मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

साउदी अरबका तत्कालीन राजदूत हमिद अन्सारीलाई विशेष अदालतले भ्रष्टाचारी ठहर

Screen Shot 2016-03-14 at 10.15.16 PM

काठमाडौं – मृतकका आफन्तले पाउने राहत रकम खाएको अभियोगमा मुछिएका साउदी अरबका तत्कालीन राजदूत हमिद अन्सारीलाई विशेष अदालतले भ्रष्टाचारी ठहर गरेको छ । विशेषले अन्सारीमाथि ३ लाख ९६ हजार रुपैयाँ जरिवाना र सात महिना कैद हुने फैसला गरेको छ ।

अन्सारीले साउदी अरबमा कामको सिलसिलामा मृत्यु भएका एक कामदारको क्षतिपूर्तिबापत आउने २० हजार रियाल आफैंले झिकेर लिएका थिए । ती कामदारका आफन्तले पहिलो र दोस्रो किस्तामा २७ हजार र २० हजार पाउनुपर्ने थियो । पछिल्लो किस्ता भने राजदूतले आफ्नो नाममा निकालेर पीडित आफन्तलाई नदिएको प्रमाणित भएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

YOU MAY ALSO LIKE