मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

कोमलजीको कोमल कण्ठले जुरूक्कै पार्यो नाईजेरियाका नेपाली डायस्पोरालाई !!

नाइजेरियामा कोमल ओलीको भब्य प्रस्तुति : ओलीले लगातार ६ घण्टा नचाइन लेगोस , नाइजेरियाका  नेपालीलाई |

Capture 1

गैर आवाशीय नेपाली संघ नाइजेरिया द्वारा नया वर्ष २०७३ को उपलक्ष्यमा आयोजित नेपाली सास्कृतिक साझमा नेपालकी चर्चित गायिका कोमल ओलीली आफ्ना गीतहरु प्रस्तुत गरेकी छिन | झन्डै ६ घण्टा चलेको सास्कृतिक कार्यक्रममा गायिका ओलीले आफ्ना गीतहरुले सहभागी स्थानिय नेपाली दर्शकलाई लगातार नचाएकी थिईन |

8

ओलीका अतिरिक्त कार्यक्रममा स्थानीय नाइजेरियन कलाकारहरुले गीत र नृत्य प्रस्तुत गरेका थिए भने स्थानीय नेपालीहरु अन्जु पौड्याल ,संजीव छेत्री ,दिपक कर्ण , बिबेक पुडासैनी ,सुरुचि बर्मा ,बिष्णु गिरी र बालकलाकार सुहिम थापाले समेत आफ्ना गीत संगीत हरु प्रस्तुत गरेका थिए |

7

कार्यक्रमको आरम्भ गर्दै एनआरएनएका कोषाध्यक्ष हिक्मत थापाले अफ्रीकामा स्थापित नेपाली कलाकारको उपस्थितिमा भएको यो कार्क्रमम आफै एतिहासिक रहेको र यसले यस महादेशमा नेपाली संगीत ,कला र भाषाको प्रबद्धन प्रारम्भ गरेको छ भन्नु भयो |
3
कार्यक्रमका अथिति नेपाल साप्ताहिकका प्रधान सम्पादक प्रशान्त अर्यालले नेपाली डायस्पोराको यो सानो परिवारले गरेको नेपाल र नेपाली संगीत प्रतिको मायाले नेपाल र नेपाली कलालाई साच्चिकै बिश्वब्यापी गरेको महशुश बनेको छ भन्नुभयो | एन आर एन ए नाइजेरियाका अधक्ष्य दिपक कर्णको संयोजनमा सम्पन्न कार्यक्रममा संघका पूर्व अधक्ष्यहरु सन्जीब क्षेत्रि र चिरन्जिबी रोकाले समेत मन्तब्य राख्नु भएको थियो |
96
11
Capture

WRITE COMMENTS FOR THIS ARTICLE

YOU MAY ALSO LIKE