मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

ओली जी नतर्सिनुस्, हामीलाई सरकारको हतारो छैन’ : सभापति देउवा

Capture
काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले कांग्रेसलाई सरकारमा जाने हतारो नभएकाले केपी ओलीलाई नतर्सिन भनेका छन् । मंगलबार बिहान प्रेस युनियनको बधाई तथा शुभकामा ग्रहण गर्दै सभापति देउवाले कांग्रेस अहिले सरकारमा जाने मनस्थितिमा नरहेको र हतारो छैन भनेका हुन् ।
देउवाले भने, ‘प्रधानमन्त्री ओली जी ले न आँत्तिए हुन्छ, आफ्नो टिमलाई अझै कसरी मिलाएर लान सकिन्छ, त्यतातिर सोचे हुन्छ ।’ देउवाले आफुहरु आफ्नै आन्तरिक व्यवस्थापनमा लाग्नु पर्ने भएकाले आफुहरुलाई सरकारबारे सोच्ने समय नरहेको बताए ।

WRITE COMMENTS FOR THIS ARTICLE

YOU MAY ALSO LIKE