मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

लौह पुरुष गणेशमान सिंहको तस्विर अंकित दुई हजार रुपियाँको सिक्का निष्काशन

aabb

नेपाल राष्ट्र बैंकले लौहपुरुष गणेशमान सिंहको तस्विर अंकित सिक्का पहिलो पटक निष्काशन गरेको छ । गणेशमान सिंहको जन्मशताब्दीको अवसरमा उनको तस्बिर अङ्कित चाँदीको सिक्का निष्काशन गरिएको हो ।

राष्ट्र बैंक र गणेशमान सिंह फाउन्डेसनको संयुक्त आयोजनामा शुक्रबार राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालले उक्त सिक्का सार्वजनिक गरे । नेपालले नेपालको प्रजातान्त्रिक आन्दोलनमा स्वर्गीय सिंहको ठूलो भूमिका रहेको भन्दै उहाँको योगदानलाई कदर गर्दै सिक्का निकाल्न पाउँदा राष्ट्र बैंक खुसी भएको बताए ।

bb

उनले भने – “यो सिक्काले स्वर्गीय सिंहप्रति सच्चा श्रद्धाञ्जलि हुनेछ ।” फाउन्डेसनका अध्यक्ष प्रकाशमान सिंहले जनताका लागि सङ्घर्ष गर्ने व्यक्ति सिंह भएको भन्दै स्वर्गीय सिंहको योगदानलाई कसैले भुल्न नहुने बताए । सिंहले भने– “इतिहासलाई प्रजातान्त्रिक पद्धतिमा हिँडाउने र जनताका हक अधिकारका लागि कसैसँग सम्झौता नगर्ने व्यक्ति सिंह हुनुहुन्छ ।”

नेता सिंहले सर्वोच्च नेता सिंहजस्तो दुःख कष्ट खेपेर प्रजातन्त्रका लागि लडेको व्यक्ति नेपाली राजनीतिमा भेटाउन गाह्रो पर्ने बताए । सिंहको सम्झनामा निष्कासन गरिएको सो सिक्का ९९ प्रतिशत शुद्ध धातु, ७७ मिलिमिटर गोलाइ, २५ ग्राम तौल रहेको छ । यसको बिक्री वितरण टक्सार विभाग सुन्धाराबाट गरिने र यसको मूल्य  दुई हजार ७६ रुपियाँ पर्ने फाउन्डेसनले जनाएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE