन्छ।

त्यस्तै देउवा पक्षका मतदाताको भोट क्रमसंख्या ३ मा रहेका उदयसमशेरको नामबाट सुरु हुन्छ र भोटर लिस्टको अन्तिममा रहेको क्रमसंख्या ९० मा पुग्दा मात्र २५ केन्द्रीय सदस्यको कोटा पूरा हुन्छ। त्यहाँ पनि भोट क्रस देखिन्छ। देउवा पक्षबाट नै आएका भोट प्रकाशमान सिंह, बलबहादुर केसी र कोइराला परिवारका सदस्य डा शेखर कोइराला र युवा नेता प्रदीप पौडेलमा क्रस भएको देखिन्छ। छिटपुट मतदाताले पूर्वसभापति गिरिजाप्रसाद कोइराला पुत्री सुजातालाइ भोट क्रस गरेको देखिन्छ। तर आफ्नो पक्षका महत्वपूर्ण नेताहरुलाई उनीहरुले छुटाएको देखिँदैन।

यसअघिको संस्थापन पक्षका भोटरमा भने कोइराला परिवारका सदस्यहरुमा बीचमा पनि भेदभाव देखिएको छ। भोटरहरुले शेखर कोइरालालाई मतदान गरेका छन् भने सुजातालाई भोट हालेका छैनन्। सुजातालाई भोट हाल्ने कतिपय मतदाताले शेखरलाई भोट हालेका छैनन्। कांग्रेसमा तेस्रो गुट हो नेता खुमबहादुर खड्काको। खड्कालाई भोट हाल्नेले संस्थापन पक्षका उम्मेदवारलाई पनि भोट हालेका छन्। उनका गुटकाले उनलाई र शंकर भण्डारीलाई भने छुटाएका छैनन्। तर बाँकी भोट कता जाने भन्ने ठेगान देखिँदैन। उनको गुटका प्रतिनिधिहरुले उनलाई र शंकर भण्डारीलाई छुटाएका छैनन् भने कसैले प्रदिप पौडेल र शेखर कोइरालासहित अन्यलाई पनि भोट हालेका छन्। कसैले ती दुई बाहेक सुजाता कोइरालाला लगायतलाई पनि भोट हालेका छन्।

नेता कुलबहादुर गुरुङ, गोविन्दराज जोशी, विनयध्वज चन्द र लक्ष्मण घिमिरेलाई भोट दिएकाले त्यही समूहका लक्ष्मण घिमिरेलाई छुटाएका छन्। उनीहरुले टिमका बाँकी नेतालाई भोट हालेर शेरबहादुर प्यानलमा भोट हालेको देखिन्छ। केही प्रतिनिधिहरुले संस्थापन पक्षका नेताहरु अर्थात् कोइराला परिवारका सदस्य र प्रकाशमान सिंहलाई पनि मतदान गरेको देखिन्छ।

अर्का क्रान्तिकारी प्रतिनिधिहरु देखिएका छन् जसले स्थापित नेताहरु मध्ये एकलाई मात्र भोट हालेका छन् र बाँकी पहिलो पटक केन्द्रीय समितिमा जानका लागि चुनाल लडेका र पुराना भए पनि केन्द्रीय समितिमा नपुगेका नेताहरुलाई मात्र भोट हालेका छन्। त्यसरी भोट पाउने भाग्यमानीहरुमा तारानाथ दाहाल, टेकराज पौडेल, महेन्द्र शर्मा लागायत छन्। त्यस्ता भोटरहरुले धावा गुरुङ (दावा) र अरु मतदाताले भोट नै नहालेका धेरैलाई मतदान गरेर आफ्नै एक मत हुनबाट समेत जोगाइदिएका छन्। त्यस्ता मतदाताहरुले एक जना पुरानालाई मतदान गरेका छन्। तर त्यो सुजाता कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि, खुमबहादुर खड्का वा अरुलाई गएको देखिन्छ तर एकरुपता भने देखिँदैन।

सबैपदका लागि प्रतिस्पर्धाको मत संख्या यस्तो छ
खुला केन्द्रीय सदस्यमा २५ पदका लागि ९० जना प्रतिस्पर्धामा छन्। सबैको मत संख्या यस्तो छ-

उम्मेदवारको नाम शुक्रबार तेस्रो दिन ६५३ मत गनिसक्दा प्राप्त मत
  1. डा. शेखर कोइराला
384
  1. खुम बहादुर खड्का
381
  1. प्रकाशमान सिंह
377
  1. प्रदीप पौडेल
375
  1. बिमलेन्द्र निधि
370
  1. बालकृष्ण खाण
362
  1. पूर्ण बहादुर खड्का
359
  1. रमेश लेखक
359
  1. महेश आचार्य
352
  1. प्रदीप गिरी
351
  1. कुलबहादुर (के.बी.) गुरुङ
345
  1. धनराज गुरुङ्ग
344
  1. डा. राम शरण महत
337
  1. विश्वप्रकाश शर्मा
337
  1. बल बहादुर के.सी.
333
  1. सुजाता कोइराला
331
  1. शंकर भण्डारी
324
  1. डा. प्रकाश शरण महत
319
  1. चन्द्र भण्डारी
313
  1. डा. मिनेन्द्र रिजाल
313
  1. गोपाल मान श्रेष्ठ
309
  1. डा. नारायण खडका
303
  1. बद्री पाण्डे
303
  1. एन.पि. साउद
297
  1. ज्ञानेन्द्र बहादुर कार्की
297
  1. जिपछिरिङ लामा
272
  1. उदय शम्शेर राणा
262
  1. डिना–महालक्ष्मी उपाध्याय
261
  1. पदम नारायण चौधरी
259
  1. अशोक कोइराला
244
  1. गोबिन्दराज जोशी
244
  1. मनमोहन भट्टराई
232
  1. प्रा.डा. गोविन्दराज पोखरेल
214
  1. रामहरी खतिवडा
206
  1. तारानाथ रानाभाट
198
  1. ध्रुव वाग्ले
178
  1. राम कृष्ण ताम्राकार
173
  1. चिरञ्जिवी वाग्ले
157
  1. सूर्य मान गुरुङ
150
  1. लक्ष्मण बहादुर बस्नेत
144
  1. पुस्कर नाथ ओझा
143
  1. पूर्ण कुमार शेर्मा लिम्वू
134
  1. धावा गुरुङ्ग (दावा)
133
  1. हस्त बहादुर मल्ल
129
  1. महेन्द्र कुमार शर्मा
125
  1. मित्र सेन दहाल
124
  1. पुष्पराज पराजुली
121
  1. मोहन ज्ञवाली
118
  1. शोभाकर पराजुली
115
  1. टेकराज पौडेल
96
  1. तारानाथ दाहाल
95
  1. हरिबोल भण्डारी
93
  1. किरण राज पौडेल
90
  1. राजेन्द्र वजगाई
89
  1. गोविन्द बहादुर शाह
88
  1. लक्ष्मण प्रसाद घिमिरे
84
  1. बिनयध्वज चन्द
76
  1. त्रैलोक्य प्रताप सेन
74
  1. राजन के.सी.
68
  1. बालकृष्ण दाहाल
63
  1. शुसिल नाहटा
48
  1. डा. भगवान प्रसाद यादव
47
  1. डा. सुरेश चन्द्र चालिसे
45
  1. सिताराम भण्डारी
44
  1. हुर्मत कुमार न्यौपाने
44
  1. चिरिञ्जीबीनिधी तिवारी
42
  1. चन्द्र बहादुर के.सी.
41
  1. प्रेम बहादुर खड्का
38
  1. प्रदीप राज शर्मा
37
  1. मोहम्मद निजामुद्दिन
36
  1. गजेन्द्र कार्की
34
  1. तिलक प्रसाद सापकोटा
32
  1. प्रकाश कुमार उपाध्याय
32
  1. राजेश आचार्य
32
  1. कमलेश कुमार शर्मा
30
  1. उमेश कुमार मिश्र
29
  1. साधु राम खड्का
29
  1. महेश थपलिया
27
  1. रउफ अहमद खाँ
26
  1. उत्तर बहादुर ऐर
25
  1. घनश्याम रेग्मी
24
  1. प्रविन बन
22
  1. हाजिम अब्दुल मिया
22
  1. केशव राज आचार्य
20
  1. सुनिल नरसिंह राणा
17
  1. बल बहादुर खवास
16
  1. बर्षा राम भण्डारी
13
  1. हरी बहादुर खड्का
13
  1. प्रशान्त मान सिंह मास्के
12
  1. युवराज शर्मा
12

 आदिवासी जनजातितर्फ तीन पदका लागि ८४७ मत गन्दाको स्थिति

  1. बहादुर सिंह (लामा) तामाङ
242
  1. चिन काजी श्रेष्ठ
237
  1. महादेव गुरुङ्ग
196
  1. कल्याण कुमार गुरुङ्ग
195
  1. आङ गेलु शेर्पा
172
  1. तुलसी सुव्वा
153
  1. दुर्योधन सिंह थारु
140
  1. पूर्ण बहादुर तामाङ (कान्छाराम)
117
  1. कर्मा छेरीङ्ग शेर्पा
94
  1. भीमसेन दास प्रधान
78
  1. टेक प्रसाद गुरुङ्ग
63
  1. चन्द्र महर्जन
53
  1. दिलमान पाख्रिन
44
  1. सर्वधन राई
42
  1. नगेन्द्र कुमार कुमाल
40
  1. नर वहादुर पुन (निरज)
39
  1. तारामान गुरुङ्ग
36
  1. भीम श्रीस
30
  1. कमल तामाङ्ग
29
  1. मीन कृष्ण महर्जन
28
  1. कबेल बहादुर लामा
24
  1. उदय मोहन श्रेष्ठ
23
  1. मुक्तिनाथ चौधरी
23
  1. वलराम सरदार (थारु)
20
  1. हर्षजीत लामा
18
  1. भरत गुरुङ्ग
17
  1. केशरमान रोका (मगर)
15
  1. विनोद वान्तावा
15
  1. विष्णु कुमार राई
15
  1. देवेन्द्र कुमार शेरचन
13
  1. मोहन कुमार राई
12
  1. टिका राम गुरुङ्ग
10
  1. बंशलाल तामाङ
9
  1. झक्कु प्रसाद घर्ती
8
  1. टंक प्रसाद राई
8
  1. घनेन्द्र राज श्रेष्ठ
7
  1. धर्मेन्द्र विक्रम नेम्वाङ
6
  1. सूर्यदेव दास उराँव
6
  1. शिव कुमार श्रेष्ठ
6
  1. लाक्पा लामा
0

आदिवासी जनजाति महिला आरक्षणतर्फ दुई पदका लागि ८०० मत गन्दाको स्थिति

  1. सीता गुरुङ
362
  1. रत्न शेरचन
234
  1. सरस्वती बजीमय
187
  1. ललिता किङ्गरिङ्ग मगर
176
  1. उषा गुरुङ्ग
114
  1. बिमला गौचन
93
  1. सुश्री जीवन डंगोल
79
  1. दिल कुमारी राई
78
  1. शुशिला थिङ
48
  1. बिन्दा देवी आले राना
41
  1. माया राई
41
  1. हिरा गुरुङ्ग
29

दलित आरक्षणतर्फ तीन पदका लागि १००० मत गन्दाको स्थिति

जीवन परियार 480
मान वहादुर विश्वकर्मा 438
मीन विश्वकर्मा 422
मान बहादुर नेपाली 279
प्रकाश स्नेही 278
शम्भु हजारा दुसाद 254
खडग बहादुर बश्याल 107
कृष्ण सिंह परियार 58
प्रताप राम लोहार 57
श्रीचन पासमान 46
जोगेन्द्र बहादुर वि.क. 41
पुष्पहरी बराईली (विश्वकर्मा) 37
कान्छा बहादुर दुलाल 28
छत्र वहादुर टेलर 27
बसन्त कुमार विश्वकर्मा 23
भिमलाल गहतराज 17
हरि वहादुर गान्धारी 17
राम सुन्दर महरा 16
लिल मान परियार 16
राम पुकार साफी 11

दलित आरक्षण महिलातर्फ दुई पदका लागि

लक्ष्मी परियार 499
सुजाता परियार 487
कविता कुमारी सरदार बाँतर 347
बिमला नेपाली 345
रुपा बि.क. 137

महिला आरक्षणतर्फ ६ पदका लागि भएको निर्वाचनमा ११ सय मत गनिसक्दाको परिणाम

  1. डा. डिला संग्रौला
539
  1. पुष्पा भूसाल
445
  1. कमला पन्त
388
  1. अम्बिका बस्नेत
346
  1. इश्वरी न्यौपाने
344
  1. सरिता प्रसाई
334
  1. प्रमिला राई
299
  1. रीता खनाल
294
  1. रुकमिणी कोईराला
280
  1. मीना पाण्डे
274
  1. मंजु खाँण
267
  1. उमा रेग्मी
231
  1. मृदुला कोइराला
194
  1. प्रतिमा गौतम
171
  1. प्रसीस महरा
145
  1. बिजुला बर्मा
139
  1. सृजना अधिकारी
121
  1. भूमा शर्मा पाण्डेय
99
  1. अनिता देवकोटा
95
  1. धना खतिवडा
94
  1. उमा दहाल
75
  1. हरिप्रभा खड्गी (श्रेष्ठ)
68
  1. इन्दिरा कार्की (इन्दु)
65
  1. लक्ष्मी खतिवडा
61
  1. जानु घिमिरे
58
  1. शारदा पौडेल
58
  1. बसन्ती घिमिरे
54
  1. गोमा केसी
51
  1. उर्मिला नेपाल (के.सी.)
50
  1. कल्पना अधिकारी
50
  1. लिला नेपाल
39
  1. कृष्णा अमात्य
38
  1. यमुना देवी श्रेष्ठ
37
  1. मिता आचार्य
27
  1. मन्जु गौतम
24
  1. शान्ता ढकाल
24
  1. शसि सर्मा
23
  1. कमला ढुङ्गेल
22

मधेसीतर्फ पुरुष तीन सदस्यका लागि  ९९६ मत गणना हुँदाको स्थिति

अजय कुमार चौरसिया 456
महेन्द्र यादव 408
राम कृष्ण यादव 364
रंजित कर्ण 361
बीरेन्द्र कुमार कनोडिया 321
राम चन्द्र तिवारी 273
सुरेन्द्र प्रसाद यादव 61
वादशाह कुर्मी 60
राम दयाल यादव 59
सुधाकर पाण्डेय 54
जितेन्द्र महतो 48
अनुराग यादव 47
सकल देव सुतिहार 47
साजन कुमार महतो 38
राम नारायण मंडल 23

त्यस्तै आरक्षित मधेसी महिलातर्फका दुई सदस्यको लागि ९९६ मत गनिसक्दाको स्थिति

किरण यादव 392
पार्वता डि.सी. (चौधरी) 371
श्रीमति मिनाक्षी झा 370
मुक्ता कुमारी यादव 260
गोमा पराजुली अंसारी 98
अन्जु सिंह चौधरी 91
श्रीमति मोहम्मदी सिद्दिकी 87
मंजु कुमारी यादव 84
भोटनी देवी खवास 71

WRITE COMMENTS FOR THIS ARTICLE

YOU MAY ALSO LIKE