क्यानडामा पहिलो पटक अोन्टारियोको मुख्य बिधानसभा भबनमा नेपालि नयाबर्ष मनाईदै : नेपालि समुदाय ऊत्साहित

क्यानडाको सबैभन्दा महत्वपुर्ण प्रोभिन्स अोन्टारियोका कन्जरबेटिभ पार्टिका नेता पेट्रिक ब्राऊन साऊथ ईस्ट एसियन रिजनबारे पूर्ण जानाकार मात्र छैनन् ऊक्त क्षेत्रमा पर्ने देशका प्रभावसालि नेताहरू सँग ब्याक्तिगत निकट संबन्धमा पनि अन्य नेताहरू भन्दा धेरै अगाडि छन्। यिनै नेता ब्राऊनले कन्जरबेटिब पार्टिका दुई एमपिपि अनरेबल टोड स्मिथ र अनरेबल टोबि बरेट समेतको संयूक्त अायोजनामा अागामि अाईतबार अप्रिल १७ मा कुईन्स पार्क को मुख्य बिधायक भबनमा नेपालि नयाँबर्ष मनाऊन कार्यक्रमै बनाएर नेपालि समुदायका धेरै सदश्यहरू लाई निम्ता पठाएका छन्।
दशकौ देखि क्यानाडामा रहेर अाफ्नो प्रोफिसनल क्षेत्रमा अति सफल बनेर नमुना नेपालि बन्न सफल, नेपाल सरकार सँग कूनैपनि लाभ नलिई दशकौ देखि नेपाललाई क्यानाडामा परिचित गराऊन नेपालि कन्सोलेटको समेत भुमिका निभाई अदितिय समाज सेवि डा. कुन्जर शर्माका अनुसार यो कार्यक्रम क्यानेडियन नेपालि हरूको लागि निश्चयनै एेतिहासिक र बिषेश अबसर हो । किनभने ईतिहासमै प्रथमपटक क्यानडाको मुलधारको राजनैतिक पार्टिहरू मध्येको महत्वपुर्ण एकले नेपालि नयाबर्ष मात्रै मनाऊने एेलान गरेको छैन, ऊक्त अबसरमा नेपालि समुदाय सँग अाफ्नै पहलमा अन्तरक्रिया गर्न चाहेको छ। ऊक्त अवसरमा नेपालि समुदायको अाबश्यकता र प्राथमिकताको बारे नेपालि कम्युनिटिको अाबाज सुनिनेछ।जुन क्रम अागामि दिनहरूमा पनि क्रमिक बन्दै जानेछ भन्ने बिश्वास डा. शर्माको छ।
हामिलाई प्राप्त जानाकारि अनुसार अोण्टारियोको अति गतिसिल र हालको अफिसियल अपोजिसन पार्टिका नेता ब्राऊन र अनरेबल एमपिपि द्वयको ऊक्त कार्यक्रममा ऊपस्थित नेपालि समुदाय लाई सांकेतिक र अौपचारिक सम्मान दर्शाऊन नेपालि तातो मःमः ऊपलब्ध गराऊने योजना गरिएको छ। जून बास्तबमै अति तारिफ योग्य अमुल्य कदम मानिनु पर्छ। हुनपनि हाल सम्म नेपालि क्यानेडियन हरू क्यानेडियन समाजमा ईनभिजिबल माईनरिटिका रूपमा रहेका छन्। यस्ता एेतिहासिक अबसर हरूले नेपालि क्यानेडियन हरूलाई भिजिबल माईनरिटिका रूपमा स्थापित गर्न र समुदायलाई प्राप्त हुने सामाजिक सहयोगको रिसोर्समा पहुच बडाऊन सहयोग पुग्ने निश्चित छ। रिपोटर्स कल्ब क्यानडा परिबार ऊक्त एेतिहासिक अबसरको सफलताको कामना गर्दै नेपालि कम्युनिटिले ऊक्त अबसरको पुर्ण ऊपयोग गर्न सकोस भन्ने शुभकामना प्रकट गर्न चाहन्छ।
WRITE COMMENTS FOR THIS ARTICLE