मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

जनसम्पर्कको विवाद चर्काउन मलाई प्रयोग गरे झन् दुर्भाग्यपूर्णः शशांक

111

मोहन बास्तोला

काठमाडौँ, ७ वैशाख । १३ औँ महाधिवेशनबाट महामन्त्री निर्वाचित भएको करिब १ महिनापछि बीपीपूत्र डा. शशांक कोइराला निजी भ्रमणमा अमेरिका जाने निश्चित भएपछि त्यहाँ डा. कोइरालासँग को नजिक देखिने भन्ने होडबाजी चलिरहेको छ । त्यसैको होडबाजीमा कांग्रेस अमेरिकी प्रवास संगठन केन्द्रीय जनसम्पर्क समिति र न्यूयोर्क च्याप्टरले एकै समयमा, एकै ठाउँमा एकै प्रकृतिका कार्यक्रमको आयोजना गरेका छन् । न्यूयोर्क च्याप्टरका अध्यक्ष रोशन ढुंगानाले न्यूयोर्क च्याप्टरको कार्यक्रमलाई आधिकारिक भनेका छन् । ‘अन्य ठाउँमा च्याप्टरले नै कार्यक्रम गर्दा हुने न्युओर्कमा मात्र किन आप्पत्ति ?, ढुंगानाले भने ।

उता कांग्रेस अमेरिकी प्रवास संगठन जनसम्पर्क समितिका अध्यक्ष आनन्द विष्टले पनि आफ्नो कार्यक्रम नै आधिकारिक भएको दाबी गरेका छन् । दुबै समुहले आ–आफ्नो कार्यक्रमलाई आधिकारिक भन्दै महामन्त्री शशांक न्युओर्क पुग्नु अघि नै अन्योलन सिर्जन गरिरहेका बेला शशांकले भने कुनै पनि कार्यक्रममा आफु उपस्थित नहुने संकेत गरेका छन् ।

अमेरिका जाने दुई दिन अघि विश्व न्युजका नेपाल प्रतिनिधिसँग उनकै निवासमा कुराकानी गर्दै उनले यस्तो जनाउ दिएका हुन् । आगामी अप्रिल २२ तारिख सहयोगी भरत तिवारी र विराटनगरका महासमिति सदस्य तथा व्यापारी डा। सुनीलकुमार शर्माका साथमा अमेरिका जाने तयारीमा रहेका डा। कोइरालाले आफु व्यक्तिगत भ्रमणका लागि अमेरिका जान लागेको भन्दै उनले आफुले कुनै पनि विवादमा आउने काम नगर्ने जानकारी दिए ।

‘जुनसुकै मुलुकको जनसम्पर्क समिति होस् त्यहाँ आफै बसेर समाधान गर्नुपर्छ,’ उनले भने, ‘म व्यक्तिगत रुपमा पनि त्यहि चाहन्छु ।’ उनले आफु व्यक्तिगत भ्रमणमा अमेरिका जान लागेको भन्दै त्यहाँको संगठनको विवादका बारेमा नेतृत्वसँग केही सल्लाह नभएको पनि जानकारी दिए ।  ‘म व्यक्तिगत भ्रमणमा अमेरिका जान लागेको हुँ, कुनै पनि राजनीतिक विषयको कामले त्यहाँ जान लागेको होइन’ उनले भने,  ‘त्यसैले मैले अमेरिकाको जनसम्पर्क समितिको विवादको विषयमा सभापती र केन्द्रीय कमिटिमा पनि केही सल्लाह गरेको छैन । त्यसैले मैले त्यहाँ गएर हस्तक्षेप गर्नु राम्रो हुँदैन । त्यस्तो निर्देशन सभापति र केन्द्रीय कमिटीले मलाई दिएको छैन ।’

उनले करिब १० दिनको अमेरिका बसाईमा त्यस्तो हस्तक्षेपको केही काम नगर्ने बताए । ‘मेरो पनि उहाँहरुसँग पटक–पटक सम्पर्क हुँदा उहाँहरुलाई मिल्नुहोस भनेको छु, मैले उहाँहरुलाई म जहाँ बसेको छु त्यहाँ आइदिनुहोस भनेको छु’ उनले भने,  ‘तपाईहरुको विवाद चर्काउन मलाई प्रयोग गर्नुहुन्छ भने त्यो झन् दुर्भाग्यपूर्ण हुन्छ, बरु म उहाँ बसेको ठाउँमा तपाईँहरु मिलेर आउनु होला म तपाईँहरुलाई स्वागत गर्छु । मेरो अमेरिका गएर कहिले एक पक्षलाई लिने कहिले अर्को पक्षलाई लिने स्वाभाव छैन ।’
पछिल्लो समय जनसम्पर्क समितिमा महामन्त्रीसहितको समूहले अध्यक्षलाई र अध्यक्षसहितको समूहले महामन्त्रीलाई निलम्बन गरेपछि धूजाधूजा बनेको संस्थाभित्र अमेरिका जाँदै गरेका डा कोइरालासँग को नजिक देखिने भन्ने होडबाजी चलिरहेका बेला उनको भनाईले एक हदसम्म अन्योलतालाई चिरेको छ । ‘उहाँहरुको विवाद होला, त्यो विवाद झन् चर्काउने काम नगर्नुहोस,’ कोइरालाले भने, ‘त्यहाँ म नै तपाईँहरुको कार्यक्रम गरिदिन्छु, तपाईँहरु आइदिनुहोस, म नेपाली कांग्रेसको वर्तमान राजनीति, कांग्रेसले खेल्ने आगामी भूमिकालगाएतका विषयमा त्यहि प्रशिक्षण दिन्छु ।’ त्यसो त अहिले न्यूयोर्कमा सभापति आनन्द विष्टको समूहले महामन्त्री मुनेन्द्र नेम्वाङलाई र महामन्त्री नेम्वाङ समूहले सभापति विष्टलाई बाईपास गरेर कार्यक्रम गर्ने समेत योजना बनाएको छ । कोइरालाको त्यो भनाईपछि उनीहरु प्नि व्याक हट्ने संकेत देखिएको छ । यद्यपि टेक्सासमा भने च्याप्टरले नै कार्यक्रम गरेको छ ।
अमेरिका मात्र होइन अहिले अन्य प्रवास संगठन जनसम्पर्क समितिमा पनि निकै ठूलो विवाद देखिएको छ । त्यो विषयमा पनि शशांकले मुख खोलेका छन् । उनले अमेरिकाकै विषयमा तोकेर नभने पनि अनावश्यक झमेला गर्ने र मिल्दै नमिल्ने अवस्था सिर्जना भए केन्द्रीय कमिटीले जवरजस्ती हस्तक्षेप गर्ने समेत संकेत गरे । ‘केन्द्र सकेसम्म हस्तक्षेप गर्ने पक्षमा छैन,’ उनले भने, ‘मिल्दै नमिल्ने अवस्था आए केन्द्र हस्तक्षेप गर्न वाध्य हुन्छ ।’

WRITE COMMENTS FOR THIS ARTICLE

YOU MAY ALSO LIKE