मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

सरकार परिवर्तन गर्न मोदीको आसिर्बाद थाप्न देउवा भारतमा : देउवा पछि प्रचण्ड जादै

Capture

संविधानसँगै सरकारका मामिलामा भारतीय चासो काठमाडौंमा तीव्र भएको मौका छोपी शेरबहादुर देउवा संसदीय दलको चुनाव जिते लगत्तै मोदीको आसिर्बादलिन आज भारत जाँदैछन्।  त्यसपछि सरकार परिवर्तन हुने छ !

ओली सरकराको विकल्प तयार पार्ने कुरालाई मुख्य एजेन्डा बनाइएको कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु देउवाको स्वास्थ्य उपचारका नाममा दिल्ली जाने स्रोतले पुष्टि गरेको छ । तर, दिल्ली नै जानुपर्ने, अस्पताल नै भर्ना हुनुपर्ने गरी उपचार गर्नुपर्ने त्यस्तो कुनै समस्या आरजुमा छैन ।

भारतीय पक्षले सत्तासाझेदारीका ‘किम्यान’ प्रचण्डसँग कुरा गरे लगतै पहिले  शेरबहादुरको र पछि प्रचण्डको दिल्ली भ्रमणको टुंगो टुंगो लागेको हो।

प्रधानमन्त्रीको चीन भ्रमणपछि प्रचण्ड र भारतीय पक्षबीच केही गम्भीर छलफल भएका छन् । उनैले दिएको तरिकाअनुसार जब शेरबहादुर दिल्ली उड्छन्, तब नेपालमा सरकार परिवर्तनबारे एउटा तरंग मच्चिन्छ । शेरबहादुर फर्किपछि प्रचण्ड दिल्ली उड्दा सरकारको बचावका लागि गएजस्तो देखिने कारण उनले यस्तो सुझाएको खबर छ ।

aaa

यसरी भारतले नेपालमा दुई ठूला नेतालाई महत्वका साथ डाक्नुपछाडि भर्खरैका केही घटना कारक छन् । चीन भ्रमणका अवसरमा प्रम ओलीले पारवहन सन्धिसहित सात बुँदे सम्झौता गरेलगत्तै दिल्लीले पत्रकार सम्मेलन गरेर सुनिँदा सकरात्मक अर्थ राखने गरी भन्यो, ‘त्यो भूमपरिवेष्ठित राष्ट्रको अधिकार हो ।’ जबकि, भूपरिवेष्ठित राष्ट्रको अधिकार यी यी हुन् भनेर भारतले नबोल्दा पनि विश्वसमुदाय त्यसबारे जानकार छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

YOU MAY ALSO LIKE