मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

ओशो तपोबनका संस्थापक “बोधिसत्व स्वामी आनन्द अरुण” टोरोन्टो आउदै

ओशो तपोबनका संस्थापक “बोधिसत्व स्वामी आनन्द अरुण”  टोरोन्टो आउने समाचारले ध्यान प्रेमी क्यानाडा बासी र नेपाली-कनेदियन हरुमा नया तरङ्ग र उतशाह पैदा गरेको छ l स्वामी जी जुलाई २१ देखि २४ सम्म  टोरोन्टोको कुबोर्गमा सम्पन्न हुन गैरहेको ३ दिने आवासीय ओशो ध्यान शिबिरमा भाग लिने गरि टोरोन्टो आउने हुनु भएको बुजिएको छ ।

 

स्वामी आनन्द अरूण लाई नेपालमा रहेर विश्वो समुदायमा समेत गहिरो आध्यात्मिक छाप विकास गर्न सफल एक मात्र जीवित आध्यात्मिक महापुरुषको रुपमा विश्वो समुदायले लिने गरेको छ  । सन् १९४६ जुन १६ मा  जनकपुरको लोहनामा जन्मिनु भएका बोधिसत्व स्वामी ओशो तपोबन नेपालका प्रमुख र संस्थापक आचार्य हुनुहुन्छ।  शुरुमा गंगा किनारमा ध्यान गर्न बसनु भएका नेपाली किशोर आनन्द अरूण लाई सानै देखिको साधना र अध्यात्मको खोजले अनेकौ गुरुहरू र आश्रमहरूमा पुर्यायो। येसैबिच ओशो भगवानबाट सन् १९७४ मा दीक्षित  हुने सौभाग्य पाउनु भएका आचार्य अरूण  ओशो तपोवन नार्गाजुन संचालन गर्दै विश्वमा ओशोको माध्यमबाट ध्यान र अध्यात्म फैलाउनने क्रममा बोधिसत्व प्राप्त गर्न सफल हुनु भएको मानिन्छ ।

zzzx

टोरोन्टो निवासी ओशो भक्त अनुपमा बरालका अनुसार  ध्यान शिविरमा सहभागी हुन चाहनुहुनेहरुले अनुपमा बरालको मोबाइल नम्बर ६४७-४०५-२७६८ मा सम्पर्क गरि भाग लिने बेवस्ता मिलाउन सक्नुहुनेछ । बोधिसत्व स्वामी  आनन्द अरुणले विगत पाँचवर्षदेखि अमेरिका लगायतका मुलुकहरुमा आएर ध्यानशिविरहरु संचालन गर्दै आउनुभएको छ । उहाँले आफ्नो सन्देश विश्वभर फैलाउनका लागि विभिन्न देशको भ्रमण गरिसक्नुभएको छ । बोधिसत्व स्वामी आनन्द अरुणले अहिलेसम्म चारसय भन्दा धेरै ध्यान शिविरहरु संचालन गरि हजारौंलाई ध्यान सिकाइसक्नुभएको छ । यसपटक उहाँले न्युयोर्क, न्युजर्सी, बोस्टन, क्यालिफोर्नियाको सान डियगो, इन्डियाना, सान फ्रान्सिस्को र क्यानडाको भ्यानकुभर र टोरन्टो लगायतका स्थानमा ध्यान शिविर संचालन गर्नुहुने योजना रहेको बुजिएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

YOU MAY ALSO LIKE